पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
सियोल,२९ भदौ (एएफपी) । प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका सर्वाेच्च नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सर्गेइ शोइगुसँग वार्ता गरेपछि रूससँगको सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
पश्चिमी शक्तिहरूले भने युक्रेनी युद्धमा प्रतिबन्धको अवहेलना गर्दै प्रजग कोरियाले रूसलाई हतियार बेचेको आरोप लगाएका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा प्योङयाङको गर्दा किमसँग आपसी रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने प्रजग कोरियाले हालै रूससँगको सैन्य सम्बन्धलाई थप बलियो बनाएको छ ।
प्रजग कोरियाली सञ्चारमाध्यमका अनुसार पुटिन र किम जोङ उनले “मैत्रीपूर्ण र विश्वासनीय वातावरणमा “रचनात्मक वार्ता गर्नुभएको थियो ।
द्विदेशीय रणनीतिक संवादलाई निरन्तर वृद्धि गर्दै आपसी सुरक्षा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्थाको रक्षा गर्न सहयोगलाई सुदृढ पार्ने विषयमा व्यापक विचार आदानप्रदान भएको प्रजग कोरियाको सरकारी मिडियाले जनाएको छ ।
किम जोङ उनले जुनमा हस्ताक्षर भएको सन्धिका आधारमा प्रजग कोरियाको सरकारले रूससँग सहयोग र सहकार्यलाई थप विस्तार गर्ने पुष्टि गर्नुभयो ।
यसैगरी रूसीको सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा किमसँगको शोइगुको भेटले रक्षा सम्झौताको “कार्यान्वयनमा महत्वपूर्ण योगदान दिने” जनाएको छ । गत मे महिनामा रक्षामन्त्रीको पदबाट राजीनामा दिएपछि शोइगु रुसको सुरक्षा परिषद्को प्रमुख बन्नुभएको हो ।
प्रजग कोरियाले शुक्रबार पहिलोपटक युरेनियम सुविधाका तस्बिरहरू सार्वजनिक गरेको छ भने किमले “आत्मरक्षाका लागि आणविक हतियार द्रुतरूपमा अघि बढाउन सेन्ट्रिफ्युजको सङ्ख्या बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
उत्तर कोरियाको सहयोगी रूस प्योङयाङसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने राष्ट्रहरूमध्ये एक हो भने सन् २०२२मा युक्रेन युद्ध सुरु भएदेखि पश्चिममासँग रूसीको सम्बन्ध बिग्रिएको छ ।
Leave a Reply