पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
याङ्गुन, २९ भदौ (एएफपी) । म्यानमाको सैनिक सरकार (जुन्टा) प्रमुख मिन आङ ल्हाइङले शनिबार हजारौँ मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको लागि दुर्लभ अनुरोध गर्नुभएको छ ।
म्यानमा, भियतनाम, लावस र थाइल्यान्डमा विनाशकारी चक्रवात यागीसँगै आएको भारी वर्षाले निम्त्याएको बाढीपहिरोले करिब ३०० जनाको ज्यान लिएको छ ।
म्यानमामा दुई लाख ३५ हजारभन्दा बढी मानिसहरू बाढीको प्रभावबाट बच्न आफ्नो घर छोड्न बाध्य भएका छन्, जुन्टाले शुक्रबार भन्यो । “सरकारी अधिकारीले पीडितहरूलाई प्रदान गरिने उद्धार र राहत सहायता सामाग्री प्राप्त गर्न विदेशी देशसँग सम्पर्क गर्न आवश्यक छ”, मिन आङ ल्हाइङले शुक्रबार भन्नुभयो, “उद्धार, राहत र पुनःस्थापनाका कार्यहरू सकेसम्म चाँडो व्यवस्थापन गर्न आवश्यक छ ।”
एक सैन्य प्रवक्ताले देशका केही क्षेत्रसँग सम्पर्क गुमाएको र मध्य मांडले क्षेत्रको सुन खानीमा गएको पहिरोमा दर्जनौँ पुरिएको घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । म्यानमाको सेनाले पहिले विदेशबाट प्राप्त हुने मानवीय सहायतालाई अवरुद्ध गरेको थियो ।
गत वर्ष यसले देशको पश्चिममा आएको शक्तिशाली चक्रवात ’मोचा’का करिब १० लाख पीडितहरूसम्म पुग्न खोज्ने सहायता समूहको यात्रा अनुमति निलम्बन गरेको थियो ।
सन् २००८ मा म्यानमामा चक्रवात ’नरगिस’ले कम्तीमा १ लाख ३८ हजार मानिसको ज्यान लिएपछि तत्कालीन जुन्टामाथि आपत्कालीन सहायता अवरुद्ध गरेको र सुरुमा मानवीय कामदार र आपूर्तिको पहुँच दिन अस्वीकार गरेको आरोप लगाइएको थियो ।
शनिबार सेनाद्वारा निर्मित राजधानी नेपिटो वरपरको बाढी प्रभावित क्षेत्रमा सैन्य ट्रकमार्फत साना उद्धार डुङ्गाहरू पु¥याइरहेका एएफपीका सञ्चारकर्मीले बताएका छन् । राजधानी वरपरको क्षेत्रमा बाढीले विनाशकारी पहिरो निम्त्याएको र बिजुली टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
Leave a Reply