कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
राप्ती, ३० भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ, राप्ती १० को आयोजनामा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (कालो दिन) को विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टी तेस्रो चितवन जिल्ला सम्मेलन तयारी समितिका संयोजक हरिप्रसाद दुवालले पार्टी स्थापनाकालदेखि शोषणविहीन समाज स्थापना गर्न, आर्थिक समानतासहितको समाज निर्माण गर्न, क्षमता र योग्यताअनुसारको कामको व्यवस्था गराउन मजदुर र किसानलाई राजनैतिक तथा सैद्धान्तिकरूपमा सचेत र सङ्गठित गराएको कारण पञ्चायतले भक्तपुर काण्डको षड्यन्त्र गरेर नेमकिपालाई समूल नष्ट गर्न खोजेको बताउनुभयो ।
पार्टी अध्यक्ष (रोहित) भारतको प्रवासमा हुँदा पनि २०३५ भदौ १५ गते पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूले गोली प्रहार गरी हत्या गर्ने प्रयास गरेको उल्लेख गर्दै उहाँले त्यसबारे प्रतिक्रियावादी तत्वहरूले चितवनमा गलत प्रचार गरिरहेको स्पष्ट पार्नुभयो ।
नेमकिपा एक सच्चा, इमानदार, सिद्धान्तनिष्ठ कम्युनिस्ट पार्टी भएकोले नक्कली कम्युनिस्टहरू एमाले, माओवादीलगायतबारे व्यापक जनतामाझ उदाङ्ग्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले फेरि पनि प्रतिक्रियावादीहरूले फरक ढङ्गले षड्यन्त्र गर्नसक्ने भएकोले नयाँ पुस्ता राजनैतिक, सैद्धान्तिक तथा सांस्कृतिकरूपमा अझ बलियो भई सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
नेक्रायुसङ्घ चितवनका अध्यक्ष ज्ञानेन्द्र चेपाङले ‘राइखस्टाग आगलागी मुद्दा’ पुुस्तकको अध्ययन सार प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विष्णु शर्मा, अर्जुन चेपाङ, प्रकाश चेपाङ, छड्के चेपाङलगायतले भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्नुभएको थियो ।
Leave a Reply