तःमुंज्या प्रचारस्वरुप सुकुन्दा ¥याली
- आश्विन २८, २०८१
भक्तपुर, १ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भदौ २३ गतेदेखि सञ्चालनमा रहेको विशेष फोटोग्राफी तालिमको मङ्गलबार समापन भएको छ ।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले तालिमबाट सिकेको ज्ञानको अनुचित प्रयोग गर्न नहुने बताउनुभयो ।
उहाँले साइबर कानुनको विषयमा स्पष्ट पार्दै गोप्य, ऐतिहासिक सम्पदा तथा सुरक्षा खतरा भएको ठाउँमा फोटो खिच्न मनाही गर्ने व्यवस्था रहेको तथा ड्रोन उडाउनु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले एउटै दृश्यको विभिन्न कोणबाट फोटो खिच्दा त्यसको अर्थ पनि फरक हुने भएकोले सामाजिकरूपमा सकारात्मक प्रभाव पर्ने खालबाट सूचनाको स्वस्थ सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गत आर्थिक वर्षमा मात्र संस्थाले एक हजार सात सय ६५ जनालाई विभिन्न तालिम प्रदान गरिसकेको जानकारी दिँदै तालिम लिएकाहरूले तालिमको उपयोग गरिरहेको बताउनुभयो । हालको वासलात ४ अर्ब २० करोड पु¥याउन सक्नु आर्थिकसँगै सामाजिक दायित्वमा आधारित विविध गतिविधिकै कारण भएको उहाँले स्पष्ट पार्नुभयो ।
आयोजक समितिका संयोजक कृष्णश्वरी दुवालले सही समयमा सही निर्णय लिन सकेमात्र जीवन अघि बढाउन सक्ने बताउनुभयो । तालिमका प्रशिक्षक शरद राईले साइबर अपराधलाई विशेष ध्यान दिई अनलाइन प्लेटफर्मलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरलाई फोटोग्राफीको राजधानी बनाउन आपूm लागिपरेको चर्चा गर्दै उहाँले भक्तपुर बचतले विभिन्न तालिम प्रदान गरिरहेको बताउनुभयो । कार्यक्रममा आयोजक समितिका सदस्य विकल कोजू, प्रशिक्षार्थीद्वय अनिल फोंजू र प्रकृति वैद्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply