यस्ता हुनुहुन्थ्यो – कार्ल माक्र्स
- बैशाख २३, २०८३
गृहकार्य, दैनिक पाठ योजनाको अन्तिम तथा महत्वपूर्ण अङ्ग हो । यो, कुनै एउटा विशिष्ट उद्देश्य हासिल गर्ने क्रममा कुनै एउटा निश्चित पाठको सिकाइ सहजीकरण क्रियाकलाप सकिएपछि विद्यार्थीहरूलाई घरमा गरेर ल्याउन दिइन्छ । यसको खास उद्देश्य उनीहरूको सिकाइलाई दिगो बनाउनु हो । सिर्जनात्मक क्षमताको विकास गराउनु हो र सिकाइ प्रक्रियालाई निरन्तर सक्रिय तथा पुनर्ताजगी बनाउनु पनि हो । तर, आजकलका अधिकांश विद्यार्थीमा यस्ता सीपको विकास हुन सकिरहेको छैन । साना कक्षाका विद्यार्थीलाई दिइने ‘होम प्ले’ र अलि ठुलो कक्षाकालाई दिइने ‘होमवर्क’ भनिए पनि, यो सबैका लागि ‘होम लोड’ बन्ने गरेको छ ।
‘होम वर्क’ दिइने उमेर समूहका हाम्रा विद्यार्थीलाई सिकाइ क्रियाकलाप (‘लर्निङ एक्टिभिटिज्’), सिकाइ प्रक्रिया (‘लर्निङ प्रोसेस’) र विषयवस्तु (‘कन्टेन्ट’) सजिलो, छिटो, छोटो र रमाइलो चाहिएको छ । त्यसो त गा¥हो, ढिलो, लामो र नरमाइलो कसैलाई पनि मन पर्दैन र यस्तो कतै हुनु पनि हुँदैन । तर, सिकाइ प्रक्रिया नै यस्तो हुन्छ जो सजिलै, छिट्टै, तत्कालै र रमाइलो गरी पूरा नहुन पनि सक्छ । यसका लागि विभिन्न सूत्र, नियम र विधिहरू पूरा गर्नुपर्ने हुन्छ । प्राप्तिको यस क्रममा केही दुःख पनि अवश्य हुन्छ नै ।
साना कक्षाका विद्यार्थीलाई त गा¥है हो । आजकल माध्यमिक तहमा अध्ययनरत युवा उमेरकै कतिपय विद्यार्थीलाई किताब झोलामा बोकेर ल्याउनै गा¥हो लाग्छ । ल्याएको भए पनि झोलाबाट निकाल्नै अल्छी लाग्छ । निकालेपछि पनि पढ्न अल्छी लाग्छ । किताबको पाठ प्रोजेक्टरबाट देखाए पनि, “त्यही किताबको कुरा कति हेर्नु !” रे । (कार्टुनसार्टुन भए अर्कै कुरा । किताब भनेपछि कस्तो दिक्क लागेको होला ! ) कुनै उखान टुक्काको वाक्य बनाइदिँदा, “सर, योभन्दा छोटो वाक्य हुँदैन ?” रे । ह्वाइट बोर्डमा लेखेको कुरा सार्न अल्छी लाग्छ । कक्षा १० का एकजना छात्रले भने, “अहिले पेन छैन, भरे साथीले मेसेन्जरमा पठाएपछि सार्छु ।” ११ कक्षामा अध्यापनरत एकजना सर भन्नुहुन्थ्यो, “म बोर्डमा लेख्दै गर्दा एकजना विद्यार्थीले नछेक्न भन्यो । एकातिर सरिदिएको त मोबाइलबाट ख्याच्च फोटो पो खिच्यो । के भन्नु !” विद्यार्थीका यस्ता बहाना र क्रियाकलापलाई पढाइप्रतिको उदासीनता र अल्छ्याइँ भन्न मिल्ने कि नमिल्ने ? यसको उत्तर तिनै विद्यार्थीेले नै दिऊन् ।
शिक्षाको राष्ट्रिय उद्देश्यमा ‘प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासमा सम्भावनाहरूलाई प्रस्फुटित गर्न सहयोग गर्ने’ भनिए पनि, विद्यार्थीका रुचिअनुसार शैक्षिक क्रियाकलापमा स्वतन्त्र सिकाइको वातावरण तयार गरिदिन विद्यालय सक्षम छैनन् । सिकाइका लागि त विद्यालयले अनुशासित वातावरण तयार गर्नुपर्छ । यो उसको कर्तव्यजन्य बाध्यता हो । हाम्रो परम्परागत शिक्षा प्रणाली नै यस्तै छ । शिक्षकले विषयगतरूपमा तोकिएको वार्षिक कार्यघण्टाअनुसार सिकाइ सहजीकरण गराउने हो र विद्यार्थीले पनि त्यसमा सहभागिता जनाउने नै हो । यस क्रममा, कतिपय प्रयोगात्मक विषयबाहेक अन्य विषयका कुरा बुझ्नका लागि विद्यार्थीले ध्यान दिएर पढ्ने नै हो । अनि पढेको कुरा बुझ्नका लागि मनन गर्ने हो । तर, आजकलका अधिकांश विद्यार्थीमा चारपाँच पृष्ठको पाठ सरसरती पढिसक्ने धैर्य पनि छैन । मन लाएर नपढेपछि बुझ्ने कुरो पनि आएन । त्यसो त उनीहरूलाई पाठका कुरा बुझ्नुभन्दा पनि ‘गृहकार्य बुझाउने’ पिर बढ्ता छ । त्यसलाई आजकल सूचना प्रविधिले सजिलो बनाइदिएको छ । मोबाइलमा एप्लिेकेसन डाउनलोड ग¥यो, फटाफट सा¥यो, बुझायो ! त्यति सार्नका लागि पनि हेरिरहनुपर्ने झन्झट नहोस् भनेर कतिपयले साथीसाथीमा ‘अभ्यास बाँडफाँड’ समेत गरेका हुँदा रहेछन् ! अनि हतारपतारमा लतरपतर हुने गरी एकअर्काका कपि सारासार ग¥यो, ‘होम वर्क’ बुझायो, सकियो ! के लेखेँ भन्ने कुरा आफैँलाई थाहा छैन ! यस क्रममा कतिपय विद्यार्थीले प्रश्नका सट्टा उत्तर मात्र लेखेका हुन्छन् । “यस्तो किन ?” भन्दा “प्रश्न किताबमै छ” रे ! विद्यालय तहमा देखिएको यो ‘सारुवा प्रवृत्ति र बानी’ उच्च शिक्षासम्म नै नदेखिएला भन्न सकिन्न ।
सिकाइका चारस्तम्भ छन्; (क) जान्नका लागि सिकाइ (ख) गर्नका लागि सिकाइ (ग) हुनका लागि सिकाइ (घ) समाजमा मिलेर बस्नका लागि सिकाइ । पहिलो स्तम्भ ‘जान्नका लागि’ पनि आवश्यक सूचना सङ्कलन गर्नैपर्छ । यसका लागि विज्ञानको वरदानसञ्चार प्रविधिको प्रयोग गर्नु पनि अत्यावश्यक छ । तर, सिर्जनात्मक क्षमताको विकास गर्ने उमेरका विद्यार्थीले सामान्य गृहकार्य गर्दा पनि सञ्चार प्रविधिको दुरूपयोग गर्नुलाई ‘जान्नका लागि सिकाइ’ मान्न सकिँदैन । यस्तो गतिविधिले विद्यार्थीको सिर्जनात्मक र समालोचनात्मक क्षमता भुसुक्कै पार्न सक्छ । यसको निराकरणका लागि विद्यार्थीलाई पाठ्यपुस्तकमा भएका प्रश्नको उत्तर लेख्न लगाउनुभन्दा सम्बन्धित पाठलाई समेट्ने खालका प्रश्नहरू शिक्षक स्वयंले बनाएर दिनु आवश्यक छ । यसका साथै, हरेक पाठपिच्छे समूहगतरूपमा छुट्टाछुट्टै परियोजना कार्य गराउँदा पनि राम्रो हुन्छ । यस सन्दर्भमा, उत्कृष्ट शिक्षा प्रणाली मानिएको फिनल्यान्डका केही विद्यालय ‘स्क्रिन’ को पढाइ बन्द गरेर किताब कापीमा फर्किएको समाचार पनि स्मरणीय छ ।
Leave a Reply