पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
बेरुत, १८ सेप्टेम्बर (प्रेसटीभी) । लेबनानमा मङ्गलबार भएको सामूहिक पेजर विस्फोटमा कम्तीमा १२ जनाको ज्यान गएको छ र करिब ३ हजार जना घाइते भएका छन् । उक्त हमला तेल अवीवमा रहेको यहुदीवादी सरकारद्वारा नियोजित र आतङ्कवादी कदम भन्दै विश्वव्यापी प्रतिक्रिया आएको छ ।
पेजरहरू मुख्यतया हेज्बुल्लाह प्रतिरोध आन्दोलनका सदस्यहरू र साथसाथै अरब देशका चिकित्सकहरूले प्रयोग गर्छन् र मङ्गलबारको पेजर विष्फोटनमा अधिकांश हताहतहरू युवाहरू परेका छन् ।
गाजामा प्यालेस्टाइनी जनताविरुद्ध नरसंहारको युद्धको बिचमा इजरायली शासनद्वारा गरिएको आतङ्ककारी कार्यको निन्दाको साथै सामाजिक मिडियामा आक्रोश व्यक्त गरिएको छ । इजरायली हमलामा परी ज्यान गुमाउनेको सङ्ख्या अहिले ४१,२०० भन्दा बढी पुगिसकेको छ ।
रिपोर्टका अनुसार, हालै लेबनान पठाइएको ताइवानी ब्रान्डअन्तर्गत युरोपेली फर्मले बनाएको पेजरमा विस्फोटक पदार्थ राखिएको थियो र मङ्गलबार सामूहिक विस्फोट भएको थियो ।
इजरायली ह्याकरहरूले समेत साइबर अपरेसनमा पेजरहरू ‘ह्याक’ हुने सिद्धान्तलाई खारेज गरेको छ ।
“कसैले पेजरहरूलाई ‘ह्याक’ गरेको छैन । यो आफूलाई विशेष देखाउनको लागि इजरायलले रचेको षड्यन्त्र हो । यन्त्रमा पहिल्यै विस्फोटक पदार्थ राखिएको थियो । आपूर्ति श्रृङ्खलामा कतै सुरक्षा समस्या छ ।” “स्वतन्त्र बेलायती पत्रकार रिचर्ड मेहडर्स्टले सामाजिक मिडिया एक्समा पोस्ट गर्दै भने ।
मेडहस्र्टले इजरायली शासनले हिज्बुल्लाह प्रतिरोध आन्दोलनका सदस्यहरू मात्र नभई साधारण लेबनानीहरूको बिचमा अधिकतम क्षति पु¥याउन चाहन्छ भनेर धेरैले भनिरहेका कुराहरू पुनः पुष्टि गरे ।
“यदि इजरायललाई ती पेजर यन्त्र बोक्नेहरू हिजबुल्लाहका सदस्यहरूका हुन् भन्ने पक्का छ भने, तिनीहरूले युद्ध वा ठुलो युद्धको समयमा तिनीहरूलाई विस्फोट गर्न, तिनीहरूको समुदायलाई बाधा पु¥याउन र जीत प्राप्त गर्न किन पर्खिरहेका थिए ? उनीहरूलाई थाहा थियो कि यसले जोसुकै मानिसहरूलाई चोट पु¥याउनेछ । परिणामको वास्ता नगरी तिनीहरूले अपराध गरे । हामी यसलाई आतङ्कवाद भन्छौँ ।” यसको अर्थ यो आक्रमण हिजबुल्लाह सदस्यहरूका लागि मात्र होइन ।
“इजरायललाई थाहा थियो कि सबै पेजरहरू विस्फोट गर्नु भनेको आम नागरिकहरूलाई मार्नु हो । किनभने, तपाईँलाई थाहा छैन कि पेजर भएको व्यक्ति कहाँ पुगिरहेको हुनसक्छ,” जोनसनले एक्समा लेखे ।
उनले अगाडि भने, “बालबालिकाको हत्या गर्नुलाई आतङ्कवाद भनिन्छ । इजरायललाई ती बिपर विस्फोट हुँदा नजिकै को उभिनेछ भन्ने कुरा थाहा छैन । उनीहरूले वास्ता गरेनन्, किनभने नागरिक जीवन उनीहरूका लागि अर्थहीन छ ।”
विश्व प्रसिद्ध ह्विसलब्लोअर एडवर्ड स्नोडेनले आक्रमणलाई ‘लापरबाहीपूर्ण’ भनेका छन् ।
स्नोडेनले गम्भीर चोटहरूको मात्राका कारण ‘ह्याकिंग’ को सिद्धान्तलाई पनि खारेज गरे ।
“लेबनानमा विस्फोट हुने बिपरहरूको बारेमा जानकारी आउनेबित्तिकै, यो अब प्रत्यारोपित विस्फोटक रहेको र ह्याक भएको होइन भने बढी सम्भावना देखिन्छ ।” स्नोडेनले लेखे ।
स्नोडेनले लेबनानमा मङ्गलबार भएको घटनालाई आतङ्कवादको कार्यको रूपमा वर्णन नगरी पश्चिमी मिडियाले दोहोरो मापदण्डलाई प्रदर्शन गरेको औँल्याए ।
“यस कदमलाई कुनै पनि कुराले औचित्य पुष्टि गर्न सकिँदैन । यो अपराध हो । एक अक्षम्य अपराध र संसारका सबैजना यस घटनाले कम सुरक्षित भएका छन् ।”
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बीबीसी र अन्य साम्राज्यवादी मिडिया आउटलेटहरूलाई तथ्यहरू विकृत गर्न र लेबनानका मानिसविरुद्ध यहुदीवादी शासनको शैतानी अपराधहरूलाई पखाल्न सकिने छैन ।
“यदि कुनै थप प्रमाण चाहिन्छ भने, त्यहाँ सियोनिस्ट (यहुदीवादी) आतङ्कको कुनै पनि कार्य पर्याप्त छैन कि यो घृणित बीबीसीद्वारा पूर्णरूपमा न्यायोचित नभएको खण्डमा यसलाई घटाउन वा अस्पष्ट हुनेछैन,” पत्रकार र पुस्तक प्रकाशक लुइस अल्डेले लेखे ।
लेबनानमा सामूहिक बम विस्फोट भएको केही घण्टापछि मङ्गलबार प्रकाशित “हिजबुल्लाह पेजरहरू : कसरी विस्फोट भयो र जिम्मेवार को हो” शीर्षकको बीबीसी लेखमा उनले उल्लेख गरे ।
प्यालेस्टिनी युवा आन्दोलनसँग सम्बद्ध एक सोसल मिडिया प्रयोगकर्ता याराले मङ्गलबारको बम विस्फोटको बारेमा तथ्यहरूको जानाजानी विकृत र स्पिन–डक्टरिंगको लागि बीबीसीको आलोचना गरे ।
“हामीलाई के थाहा छ कि बीबीसी र साम्राज्यवादी सञ्चार माध्यमले लेबनानभरि ९ जना मारे र हजारौँ घाइते भएका जियोनिस्ट आतङ्ककारी आक्रमणबाट दोष हटाउन हिजबुल्लाह पेजर विस्फोटजस्ता भाषा प्रयोग गरिरहेका छन्”, उनले बुधबार एक्समा एक पोस्टमा लेखिन् ।
पत्रकार असद अबुखलिलले पनि बुधबार एक्सलाई अगस्ट २०२० बेरुत बन्दरगाह बम विस्फोटलाई इजरायली शासनसँग जोड्दै भने, “म पहिलो पटकमै निश्चित थिएँ कि इजरायली शासन यस आक्रमणको पछाडि रहेको छ ।
“पहिलोपटकमै, म अब इजरायललाई बेरुत बन्दरगाह विस्फोटको प्राथमिक संदिग्ध मान्छु । मलाई लाग्छ कि यो विशुद्ध आपराधिक लापरबाही हो, “उनले बुधबार एक्समा लेखे ।
अगस्ट ४, २०२० मा सयौँ टन अमोनियम नाइट्रेट बेरुत बन्दरगाहको गोदाममा विस्फोट भयो, जसले २०० भन्दा बढी मानिसको ज्यान लिएको थियो ।
धेरैले आक्रमणलाई अमेरिकासँग जोडेका छन्, सुझाव दिएका छन् कि वाशिंगटन यसबारे सचेत थियो र अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले उनीहरू संलग्न भएको दाबीलाई खारेज गरे ।
“अमेरिकी राज्य विभागले लेबनानमा भएको पेजर विस्फोटमा अमेरिका संलग्न नभएको र घटनाबारे पहिले नै जानकारी नभएको बताएको छ । असम्बन्धित समाचारहरूमा, अमेरिकी विश्वविद्यालय बेरुत मेडिकल सेन्टरले २ हप्ताअघि उनीहरूका डाक्टर र स्टाफको ‘एक्सपाट भाइब्स’ पेजरहरू प्रतिस्थापन गरिएको थियो, एक प्रयोगकर्ताले लेखे ।
यसैबिच, हिजबुल्लाह आन्दोलनले इजरायलद्वारा आयोजित सामूहिक पेजर विस्फोटबाट निरुत्साहित ‘गाजा, यसका जनता र यसको प्रतिरोधलाई समर्थन गर्नको लागि आफ्नो प्रतिरोधी कार्यहरू’ जारी राख्ने वाचा गरेको छ ।
प्रतिरोध आन्दोलनले कम्तीमा १० जना मारिएको र लगभग ३ हजार जना घाइते भएका आक्रमणहरूको लागि इजरायललाई ‘पूर्णरूपमा जिम्मेवार’ ठहराएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । यसबारेमा हिज्बुल्लाह नेता सøयद हसन नसरल्लाहले बिहीबार सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
Leave a Reply