पेइचिङ भेटमा इरान–चीन संवाद
- बैशाख २३, २०८३
भक्तपुर, ३ असोज । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे निवासी पार्टीका पुराना संस्थापक सदस्य कृष्णबहादुर खिउँजुको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भयो । नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल र नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छेँले पार्टीको झन्डा ओढाएर मृतक खिउँजुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
लामो समयदेखि क्यान्सरबाट पीडित खिउँजु ३ दिनदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएकोमा उहाँको उपचारको क्रममा २०८१/०६/०१ गते बेलुका ७ः५० बजे निधन भयो ।
२०२५ सालदेखि नै किसानहरूको बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन र साँढे धपाउने आन्दोलनको पक्षमा लाग्नुभएका खिउँजु पार्टीका पुराना संस्थापक सदस्य हुनुहुन्थ्यो । मृतक खिउँजुका तीन छोरा र एक छोरी हुनुहुन्छ ।
Leave a Reply