यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कैलाली, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ कैलालीको आयोजनामा सङ्घको ३४ औँ स्थापना दिवसको अवसरमा लम्कीचुहा नपा बघौरामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका कैलाली अध्यक्ष रमेशकुमार रावलले राजनीति भनेको जनताको निःस्वार्थरूपमा सेवा गर्नु हो, राजनीतिलाई पेसा, व्यवसायको रूपमा लिनु गलत भएको धारणा राख्दै नेमकिपा देशभक्त जनपक्षीय पार्टी भएको प्रस्ट पार्नुभयो ।
मातृ पार्टीको लक्ष्य र उद्देश्य पूरा गर्न सङ्घले निरन्तर सङ्घर्ष गरिरहेको उल्लेख गर्दै यो संविधानमा बहुमत जनताको हितमा नियम कानुन नबनेकोले नेपाल मजदुर किसान पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी, उत्पादनका साधनहरू राष्ट्रियकरण गर्ने, सम्पत्तिको सीमा तोक्ने, जमिन जोत्नेको सिद्धान्त लागु गर्ने आदि सुझाव राखेको बताउनुभयो ।
देशमा समाजवादी व्यवस्था स्थापना गर्न युवाको ठुलो भूमिका हुने प्रस्ट पार्दै उहाँले नेपालका शासक पार्टीले युवालाई सस्तो ज्यामीको रूपमा विदेश पठाउने कार्यको कडा विरोध आवश्यक छ भन्नुभयो । देशको सार्वभौमिकता भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई केन्द्रमा राख्दै युवा राजनीतिमा अग्रसर हुन उहाँले आग्रह गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले शासकहरूले कामदारवर्गको राजनीति नगर्दा जनताले दुःख पाएको बताउनुभयो । उहाँले नेपाली युवाले विदेशमा सा¥है दुःख पाउनुमा शासक पार्टी नै जिम्मेवार छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कैलालीका अध्यक्ष एवं केन्द्रीय सदस्य गुप्तबहादुर शाहीले युवाहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार हुनुपर्छ भन्नुभयो । देश बचाउने र देश चलाउने दुवै काम युवाले गर्नुपर्ने भएकोले विकृति र विसङ्गतिप्रति सजग रहन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका सदस्य ज्योति बडुवालले देश बनाउने काम युवाको भएकोले युवा राजनीतिक रूपमा सचेत र सङ्गठित हुनुपर्छ भन्नुभयो । नेमकिपा कैलालीको कोषाध्यक्ष जानकीकुमारी सिजापतिले समाजवादी व्यवस्था ल्याउन युवाको ठुलो भूमिका छ भन्नुभयो । उहाँले समाजवादी व्यवस्थामा मात्रै मजदुर र किसानले सुख पाउने बताउनुभयो । प्रेमबहादुर सिंजापतिको सभापतित्वमा भएको कार्यक्रममा गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियोे ।
त्यस्तै हालै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्कीचुहा नगरपालिका वडा नं.५ तिलकपुर एकाइ समितिको भेला भयो ।
भेलामा नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले पँुजीवादी व्यवस्थाले पुँजीपतिहरूको मात्र हित गर्ने भएकोले यस व्यवस्थालाई फाली काम गरिखाने जनताको व्यवस्था ल्याउन विद्यार्थी सचेत हुनुपर्ने बताउनुभयो ।
नेपालको संविधानमा आधारभूत तह निःशुल्क र अनिवार्य लेखिएको भए तापनि लागु नभएको बताउँदै नेक्राविसङ्घ सधँै निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको निमित्त सङ्घर्ष गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष एचवीले विद्यार्थी अध्ययनशील हुनुपर्ने कुरामा जोड दिँदै विद्यार्थीले समाजको हितको लागि काम गर्नुपर्ने बताउनुभयो ।
भेलाबाट गोपाल गिरीको अध्यक्षतामा १४ सदस्यीय नेक्राविसङ्घ लम्कीचुहा नगरपालिका वडा नं. ५ तिलकपुर एकाइ समिति गठन गरिएको छ ।
Leave a Reply