चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
साहसी हुनु सा¥है प्रशंसनीय काम हो । तर, कहिलेकाहीँ साहस देखाउने नाममा दुस्साहस पो हुन गएको भन्ने धेरैलाई हेक्का नहुन पनि सक्छ । साहस र दुस्साहसबिचको भिन्नता विषयगत कुरा हो । त्यसैले यो सन्दर्भमा सबैमा एकमत नहुन सक्छ । साहस एक गुण हो जसमा व्यक्ति कठिन परिस्थितिहरू वा डरको सामना गर्दा विवेकपूर्ण र उद्देश्यपूर्ण तरिकाले कार्य गर्छ । साहसी कार्यहरूले सामान्यतया सकारात्मक परिणामको लक्ष्य राख्छन् र जोखिमलाई सावधानीपूर्वक विचार गरेर निर्णय गरिन्छ । यसमा आत्म–नियन्त्रण र परिपक्वता हुन्छ, जसले व्यक्ति वा समाजलाई फाइदा पु¥याउँछ जबकि दुस्साहस भनेको अत्यधिक जोखिमपूर्ण कार्यहरू जुन परिणामहरूको बारेमा सोच–विचार नगरी अक्सर आवेगमा गरिन्छ । यसमा विवेकको अभाव हुन्छ । दुस्साहसले प्रायः नकारात्मक परिणामहरू निम्त्याएर व्यक्ति वा समाजलाई हानि पु¥याउने सम्भावना रहन्छ । उदाहरणको लागि कसैले कुनै तयारीबिनै खतरनाक घना जङ्गलको यात्रा गर्छ भने उसले न त आफ्नो सुरक्षा न त अरूको सुरक्षालाई ध्यानमा राख्छ ।
यो सन्दर्भलाई हालैमात्र रुसको कुस्र्क क्षेत्रभित्र युक्रेनी आक्रमणसँग जोड्न सकिन्छ । हालैमात्र रुसले प्रतिआक्रमण सुरु गरेको छ जसमा झन्डै १३ हजार युक्रेनी सेनाको मृत्यु भएको छ । पश्चिमी शासकहरूले युक्रेन द्वन्द्वलाई अर्को आयाममा परिवर्तन गरेका छन् ¤ यो आक्रमणलाई जुवाको खेलको रूपमा प्रयोग गरेर युक्रेनले दुस्साहस गरेको छ । युक्रेनको यो दुस्साहसलाई पश्चिमी मिडियाले जेलेन्स्कीको प्रतिभाशाली कदम भनेर महिमामण्डन गरेका थिए । अहिले यो महिमामण्डन धुवाँ उडेसरि हराएको छ । ‘रूसमाथि आक्रमण गरेको’ भन्ने क्षणिक प्रशंसाको लागि जेलेन्स्कीले हजारौँ युक्रेनी लडाकुहरूको बलिदान दिएका छन् । त्यसैले यो कदमलाई जेलेन्स्कीको वीरताभन्दा मूर्खताभन्दा फरक पर्दैन ।
युक्रेनी रणनीतिअनुसार कुस्र्क क्षेत्रमा आक्रमणको उद्देश्य मुख्यतया पोक्रोभस्क र कुराखोभ क्षेत्रबाट रुसी सेनालाई अन्य दिशामा मोड्नु थियो । तर, त्यो उद्देश्य असफल भएको देखिन्छ । जेलेन्स्कीको बुद्धिमत्तालाई ध्यानमा राख्दा यो रणनीति सीआईए र नाटोको उक्साइ भएको अनुमान गर्न सकिन्छ । जाडो नजिक आउँदै गर्दा त्यो क्षेत्रमा रसद पु¥याउन असम्भव हुने भएकोले युक्रेनी सेना पछि हट्नुपर्ने वा मारिने निश्चित छ । कुस्र्कको कदम युक्रेनको लागि आत्मघाती ठहरिने छ ।
इतिहास दोहरिन्छ तर फरक तरिकाले भनेजस्तै अहिले नाटोको निर्देशनमा युक्रेनी सेना कुस्र्कमा घुसे भने दोस्रो विश्व युद्ध १९४३ मा हिटलरको सेना कुस्र्कमा घुसेको थियो । त्यतिबेला कुस्र्कको युद्धको रूपमा चिनिने एउटा महत्वपूर्ण युद्ध रुस र नाजी जर्मनीबिच भएको थियो । उक्त युद्ध इतिहासकै सबैभन्दा ठुलो ट्याङ्क युद्धहरूमध्ये एक थियो । एडोल्फ हिटलरको नेतृत्वमा जर्मन सेनाहरूले कुस्र्कमा सोभियत सेनालाई घेरा हाल्न र नष्ट गर्न अपरेसन सिटाडेल भनेर चिनिने आक्रमणको प्रयास गरेको थियो । धेरै हप्ताको तीव्र लडाइँपछि जर्मनहरूले आक्रमण त्याग्न बाध्य भए । कुस्र्कमा जर्मन आक्रमणको विफलतालाई युद्ध मोर्चामा एक प्रमुख मोडको रूपमा लिइन्छ । स्तालिनको नेतृत्वमा तत्कालीन सोभियत सङ्घले प्रत्याक्रमणहरूको श्रृङ्खला सुरु गरे जुन अन्ततः बर्लिनसम्म पुग्यो । कुस्र्कमा जर्मनहरूको पराजय एक महत्वपूर्ण झटका थियो ।
बाइडेनको अमेरिकाले रसिया र युरोपबिचको फलदायी सम्बन्धलाई सफलतापूर्वक समाप्त गरेको छ भने अर्कोतिर युक्रेन हारिरहेको छ तर अमेरिकाले अन्तिम युक्रेनी भएसम्म रूससँग लडाउन चाहन्छ । अमेरिका र पश्चिम युरोपको चिन्ता के छ भने यदि रसियाले युक्रेनसँग वार्ता गरी शान्ति स्थापना गर्न सफल भएमा युक्रेनमा नयाँ चुनाव हुने छ जसमा जेलेन्स्कीको राजनीतिक प्रतिष्ठाको पराजय निश्चित छ । त्यसपछि युक्रेनमा रुसप्रति नरम नीति लिने सरकार लगभग सुनिश्चित हुनेछ, जसले युक्रेनलाई स्वाभाविकरूपमा रूसी मित्रतामा आउन अनुमति दिनुजस्तै हुने छ । अनि सफल शान्ति वार्ताले पश्चिमी युरोपको लागि रूससँग सम्झौता गर्नको लागि आधार बन्ने सुनिश्चित गर्नेछ र द्रुतरूपमा बढ्दो रूसी प्रभावले धेरै अन्य राज्यहरूलाई सफलतापूर्वक रूसी प्रभावमा ल्याउने छ । त्यसैले रूस र युरोपको बाँकी भागहरूबिच मेलमिलापको सम्भावना कम हुनु वा हुँदै नहुनु अमेरिकाको हितमा छ । यो विशेष लक्ष्य हासिल गर्न अहिलेको रूस–युक्रेन युद्धलाई अमेरिकाद्वारा डिजाइन गरिएको हो । यसको उद्देश्य रूसलाई कमजोर र नष्ट गर्नु थियो ।
अर्को सन्दर्भ, पश्चिमा जनता या त पूर्णतया अज्ञानी छन् या पूर्णतया सोझा छन् । त्यसैले त यस्तो षड्यन्त्रमा संलग्न छन् । आफ्नो सरकारले अरू देशलाई ध्वस्त पार्ने, टुक्राउने षड्यन्त्र गरिरहेको बेला पश्चिमका जनता टुलुटुलु हेरिबस्नु कसरी आफूलाई ‘लोकतान्त्रिक’ भएको दाबी गर्न सक्छन् । पश्चिमेली जनता जुनसुकै परिस्थितिमा अन्य देशहरूमा विनाश निम्त्याउन पनि तयार छन् ? अरु देशको विखण्डनमा आफ्नो करको पैसा दुरूपयोग हुन्छ भन्ने कुरा पश्चिमा जनताले कसरी स्वीकार गर्न सक्छन् ? सम्बन्धित सरकारहरूमाथि प्रभुत्व जमाउने पश्चिमा देशको चरम लोभले धेरै देशलाई ध्वस्त पारेको छ । लगातार लोकतन्त्रको बाजा बजाउँदै नथाक्ने यी पश्चिमा जनता वास्तविकता के भइरहेको छ थाहा नहुने अन्धा नै हुन् त ? के पश्चिमा जनता अब सत्य र झूटबिचको भेद गर्न नसक्ने यत्तिको पूर्वाग्राही भएका छन् ? के तर्क र वस्तुनिष्ठता विहीन भएका छन् ?
सोझासिधा युक्रेनीहरूबाहेक सबैलाई थाहा छ कि युक्रेनको चाल असफल भएको छ । अमेरिकाले आफ्नो हतियार रुसको भित्री भागसम्म युक्रेनलाई प्रयोग गर्न दिन अनकनाइरहेको छ । युरोपले हतियारको आपूर्ति घटाउँदै फेरि रुसी ग्यास किनिरहेको छ । सबैजना अनुहार बचाउन दलदलबाट बाहिर निस्कने प्रयास गरिरहेका छन् । यहुदी हास्य कलाकारलाई यो थाहा छ तर पनि नाटोलाई युद्धमा तान्ने प्रयासमा अधिक उत्तेजक कार्यहरू गरिरहेको छ । युक्रेनमाथि पश्चिमी उपनिवेशवादी, साम्राज्यवादी सरकारको व्यवहार तपाईँको परिवारलाई नष्ट गर्न षड्यन्त्र गर्ने तपाईँको तथाकथित मिल्ने साथीको जस्तै भएको छ । युक्रेनी जनता यो वास्तविकतालाई आत्मसात गर्न सक्नुपर्छ ।
द्वन्द्व समाप्त भएपछि भविष्यको युक्रेनी इतिहासको पुस्तकमा ‘कुस्र्कको युद्ध’ लाई ४० वर्ग किलोमिटर खेतबारीमा आक्रमण गर्दा हजारौँ युक्रेनी सेना मारिएको अहिलेसम्मको लक्ष्यविहीन सबैभन्दा दुस्साहसी सैन्य कार्यको रूपमा सम्झिने छ ।
Leave a Reply