चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
भक्तपुर, ४ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला प्रशासन कार्यालय, भक्तपुर, डिभिजन वन कार्यालय, भक्तपुर तथा च्वङा गणेशस्थान विकास संस्थाको संयुक्त आयोजनामा भनपा–१ स्थित च्वङा गणेशस्थानमा वृक्षरोपण कार्यक्रम शुक्रबार भयो ।
संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा अतिथि प्रजापतिले सल्लाघारी पहिलेदेखि नै सांस्कतिक महत्वको ठाउँ भएको चर्चा गर्दै सो क्षेत्र नेपाली सेनाको नाउँमा भए तापनि जनताले उपभोग र संरक्षण गर्दै आइरहेको बताउनुभयो ।
“वातावरण जीवन हो, अक्सिजनबिना मानिसको जीवन असम्भव छ” भन्दै उहाँले भक्तपुर नगरपालिकाले नेपाल सरकारसँग सो क्षेत्रको सिमाङ्कन र संरक्षणबारे पटकपटक छलफल गरी कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
असोज ३ गते भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लसमेतका शैक्षिक संस्थाहरूले ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक प्रवचन कार्यक्रम ख्वप ई कलेजमा सम्पन्न गरेको पनि सो अवसरमा जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले संविधान दिवसको अवसरमा असोज २, ३ र ४ गते तीन दिनसम्म कार्यक्रम गर्ने सिलसिलामा वृक्षरोपण कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरमा जग्गाको अभावमा वृक्षरोपण गर्ने ठाउँको कमी भएको बताउनुभयो ।
कार्यक्रममा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र च्वङा गणेश विकास समितिका अध्यक्ष लक्ष्मीनारायण खत्रीले पनि बोल्नुभएको थियो ।
प्रमुख अतिथि र विशेष अतिथिलगायतका प्रतिनिधिहरूले विभिन्न जातका वृक्षहरू रोप्नुभएको थियो । केही समयअघि मात्रै सल्लाघारीमा रहेका धेरै वर्ष पुराना रुखहरूले मानिसको लागि खतरा देखिएको हुँदा भनपा, जिल्ला प्रशासन, वन कार्यालय, नेपाली सेनाको समन्वयमा ती रुखहरू काट्न लगाइएका थिए ।
Leave a Reply