शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
कोलम्बो, ५ असोज (एएफपी) । श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा प्रभावकारी जनमत संग्रहमा शनिबार राष्ट्रपतिका लागि मतदान सुरु भएको छ ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने श्रेय दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको थियो ।
सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालिन निर्वाचित राष्ट्रपतिविरूद्ध आन्दोलित भएपछि देश छोडेर भाग्नुभएको थियो भने विक्रमासिङ्घेले सङ्कटका समयमा देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झण्डै सङ्कटग्रस्त हुनु पहिलेको अवस्थामा पु¥याउनुभएको छ ।
विक्रमासिङ्घेको कर वृद्धि गर्ने र राज्यले नागरिकका लागि दिएका अन्य सुविधाहरूलाई कसिलो पार्दै दातृ निकाय र यसमा पनि खासगरी आइएमएफको बेलआउटको सर्तहरू पूरा गर्दा नागरिकहरू उहाँसँग खुशी छन् वा छैनन् यो निर्वाचनले निर्णय दिनेछ । उहाँ सङ्कटका समय नेतृत्व गरेको र देशलाई थप वर्वादीति र जानबाट रोक्न सकेकोमा आफू विजयी हुनेमा आशावादी हुनुहुन्छ ।
चुनावमा विक्रमसिङ्घेले अनुरा कुमार दिसानायकालगायतका शक्तिशाली सीमान्त माक्र्सवादी पार्टीका नेतासंँग कसिलो प्रतिस्पर्धा गर्नुपर्ने आँकलन गरिएको छ ।
विज्ञहरूका अनुसार श्रीलङ्काको अर्थतन्त्र अझै पनि कमजोर छ । यहाँको ४६ अर्ब विदेशी ऋणको भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिबद्धताअनुसार पुनः आएको छ ।
विक्रमासिङ्घेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने र आईएमएफसँगको सहकार्यमा कुनै विचलनतिर जान नदिने बताउनुभएको छ ।
“निर्वाचन धेरै हदसम्म विक्रमासिङ्घेको सरकारले कसरी आर्थिक सङ्कट र आगामी सुधारलाई ह्यान्डल गरेको छ भन्नेमा जनमत सङ्ग्रह हुनेछ,” अन्तर्राष्ट्रिय सङ्कट समूहले यस हप्ताको एक रिपोर्टमा भनिएकोे छ ।
चुनावमा जम्मा ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।
चुनावमा एक करोड ७० लाख भन्दा बढी मानिसहरू मतदान गर्न योग्य छन् । मतदान केन्द्र तथा गणना केन्द्रहरूको सुरक्षाका लागि ६३ हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।
चुनाव अवधिमा कुनै पनि समस्या भएमा सुरक्षा टोलीहरू पनि तयार रहेको जनाउँदै हाल सम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रहरी प्रवक्ता निहाल तल्डुवाले बताउनुभएको छ ।
यसैबिच केही क्षेत्रका मतदान केन्द्रमा जङ्गली जनावरबाट सुरक्षित आभास गराउन प्रहरी परिचालन गर्नुपरेको उहाँले बताउनुभएको छ ।
कोलम्बोमा मतदान सुरु हुनुअघि दर्जनौँ मानिसहरू मतदान केन्द्र बाहिर लामबद्ध थिए भने राजधानीमा कडा सुरक्षाको व्यवस्था मिलाइएको छ ।
मतदान स्थानीय समयअनुसार बेलुका चार बजेसम्म चल्ने र गणना शनिबार साँझदेखि नै सुरु हने जनाइएको छ । आइतबार नतिजा आउने अपेक्षा गरिएको छ ।
Leave a Reply