इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
कोलम्बो, २३ सेप्टेम्बर (एएफपी) । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकेलाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायके ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ ।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभएको थियो भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहनुभएको थियो ।
सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकेको समर्थनमा वृद्धि भएको थियो ।
सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबिच ५५ वर्षीय दिसानायकेले प्रधान न्यायाधीशसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
शपथग्रहणपछि दिसानायकेले भन्नुभयो, “जनताको राजनीतिज्ञप्रतिको विश्वासलाई पूर्णरूपमा पुनस्र्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।”
उहाँले भन्नुभयो, “म जादुगर होइन । मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु । त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।”
प्रधानमन्त्रीद्वारा राजीनामा
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनेले सोमबार बिहान राजीनामा दिनुभएको छ । आफ्नो राजीनामा पत्रमा गुणवर्धनेले श्रीलङ्काको नवौँ कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गर्नुभएको छ ।
दिसानायकेले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनेले आइतबार राति नै उहाँलाई बधाई दिनुभएको थियो ।
Leave a Reply