प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
ह्वाइट हाउसका अधिकारीहरूले तथाकथित डे मिनिमिस छुटको प्रयोगमा प्रतिबन्धहरू प्रस्ताव गर्ने आफ्नो नियत शुक्रबार घोषणा गरे । त्यसबाट हाल ८ सय डलरभन्दा कम मूल्यका उत्पादनहरू भन्सार घोषणा वा शुल्कहरूबिना अमेरिकी उपभोक्ताहरूलाई सीधा पठाउन सकिने व्यवस्थालाई अन्त गर्छ । प्रस्तावित प्रतिबन्धहरूले चीन र अन्य देशहरूका क्रस–बोर्डर (सीमापार) ई–कमर्स दिग्गजहरूको लागि अनिश्चितता सिर्जना गर्न सक्छ, ब्लूमबर्गले रिपोर्ट गरेको छ ।
वस्तुगत परिप्रेक्ष्यमा, यदि संयुक्त राज्य अमेरिकाले अमेरिकी बजारमा प्रवेश गर्ने कम–मूल्य प्याकेजहरूमा प्रतिबन्ध लगाउने निर्णय गर्छ भने त्यसले अमेरिकी बजारमा निर्यात गर्ने सबै देशहरूका साथै सीमापार आयात गर्ने व्यवसायीहरू, सीमापार इ–कमर्स व्यवसायहरू तथा अमेरिकामा ई–वाणिज्य पार्सलहरूहरूलाई असर गर्नेछ ।
अमेरिकी सरकारको प्रस्तावित प्रतिबन्धहरूले घरेलु उद्योगहरूको सुरक्षामा ध्यान केन्द्रित गरेको छ, विशेषगरी लताकपडा र तयारी लुगाका क्षेत्रहरूमा, जहाँ अमेरिकी उत्पादकहरू कम लागत आयातित सामानहरूको प्रभावको बारेमा चिन्तित छन् । यद्यपि, यो निर्विवाद छ कि किफायती र उच्च–गुणस्तरका अन्तर्राष्ट्रिय उत्पादनहरू, विशेषगरी चीनका उत्पादनहरूले अमेरिकी उपभोक्ताहरूको क्रयशक्ति बढाउन मद्दत गरेको छ ।
आठ सय डलरभन्दा कमको घोषित मूल्यका प्याकेजहरूमा संलग्न कपडा र कपडाजस्ता उत्पादनहरूका लागि, चिनियाँ उत्पादनहरूको लागत प्रवद्र्धन अन्य देशहरू र क्षेत्रहरूको तुलनामा बेजोड छ । तसर्थ, अमेरिकी उपभोक्ताहरू र अमेरिकी सीमापार ई–वाणिज्य आयातकर्ताहरूबाट सम्भावित बलियो प्रतिक्रियाले वाशिंगटनसामु चुनौती खडा गरेको छ किनकि यसले पारस्परिकरूपमा हानिकारक संरक्षणवादी नीतिलाई निरन्तरता दिइरहेको छ ।
उदाहरणका लागि, अमेजन र वालमार्टजस्ता अमेरिकी कम्पनीहरूले लामो समयदेखि डि मिनिमिस छूटअन्तर्गत सामानहरू आयात गरिरहेका छन् । यदि अमेरिकाले यो छुट रद्द गर्छ भने, यी कम्पनीहरूको लागत निस्सन्देह बढ्नेछ, जसले तिनीहरूको व्यापार र वृद्धिमा बाधा पु¥याउनेछ र फलस्वरूप अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ ।
अन्तर्राष्ट्रिय शिपरहरू फेड–एक्स (FedEx), यूपीएस (UPS) र डीएचएल (DHL) आदिकासाथै खुद्रा बिक्रेताहरू Amazon र Walmart समावेश रहेको अमेरिकी राष्ट्रिय विदेश व्यापार परिषद्ले कर छुटलाई ‘अमेरिकाको आर्थिक स्वास्थ्य र आपूर्ति श्रृङ्खलाको एक आवश्यक घटक हो’ भन्ने तर्क गर्दै अपवादको रक्षा गरेको छ । छुटबिना अमेरिकी उपभोक्ताहरू र साना व्यवसायहरूको लागि लागत बढ्नेछ, एसोसिएटेड प्रेसका अनुसार काउन्सिलले भन्यो ।
मानौँ, यदि अमेरिकाले संरक्षणवादको दिशामा गलत दिशामा थप कदमहरू चाल्छ भने, यसले चीनको सीमापार इ–कमर्स र अमेरिकी बजारको लागि लागत–प्रभावी उत्पादनहरू प्रदान गर्ने कपडाजस्ता केही उद्योगहरूलाई असर गर्नेछ । तर, यो नकारात्मक प्रभाव बढाइचढाइ गर्नु हुँदैन ।
विगतका वर्षहरूमा चीनमा केही सीमापार इ–कमर्स र कपडा उद्योगहरूको बाह्य अपेक्षाहरू पार गर्दै द्रुत विकास भएको थियो । तर, ती अन्तर्राष्ट्रिय स्वतन्त्र व्यापार नियमहरूमा मात्र नभई सबैभन्दा महत्वपूर्ण कुरा, उत्पादन क्षेत्रको अन्तर्निहित फाइदाहरू घरेलु डिजिटल रूपान्तरणको द्रुत विकास र स्तरवृद्धिमा भर परेको छ । यो त्यस्तो चीज हो जुन अमेरिकी संरक्षणवादले बन्द गर्न सक्दैन ।
चीनको सीमारपार ई–कमर्सलाई समर्थन गर्ने फाइदाहरूमा द्रुतरूपमा विकास भइरहेको र बलियो डिजिटल अर्थतन्त्रद्वारा समर्थित नयाँ व्यापार मोडेलहरू पनि समावेश छन् । चिनियाँ सीमापार ई–कमर्सले प्रतिस्पर्धी मूल्यहरूमा उच्च गुणस्तरीय र अनुकूलित उत्पादनहरू प्रदान गर्न सक्छ । मुख्यतया अपेक्षाकृत कम श्रम लागत र स्वतन्त्र व्यापारको फाइदाहरूमा भर पर्नुको सट्टा व्यापार मोडेलहरूमा नवीनताको कारणले त्यो सम्भव भएको हो ।
चीनको वैदेशिक व्यापारले डिजिटलाइजेसन र हरित सङ्क्रमण दुवैको सन्दर्भमा द्रुत गतिमा फाइदाहरू प्राप्त गरिरहेको छ । चीनमा १२०,००० भन्दाबढी सीमापार ई–वाणिज्य उद्यमहरू छन् । विगत पाँच वर्षमा चीनको सीमापार इ–कमर्स व्यापारको मात्रा १० गुणाभन्दा बढी वृद्धि भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । यी तथ्याङ्कहरूले चिनियाँ डिजिटल विदेशी व्यापार क्षेत्रमा बलियो उपस्थिति र गतिलाई छर्लङ्ग पार्दछ ।
यद्यपि, केही पश्चिमी राजनीतिज्ञहरू चीनको सीमापार इ–कमर्सको द्रुत विकासको बारेमा चिन्तित छन् । संरक्षणवाद र अतिरिक्त शुल्कहरूमार्फत चीनलाई हराउने दृष्टिकोणको निम्ति तर्कहीन वकालत गर्न थालेका छन् । त्यसलाई अमेरिकी व्यवसाय र उद्योगहरूलाई प्रतिस्पर्धामा सफल हुन मद्दत गर्ने एक मात्र तरिका हो भन्न थालेका छन् । स्वतन्त्र व्यापार नियमहरूको सम्मान गरौँ, नवप्रवर्तनलाई गति दिऔँ र विश्वव्यापी व्यापारमा डिजिटलाइजेसन र हरित सङ्क्रमणको प्रवृत्तिलाई अँगालौँ ।
डे मिनिमिस छुटमा प्रस्तावित प्रतिबन्धहरूले सीमापार ई–वाणिज्यको व्यावहारिकतालाई मात्र खतरामा पार्दैन तर यी च्यानलहरूबाट फाइदा लिने अमेरिकी उपभोक्ताहरू र व्यवसायहरूको हितलाई पनि ठुलो हानि पु¥याउँछ । विश्वव्यापी व्यापारको परिदृश्य विकसित हुँदै जाँदा, संरक्षणवादी उपायहरूले अन्ततः आफ्नै कम्पनी र उपभोक्ताहरूको फराकिलो आर्थिक हितलाई कमजोर पार्छ भन्ने कुरा वाशिंगटनका नीति निर्माताहरूले बुझ्न जरूरी छ ।
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply