कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ३ माघ । भक्तपुरको ब्रम्हायणी मन्दिरनजिकै आज विहान एक व्यक्तिको शव भेटिएको छ । मंगलबार राती कुटपिट गरी हत्या गरिएको आशंका गरिएको शव चांगु नगरपालिका वडा नं ९ फैढोका निवासी सीताराम साय्जूको रहेको अनुसन्धानबाट खुलेको छ । ५८ वर्षीय साय्जूको टाउकोमा र दाहिने आँखीभौमा चोट देखिएको हुँदा कुनै फलामे घन अथवा हतियार प्रहार गरी ज्यान लिएको प्रहरीले आशंका गरेको छ । ब्रम्हायणीमन्दिरको पश्चिमतिरको पाटी नजिकै इथाचा जाने बाटोमा सो घटना घटेको हो ।
‘राती करिब २ बजेतिर मान्छे लडिरहेको छ देखेको थिएँ तर म आफै पनि रक्सीको नशामा भएको हुँदा हत्या भएको भन्ने अनुमान थिएन । त्यसैले पाटीमा सिरक राखिएको थियो त्यही ओढेर सुतेँ । विहान मात्र हत्या गरेर फालिएको लास रहेछ भन्ने चाल पाएँ ।’ घटनाबारे बताउँदै खोटाङ–५ निवासी टंकराम राईले जानकारी दिए । मध्यरातमै कुटपिट भएको आशंका गरिए पनि स्थानीयले विहान सबेरै ब्रम्हायणी मन्दिर आउँदा मात्र सो घटनाबारे थाहा पाएका थिए । साय्जूका २ छोरा र ३ छोरी रहेका छन् ।
Leave a Reply