भर्खरै :

चारदिने साहित्य लेखन तालिम सम्पन्न

चारदिने साहित्य लेखन तालिम सम्पन्न

भक्तपुर, ९ असोज । विद्यार्थी हित समिति प्रभात एकाइ समितिको आयोजनामा चारदिने साहित्य लेखन तालिम बुधबार सम्पन्न भयो ।
समापन कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले संसारमा भएका राम्रो साहित्यकारहरूको साहित्य अध्ययन गर्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रगतिशील साहित्यहरूको अध्ययनका साथै साहित्यकारहरूको जीवनी र जीवन सङ्घर्षबाट शिक्षा लिनु आवश्यक छ ।
विद्यार्थी सुजी ह्योंगोजुले विद्यार्थी हित समिति कामदार वर्गका विद्यार्थीहरूको सङ्गठन भएकोले साहित्य पनि कामदार वर्गको पक्षमा सृजना गर्नु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा अतिथि साहित्यकार ईश्वर थोकर, सेनोरिता सितिखु, शिक्षिका मीरा महर्जन, शिक्षक मनिष गोरा, राजु तामाङ, सूर्यप्रसाद तिमिल्सिना, राजकुमार साखकर्मी र समृद्धि छेङ्गुतलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षण सूर्यप्रसाद तिमिल्सिनालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *