यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ९ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र प्रमुख जिल्ला अधिकारी रोशनीमैयाँ श्रेष्ठले बुधबार चाँगुनारायण नगरपालिका वडा नं २, झौखेल ताहाजलेको खोल्सा बगाइएको स्थलगत अध्ययन गर्नुभयो । सो खोल्सा बगाइँदा लुकुन्डोलको धानखेतीमा क्षति पुगेको छ ।
साउन र भदौ महिनाको अविरल वर्षासँगै झौखेल हनुमानटारदेखिको पानी उक्त खोल्सा भएर आउँदा ताहाजलेमा खोल्साको डिल बगाइएको र स्थानीय जनताको धानबाली तथा खेतीसमेतमा क्षति पुगेको छ । वर्षाको कारण खोल्सासँगै रहेको बाटोसमेत भत्किएको हुँदा मुगुथलीको नयाँ बस्तीका बासिन्दालाई आवतजावत गर्न पनि बाधा पुगेको छ ।
खोल्सा बगाइँदा स्थानीय कमलेश्वरी श्रेष्ठ, तुल्सीराम बासुकला, विजय बासुकला, हरिभक्त दुवाल, हरेराम खोटेजा, बद्री खोटेजा, दिलकुमार तुल्सीबाख्योलगायतको करिब २०–२५ रोपनी जग्गामा लगाएको धानबाली र तरकारी खेती पूर्णरूपले क्षति भएको छ ।
क्षति अवलोकनपछि सांसद सुवालले प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई स्थानीय किसानका समस्या समाधान तथा आवश्यक क्षतिपूर्तिको निम्ति सम्बन्धित निकायमा आवश्यक पहल गर्न जोड दिनुभयो ।
स्थलगत अध्ययनमा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजु र स्थानीय जनताको सहभागिता थियो ।
स्थानीय जनताले दीर्घकालीन समस्या समाधानको लागि खासाङखुसुङ खोलादेखि नै सो खोल्सामा १० फुटको सडक र ६ फुटको खोल्सा निर्माण गर्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले तत्काललाई खाली बोरा र तारजाली उपलब्ध गराउन मिल्ने र दीर्घकालीन समाधानको लागि १० फुटको सडक र ६ फुटको खोल्सा बनाउन सम्बन्धित निकायमा लेखी पठाउने बताउनुभयो ।
Leave a Reply