भर्खरै :

नगरव्यापी वक्तृत्वकला प्रतियोगितामा पारागनका सभ्यता खड्का प्रथम

नगरव्यापी वक्तृत्वकला प्रतियोगितामा पारागनका सभ्यता खड्का प्रथम

भक्तपुर, १२ असोज । भिन्तुना सहकारी : एक दिगो वित्तीय सहकारी परिकल्पनामा सञ्चालित भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिले शनिबार ‘समाजको आर्थिक उत्थानका लागि सहकारी’ विषयक नगरव्यापी वक्तृत्वकला प्रतियोगिताको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले प्रतियोगिता सिक्ने मनस्थितिले भाग लिनुपर्ने औचित्यताबारे प्रकाश पार्नुभयो । सहभागीहरू कोही हार नभएको बताउँदै अतिथि प्रजापतिले भक्तपुरका किसानहरूले २०२६ साउन २ गतेको नवदुर्गा बचत संस्थाका सञ्चालकहरू भ्रष्ट भएका कारण भ्रष्टाचारविरुद्धको आन्दोलन भएको र किसानहरूको आफ्नो हक र हितको लागि सङ्घर्ष भएको पार्नुभयो । सहकारीमा बचतको पारदर्शिता र सदस्यहरूको सुशासनले मात्र समुदायमा आधारित सहकारीको विकास हुने विचार उहाँले प्रस्ट पार्नुभयो । नैतिकताको आवश्यकता र सुख दुःखले घोटेर पाएको जीवन मात्र वास्तविक जीवन हो भनी उहाँले जोड दिनुभयो । हाम्रो नयाँ पुस्तामा रगत र पसिनाको मूल्य चिन्ने आधार भनेको देशको भविष्यसँग साँच्न सक्नुपर्नेबारे उहाँले प्रकाश पार्नुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालले सहकारीको उत्तरदायित्व र समुदायको हितको लागि भए गरेका तालिम एवं कार्यक्रमहरूबारे प्रस्ट पार्नुभयो । निर्णायकद्वय सुरज दिदिया र रुपकेशरी उलकले पनि वक्तृत्वकला प्रतियोगिताका विविध पक्षहरूबारे बोल्नुभएको उक्त कार्यक्रममा सहभागी विद्यालय प्रतिनिधिहरूको तर्फबाट वागीश्वरी मा.वि.का मङ्गलेश्वर ध्वजूले बोल्नुभएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा पारागन एकेडेमीका सभ्यता खड्का प्रथम, समाज सुधार मा.वि.का प्रीति प्रजा द्वितीय, वागीश्वरी मा.वि.का सुजाता बडुवाल तृतीय र सान्त्वना पुरस्कार भक्तपुर साकोसका संगम नेपाल सान्त्वना भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीहरूलाई प्रमुख अतिथि ज्ञानसागर प्रजापतिले प्रमाणपत्र, मेडल तथा ट्रफी वितरण गर्नुभएको थियो ।
कार्यक्रम संस्थाको शिक्षा उपसमितिका संयोजक कृष्णप्रसाद सुवालको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा समितिका सदस्य सुनिता घटुवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *