अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १२ असोज । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सहकारी संस्थाको सिद्धान्त स्थानीय तह वा वडाभित्रका सदस्य हुने र कृषि, घरेलु तथा साना उद्योगलाई जोड दिने हो भन्नुभयो ।
खुलाको नाममा देशभरिकालाई सदस्य बनाउने सहकारी संस्थाको सिद्धान्त नभएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालका संविधान नै व्यक्तिवादीलाई बल दिने हो । सरकारले उद्योग–व्यापार गर्न नहुने संसद्वादी दलहरूको उदारीकरण नै व्यक्तिलाई पोस्ने हो । समाज र देशको हित समाजवादी व्यवस्थामा मात्र हुनेछ ।”
सिद्धान्तमा सञ्चालन नभएका सहकारीमा ठगी भएको हो भन्दै सांसद सुवालले संस्थाको आर्थिक विषयसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सदस्यहरूलाई जानकारी दिएर सचेत बनाउने नै प्रजातान्त्रिक व्यवस्थापन भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “संस्थाले सदस्यका छोराछोरीलाई गणित, विज्ञान, नेपाली व्याकरण, अङ्ग्रेजी व्याकरणमा दख्खल बनाउन थप कक्षाको व्यवस्था गर्नु उपयुक्त हुनेछ ।”
ख्वप अस्पतालका निमित्त निर्देशक डा.मजेशप्रताप मल्लले सहकारी संस्थाका स्वास्थ्य उपसमितिसँग संयुक्त स्वास्थ्य शिविर सञ्चालन भएको स्मरण गर्दै निरन्तरताको निम्ति अनुरोध गर्नुभयो । उहाँले मौसमको प्रतिकूलताका कारण विभिन्न किसिमका रोगहरू देखा परेकोले सबैजना सचेत हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सहकारीका सञ्चालकहरूले चिनजानको भरमा बिनाधितो ऋण दिनु भनेको सहकारीलाई डुबाउनु हो भन्नुभयो ।
सहकारीेले बढी ब्याज दियो भन्दैमा जुनसुकै सहकारीमा रकम बचत गर्दा सञ्चालकहरू भागेको उल्लेख गर्दै सदस्यहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति जितेन्द्र खायमलीको सभापतित्वमा भएको सभामा लक्ष्मीनारायण दुवाल, जगनाथ प्रजापति, सत्यनारायण गाईजु, लक्ष्मीप्रसाद दुवाल, रत्नप्रसाद सैंजु, सुनिल बोहजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply