भर्खरै :

बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

तेलअवीव (इजरायल), १२ असोज (एएनआई) । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ ।
सामाजिक सञ्जाल एक्समार्फत इजरायली रक्षा बल (आईडीएफ) ले घटनाको पुष्टि गरेको छ ।
आइडिएफका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हेजबुल्लाहको आक्रमणको बारेमा जानकारी दिँदै इजरायली रक्षा बलले मुख्यालय बेरुतको उक्त स्थानमा नियम विपरित निर्माण गरिएको उल्लेख गरेको छ ।
हमासले इजरायलमा आक्रमण गरेको लगभग एक वर्षपछि इजरायलले विश्वलाई चेतावनी दिँदै हेजबुल्लाहलाई रोक्नुपर्ने जनाएको छ ।
बेरुतमा भएको विस्फोट हेजबुल्लाहका नेता हसन नस्रल्लाहलाई लक्षित गरी गरिएको सीएनएनले रिपोर्ट गरेको छ ।
एकजना वरिष्ठ इजरायली अधिकारीले नस्रल्लाहलाई लक्षित गरी गरिएको आक्रमण गाजामा हमासका नेता मोहम्मद देइफको निधन भएको अपरेसनसँग मेल खाने खालको रहेको बताउनुभएको छ ।
साथै, लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुतमा भएको इजरायली हमलामा दुई जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएको जनाएको छ ।
इजरायलले लेबनानमा हेजबुल्लाहलाई खतराको सामना गर्न बाध्य पारेको छ भने इरान समर्थित समूहले उत्तरी इजरायलमा बारम्बार आक्रमण गरिरहेको छ ।
द्वन्द्व बढ्दै जाँदा, विश्वका प्रमुख देशहरूले युद्धविराम र बन्धक सम्झौताको आह्वान गरिहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *