भर्खरै :

सल्लाघारीमा मासु पसल अनुगमन

सल्लाघारीमा मासु पसल अनुगमन

भक्तपुर, १३ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रहेको ५ वटा मासु र १ वटा फलफूल पसलमा अनुगमन गरियो । अनुगमनमा मासु बिग्रेर गन्हाएको १९ किलो जफत गरी नष्ट गरिएको थियो ।
अनुगमनमा महमद समिर मिट सप दर्ता नवीकरण नभएकोले नवीकरण गर्न, फ्रिज र पसल सफा गर्न, मूल्यसूची राख्न, सरसफाइमा ध्यान दिन, भुइँ भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिइएको थियो । सोही क्रममा जफत गरी तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो ।
टोलीले च्वङा गणेश मिट सेन्टर मासु धुलो र झिङ्गा नभन्किने गरी जालि छोप्ने वा सिसाको बाकसभित्र राख्ने व्यवस्थापन गर्न निर्देशन दियो ।
न्यु दि मनकामना मिट हाउसमा लेबल नभएको प्याकेजिङ मःमः बिक्री वितरण गरेकोले खाद्य अनुज्ञापत्र लिई लेबल राखी बिक्री वितरण गर्न र सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिइयो ।
जय बाराही मासु पसल सरसफाइमा ध्यान दिन र पसल व्यवस्थित गर्न निर्देशन दिइयो ।
एन्ताज कोल्ड स्टोरमा फ्रिज सफा गर्न, मूल्यसूची राख्न, सरसफाइमा ध्यान दिन, भुइँ भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई तराजु एक थान जफत गरी तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दिइयो ।
शवनम ताज फ्रुट सेन्टरमा म्याद नाघेको रियल जुस सानो १३ वटा, ठुलो एक लिटरको ५ वटा, डाजेस्टिभ बिस्कुट ५ पाकेट जफत गरी नष्ट गरियो भने तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दिइयो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैँया सुवाल, ज्ञानबहादुर मानन्धर, सदस्य सचिव एवम् भनपा स्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, पशु सेवा शाखा भनपाका पार्वती योञ्जन, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, आन्तरिक राजस्व कार्यालय भक्तपुरका देवानन्द तिमिल्सिना, महानागरिक प्रहरी परिसर भक्तपुरका सहायक प्रहरी निरीक्षक जनक थापा र उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरका लक्ष्मीप्रसाद कासुलाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *