तःमुंज्या प्रचारस्वरुप सुकुन्दा ¥याली
- आश्विन २८, २०८१
भक्तपुर, १४ असोज । पिता विजयारत्न शाक्य र माता पूर्णदेवी शाक्यका पुत्री विजयालक्ष्मी शाक्यको निधन २०८१ असोज १२ गते साँझ ६ः१० बजे भयो ।
उहाँको अन्त्येष्टि असोज १३ गते भक्तपुर हनुमानघाटमा भएको थियो । उक्त अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न जनप्रतिनिधि, पार्टी कार्यकर्ता र नेपाल क्रान्तिकारी महिला सङ्घका कार्यकर्ताहरूको उपस्थिति थियो ।
उहाँको पार्थिव शरीरमा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका पूर्वअध्यक्ष रोशनमैयाँ सुवाल र सोही सङ्घका रमिला दुवालले महिला सङ्घको झन्डा ओढाउनुभएको थियो ।
वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा खराबी भएकोले क्यान्सर अस्पतालमा उपचार गर्न ताथलीको भक्तपुर क्यान्सर अस्पतालमा उहाँको रेडियोथेरापी भएको थियो । उपचारको १६ औँ दिन उपचारकै क्रममा उहाँको शनिबार निधन भएको थियो ।
विक्रम संवत् २०२१ चैत ४ गते जन्मेका शाक्य भक्तपुर नगरपालिका वडा नं. १७ हाल वडा नं. १ इताछेँमा भएको थियो ।
उहाँको पुष्परत्न शाक्यसँग विवाह भएको थियो । २०४६ फागुन २६ गते काठमाडौँको भेडासिँमा उहाँको पति पुष्परत्न शाक्यको तत्कालीन पञ्चायती सरकारको गोलीबाट सहादत्त हुनुभएको थियो ।
जीवनमा कहिल्यै थाकेको अनुभव नगर्ने उहाँले नेपाल क्रान्तिकारी महिला सङ्घको सदस्यता लिनुभयो । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँ भनपा वडा नं. १० बाट वडा महिला सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ नेक्रामसङ्घ नगर समिति भक्तपुरका पूर्व सदस्य हुनुहुन्थ्यो ।
Leave a Reply