भर्खरै :

प्रत्यारोपण केन्द्रमा नर्स हड्तालबारे केही विचार

– अन्तरा
भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र सरकारको अस्पताल हो । देशका गरिब र निमुखा बिरामीलाई मात्र होइन भारतलगायत अन्य देशका कतिपय बिरामीलाई समेत स्तरीय सेवा र सुविधा तथा सहयोग गर्ने नेपालको अस्पतालमध्ये अब्बल दर्जामै पर्छ  भन्दा दुईमत नहोला । स्थापनाको थोरै समयमा पनि उल्लेख्य र उत्कृष्ट सेवा प्रदान गर्न सफल अस्पताल नेपालमा कुनै छ भने त्यो मानव अङ्ग प्रत्यारोपण केन्द्र हो । सीमित वा अपुग भौतिक संरचनाका बाबजुद पनि बढीभन्दा बढी बिरामीको उपचार र सेवा सहयोगमा छिटोछरितो गरी दिनरात खटिने अस्पतालको रुपमा प्रायःले प्रशंसा गरेको वा चर्चामा रहेको अस्पताल पनि हो यो । यतिमात्र होइन भारतमा अङ्ग प्रत्यारोपण वा उपचारको निहुँमा अङ्ग तस्करी र तस्करहरूबाट नेपाली गरिब तथा सर्वसाधारण बिरामीलाई जोगाउने सामथ्र्य राख्ने अस्पताल भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र हो भन्दा फरक पर्दैन । यही अस्पतालका कारण आफू ठगिनबाट बचेको वा बाँच्न सफल भएको बताउनेहरूको नेपाली समाजमा सङ्ख्या बढ्दै छ ।
केही समयअघि यो पङ्क्तिकारको एकजना युवासँग भेट भएको थियो । झण्डै ५ महिनाअघि भक्तपुर जिल्लाको मध्यपुर नगरमा बस्ने ती युवाले केही व्यवहारिक समस्याका कारण तनावमा आएर कुनै एक औषधिको बढी मात्रा सेवन गरेछन् । स्वास्थ्यमा समस्या आएपछि सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएछ, त्यहाँबाट रङ्गशाला अगाडिको ब्लु क्रश नामक निजी अस्पताल पठाइएछ । त्यस अस्पतालले कलेजोमा सङ्क्रमण तीव्रगतिमा बढेकोले नेपालमा उपचार सम्भव नभएको र भारत नै लानुपर्ने बताएछ । आर्थिक अवस्था त्यति बलियो नभएकाले ऋण गरेर भए पनि भारत जान वा उडिहाल्न तयार उनको परिवारले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रको नाम सुनेछन् । तत्काल त्यस केन्द्रका निर्देशकलाई सम्पर्क गरेपछि उनको स्वास्थ्य रिपोर्ट मागी हेरेछन् । त्यसपछि कलेजोसम्बन्धी विशेषज्ञ डाक्टरसँग सल्लाह गरेछन् । ती डाक्टरले थप टेस्ट गर्न भनेछन् । उनले भनेका टेस्टहरूमध्ये आधाको रिपोर्ट आउँदा नै अचानक बिरामीको स्वास्थ्यमा सुधार आएको बताइएछ । त्यसपछि भारत लगिहाल्नुपर्छ भनेको भोलिपल्टै स्वास्थ्य सुधार भइसकेकोले लान नपर्ने बताइएछ ।
एक हप्ता अस्पतालको सुताइपछि घर फर्किएका ती युवाको परिवारले ऋण गरी ल्याएको उपचारमा अनुमानित रकम २५ लाख फिर्ता गरेछन् । अहिले ती युवाको स्वास्थ्यमा कुनै समस्या छैन । यदि मानव अङ्ग प्रत्यारोपण केन्द्रमा सम्पर्क नभएको भए ती युवा भारतको कुनै एक अस्पतालमा आफ्नो भएको अङ्ग पनि गुमाउँथे वा उपचार सम्भव नभएको निहुँमा ज्यान गुमाउँथे र पैसा पनि । यसबाट अर्को एउटा तथ्य पनि पुनः एकपटक स्पष्ट हुन्छ कि नेपालका निजी मेडिकल कलेज र अस्पताल माफियाको घेरामा छ ।
मानव अङ्ग तस्करहरूको हातमा छ । सम्भवतः मानव अङ्ग प्रत्यारोपण केन्द्रले यस्ता थुप्रै बिरामीको उद्धार गरेको छ वा माफिया तथा तस्करहरूको घेराबाट बिरामीलाई मुक्त गरेको छ । केही समयदेखि सुनिरहेका छौं कि यही अस्पतालमा करारमा राखिएकी एकजना नर्स जसको करार अवधि सकिसकेको थियो, उनलाई म्याद थप नगरिएको विषयलाई लिएर देशव्यापी आन्दोलनको मुख्य र पहिलो मुद्दा बनाई नर्सिङ सङ्घले आन्दोलन गरिरहेको छ । ती नर्सले बाहिरी पक्षका साथ पटक–पटक अस्पताल गई निर्देशक, नर्सिङ निर्देशक, कर्मचारीलाई अपमान, दुव्र्यवहार, गालीगलौज, ज्यान मार्नेसम्मको धम्की दिइसकेपछि आवश्यक कारबाही सिफारिसको निम्ति ३ सदस्यीय छानबिन समिति गठन गरिएको रहेछ । उक्त समितिको प्रतिवेदनअनुसार स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाले २०७४ मंसिर ११ गते मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई समस्या समाधानको लागि १० बुँदे निर्देशन पठाएको व्यहोरा सार्वजनिक भयो । जसमा १० औं बुँदा जस्ताको तस्तै यहाँ उल्लेख छ –‘त्यस केन्द्रमा कार्यरत रही हाल करार सम्झौता नवीकरण नभएको वा म्याद थप नभई हटाइएकी वा बर्खास्त गरिएकी भनिएकी तत्कालीन एकजना स्टाफ नर्सलाई पुनर्बहाली गर्न मिल्ने कानुनी व्यवस्था नभएकोले निजले कार्यालयमा उपस्थित भई कामकाज गरेको प्रमाणित अवधिको तलबभत्ता र अन्य सुविधा पाउने भए उपलब्ध गराउने ।

एक हप्ता अस्पतालको सुताइपछि घर फर्किएका ती युवाको परिवारले ऋण गरी ल्याएको उपचारमा अनुमानित रकम २५ लाख फिर्ता गरेछन् । अहिले ती युवाको स्वास्थ्यमा कुनै समस्या छैन । यदि मानव अङ्ग प्रत्यारोपण केन्द्रमा सम्पर्क नभएको भए ती युवा भारतको कुनै एक अस्पतालमा आफ्नो भएको अङ्ग पनि गुमाउँथे वा उपचार सम्भव नभएको निहुँमा ज्यान गुमाउँथे र पैसा पनि । यसबाट अर्को एउटा तथ्य पनि पुनः एकपटक स्पष्ट हुन्छ कि नेपालका निजी मेडिकल कलेज र अस्पताल माफियाको घेरामा छ ।

 
स्वास्थ्य मन्त्रालयले नै यस्तो निर्देशन पठाइसकेपछि उक्त अस्पताल र त्यसका सञ्चालकहरूको विरुद्धमा कतिपय अस्पतालको उपचार सेवामा नै प्रभाव पार्ने गरी विरोधका गतिविधि किन गरिंदै छ ? यो प्रश्न व्यापक चर्चाको विषय बनिरहेको छ । अहिले नेपालमा नर्सिङ जनशक्ति ८० हजारको हाराहारीमा छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता ७४ हजार जति छन् । ती नर्सहरूमध्ये अधिकांश श्रम शोषणमा परेका छन्, २४ घण्टा बढी काम गर्ने कतिपयलाई न्यूनत्तम ८ हजारभन्दा कम तलब दिइएको छ । निजी र कतिपय सरकारी अस्पतालमा ती नर्सहरू स्वयम्सेवीदेखि ५३ हजार तलब सुविधामा कार्यरत छन् । जसमध्ये बढी शोषणमा पर्ने निजी अस्पतालमा कार्यरत नर्सहरू नै पर्छन् । सरकारी तलब २५ हजार छ तर निजीले नर्सलाई ५ हजार पनि दिइरहेका छन् । ठूला निजी अस्पतालले ६ हजारमात्र दिइरहेका छन् भने बढीमा १५ हजार दिएका छन् । कम्तीमा ६ लाख खर्च गरेर पढेका स्टाफ नर्सले ६ हजार पनि तलब नपाउँदा विदेश पलायनको तथ्याड्ढ पनि बढ्दो छ । नर्सिङ पेशा पैसा कमाउने उद्देश्त्न्दा बढी सेवा भावले काम गर्नुपर्छ भन्ने मान्यता राख्ने क्षेत्र हो । तर पढ्न नै लाखौं खर्च गर्नुपर्ने शिक्षा व्यवस्थाले सेवा भावभन्दा पैसा कमाउने वा लगानी उठाउने ध्येयले सताउनु स्वाभाविक हो । यस ध्येयसँगै विभिन्न अस्पतालमा (बढी निजी) छिर्नु पनि स्वाभाविक हो । जसका कारण आर्थिकसँगै मानसिक शोषणमा उनीहरू पर्छन् ।
करार समय सकिएपछि पुनः बेरोजगार हुन पुग्छन् । त्यस्ता हजारौं नर्सहरूको समस्याका बारे नेपाल नर्सिङ सङ्घले बोलिदिनुपर्ने कि नपर्ने ? सेवाभावले काम गराउने क्षेत्र भएकोले स्टाफ नर्सलगायतमा निःशुल्क अध्ययन गराउनुपर्ने माग सरकारसँग राखी आन्दोलनका गतिविधि अघि बढाउनुपर्ने हो कि होइन ? निजी मेडिकल कलेज र अस्पताललाई राज्यले जिम्मामा लिनुपर्छ भन्ने मुद्दा सङ्घले किन उठाउँदैन ? पोखरा–क्षेत्रीय अस्पतालमा एक सय नर्सलाई विनापारिश्रमिक स्वयम्सेवीको रुपमा काम गराइएको समाचार आयो । कैलाली टीकापुर अस्पतालका ४ जना नर्स जो १० वर्षदेखि कार्यरत थिए, आफ्नो सेवा सुविधा र वृत्ति विकासको माग गर्दा निकालिए । न्यायको खोजीमा नेपाल नर्सिङ सङ्घको ढोका घच्घच्याउँदा सङ्घ किन चुप बस्यो ? देशव्यापी आन्दोलन भन्ने अनि एकजना नर्सको विषयमा मात्र केन्द्रित रहनुलाई सर्वसाधारणले कसरी बुझ्ने ? शिक्षण अस्पताल महाराजगञ्जमै नर्सहरूमाथि शोषण भइरहेको त्यहाँ कार्यरत नर्सहरू बताउँछन् । हजारौं नर्सहरूको श्रमशोषणको विरुद्धमा सङ्घलाई आन्दोलन गर्न केले बाधा पु¥याएको छ ?
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका क्षेत्रलाई राज्यले आफ्नो दायित्वमा नलिई निजीकरणमार्फत व्यापारको वस्तु बनाएकोले सम्पूर्ण समस्या आइपरेको के नेपाल नर्सिङ सङ्घलाई ज्ञात नभएकै हो त ¤? यस्ता विषयमा समग्र स्वास्थ्य क्षेत्रलाई आन्दोलित बनाउन सके यस्ता खालका सम्पूर्ण समस्या समाधान हुँदै जानेछन् । भक्तपुर मानव अङ्ग प्रत्यारोपण केन्द्रको उक्त विवादलाई चुल्याउनको लागि एमाले, माओवादी र कांग्रेसको कर्मचारी युनियनले पनि भूमिका खेलेको तथ्य बाहिर आइसकेको छ । पटक–पटक सरकारको नेतृत्व गर्ने ती पूँजीवादी पार्टीहरूले लाखौं, करोडौं कमिसन खाई मेडिकल कलेज खोल्न दिएको र अस्पतालहरूमा आफ्ना मान्छे, कर्मचारी भर्ती गर्ने गरेको तथ्य त घामजत्तिकै छर्लङ्ग छ । निजी मेडिकल कलेज र अस्पताल मेडिकल माफियाको मुठ्ठीमा रहेको तथ्य पनि नयाँ होइन । जसको संरक्षक आजसम्मको सरकार चलाउने दलहरू नै हुन् ।
अब के मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई पनि लथालिङ्ग, भताभुङ्ग पारी माफिया पोस्ने षड्यन्त्रका साथ लागिपरेका त होइनन् ¤? यो चाहिं खोजीको विषय बन्नुपर्छ । उपचारको नाममा वा बहानामा भारतसम्म पु¥याई ठग्नेहरूलाई उल्टै भारतका बिरामीसमेत ल्याई यहाँ उपचार गराएको तथ्याड्ढले कति पोल्दो हो ¤? उक्त अस्पतालमा १७४ कर्मचारीमध्ये १३८ जनाको अस्पतालको हकहित र सेवासुविधाको लागि भनेर लिइएको दस्तखत गलत प्रयोग गरी ट्रेड युनियन खोल्न सिफारिस गरेबाट पनि स्पष्ट हुन्छ कि उक्त अस्पतालको साख गिराउन जो जो लागिपरेका छन्, जनताका विरुद्ध नै लागिपरेका छन् । सरकारी संरचना वा सेवासुविधा ध्वस्त बनाई निजी क्षेत्र माफिया वा मानव अङ्ग तस्करहरू पोस्ने उद्देश्यका साथ लाग्दैछन्, नेपालका सार्वजनिक उद्योग, अस्पताल, कलेज राम्रो भए त्यसको प्रत्यक्ष बेफाइदा भारतको पूँजीवादी सरकारलाई पर्छ । त्यसमा पनि अङ्ग प्रत्यारोपणजस्तो महत्वपूर्ण कार्यमा नेपाललाई सफलता मिल्नुले तिनीहरु आँत्तिनु नौलो होइन । यस केन्द्र ध्वस्त पार्नमा कतै भारतीय शासक वर्गको भूमिका त छैन ¤? सचेत नेपाली जनताले गम्भीर भएर सोच्नैपर्छ, छलफलको विषय बनाउनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *