चीनले रणनीतिक दूरदर्शिताका साथ वैश्विक तेललाई जोगाएको छ
- भाद्र २६, २०८३
“बाबा, औषधि खानुभयो ?” विदेशमा रहेका छोराको फोन आउँदा वृद्ध बुबाको अनुहारमा एकछिन चमक देखिन्छ । केही मिनेट कुराकानी हुन्छ । छोराले घरखर्चका लागि पैसा पठाएको कुरा गर्छ, नातिनातिनाको पढाइको कुरा हुन्छ । फोन काटिएपछि फेरि उही घर, उही कोठा र उही मौनता छाउँछ । छोरा विदेशमा छ । बुहारी र नातिनातिना पनि सहरमा छन् । गाउँको घरमा वृद्ध बुबा र आमा मात्र छन् । यो कुनै एक परिवारको कथा होइन । बदलिँदो नेपाली परिवारको बढ्दो सामाजिक यथार्थ हो । नेपालमा बुढ्यौली अब केवल उमेर बढेको अवस्था होइन; यो परिवार, बसाइँसराइ, वैदेशिक रोजगारी, एकल परिवार र पुस्ताबिच बदलिँदो सम्बन्धसँग जोडिएको प्रश्न हो । सानो छँदा अनेक सङ्घर्ष गरेर हुर्काएका छोराछोरी उच्च शिक्षा, रोजगारीका लागि विदेश जाने क्रम निकै बढेको छ । जसले गर्दा आफनो बुढेशकालको सहारा ठानेका छोरा छोरी साथ नहुँदा उमेर पुगेका बाआमा मानसिक रूपमा पनि विक्षिप्त बन्न पुगेका छन् । २०२१ को जनगणनाअनुसार नेपालमा ६० वर्ष वा त्यसभन्दा माथिको जनसङ्ख्या कुल जनसङ्ख्याको १०.२१ प्रतिशत पुगेको छ । यही समयमा वैदेशिक तथा आन्तरिक बसाइँसराइले धेरै परिवारका पुस्तालाई भौगोलिक रूपमा अलग बनाइरहेको छ । त्यसैले, बुबाको मुख हेर्ने दिनमा हामीले बुबालाई केवल परिवारका लागि त्याग गर्ने व्यक्तिका रूपमा सम्झने होइन, बुढ्यौलीमा पुगेपछि स्वयं हेरचाह र सहाराको आवश्यकता पर्ने व्यक्तिका रूपमा पनि हेर्नुपर्ने समय आएको छ । बुबा हुँदा घर ‘घर’ थियो । नेपाली समाजको परम्परागत संयुक्त परिवारमा वृद्ध बुबा परिवारको केन्द्रमा हुन्थे । छोराछोरी, बुहारी, नातिनातिना एउटै घरमा हुन्थे । खेतीपाती, घरायसी निर्णय, संस्कार र पारिवारिक गतिविधिमा वृद्ध अभिभावकको भूमिका महत्वपूर्ण हुन्थ्यो । बुबा बुढो हुँदै गएपछि पनि उनको सामाजिक भूमिका समाप्त हुँदैनथ्यो । बरु अनुभव, सल्लाह र पारिवारिक नेतृत्वका कारण उनको स्थान अझ महत्वपूर्ण रहन्थ्यो । तर, परिवारको संरचना बदलिएको छ । शिक्षा र रोजगारीका लागि गाउँबाट सहर जाने क्रम बढेको छ । वैदेशिक रोजगारीले युवालाई देशबाहिर पु¥याएको छ । संयुक्त परिवार क्रमशः साना, स्वतन्त्र परिवारमा विभाजित हुँदै छ । घरमा रहेका वृद्ध अभिभावकका वरिपरि पहिले जस्तो ठुलो परिवार छैन । समाजशास्त्रमा यसलाई परिवारको संरचनात्मक परिवर्तनका रूपमा बुझ्न सकिन्छ । समस्या परिवार सानो हुनु मात्र होइन । प्रश्न यो हो – परिवार सानो हुँदै जाँदा वृद्ध अभिभावकको हेरचाह कसले गर्ने ? पैसा आउँछ, मान्छे आउँदैन । गाउँमा रहेका ७० वर्षका बुबाको उदाहरण लिऔँ । उनका दुई छोरा विदेशमा छन् । दुवैले नियमित पैसा पठाउँछन् । घर पक्की बनेको छ । स्वास्थ्य उपचारको लागि पनि खर्चको कमी छैन । खान लगाउन पनि राम्रै गरेका छन् छोराहरूले । तर, अस्पताल जानुपर्दा उनी छिमेकीको मोटरसाइकल वा पठाओ खोज्छन् । चाडपर्वमा घरमा ठुलो भोज हुँदैन । छोराछोरी बुहारी नातिनातिनाको आवाज फोनमा मात्र सुनिन्छ । आर्थिक रूपमा उनी सुरक्षित छन् तर सामाजिक र भावनात्मक रूपमा उनी आफूलाई सुरक्षित नरहेको महसुस गर्छन् । यहीँ आर्थिक सुरक्षा र सामाजिक सुरक्षाबिचको फरक देखिन्छ । पैसाले औषधि किन्न सक्छ । तर, औषधि खाने समय सम्झाइदिने व्यक्ति घरमा छैनन । पैसाले अस्पतालको बिल तिर्न सक्छ । तर, अस्पतालको बेडमा छेउमा बस्ने मान्छे पनि उनीसँग छैनन् । बिरामी हुँदा के भयो भनेर सोध्ने न्यानो हातको स्पर्श उनले महसुस गर्न पाएका छैनन् ।
नेपालमा वृद्ध अभिभावक र सन्तानको बसाइँसराइबारे भएका अध्ययनहरूले यही जटिलता देखाएका छन् । एउटा अध्ययनमा ब्मगति अजष्मिचभल को Adult children भएका परिवारका वृद्ध अभिभावकमा एक्लोपनको सम्भावना बढी देखिएको थियो । अर्थात्, छोराछोरी विदेश जानु सधैँ आर्थिक विपत्ति होइन; तर त्यसले भावनात्मक दूरीको जोखिम भने बढाउन सक्छ । “छोराले पैसा पठाउँछ, त्यसैले मलाई के कमी छ र ?” धेरै वृद्ध अभिभावक यस्तो भन्छन् तर वास्तवमा उनीहरू छोराछोरीको सफलतामा गर्व गर्छन् । विदेशमा रहेका छोराछोरीले घर बनाइदिएका छन्, उपचार गराइदिएका छन्, चाडपर्वमा पैसा पठाएका छन् । तर, वृद्धावस्थाको आवश्यकता केवल आर्थिक हुँदैन । सामाजिक सम्बन्ध, आत्मीयता, निर्णयमा सहभागिता, सम्मान र दैनिक साथ पनि उत्तिकै आवश्यक हुन्छ ।
२०२६ मा प्रकाशित एक अध्ययनले बिदेसिएका छोराछोरी भएका वृद्ध अभिभावकको अवस्थालाई एउटै ढाँचामा राख्न नसकिने देखाए पनि, भ्mउतथ लभकत अर्थात् खाली गुँड सन्तान बाहिरिएपछि एक्लिएका वृद्धहरूमा मानसिक स्वास्थ्यको गम्भीर जोखिम रहेको कुरा पाइयो । यसले एउटा महत्वपूर्ण कुरा सम्झाउँछ – वृद्ध अभिभावकको मौनता सधैँ सन्तुष्टिको सङ्केत हुँदैन । कहिलेकाहीँ “मलाई केही चाहिँदैन” भन्नु पनि “मलाई साथ चाहिएको छ” भन्ने मौन अभिव्यक्ति हुन सक्छ यी कुरा बिदेसिएका छोराछोरीहरूले बुझ्न आवश्यक छ । बुबाआमाले आफ्ना सन्तानको सधैँ प्रगति र खुसी चाहन्छन् । त्यसैका लागि आफ्ना सारा सपनाहरू त्यागी दिन्छन् । शारीरिक र मानसिक पीडाहरू लुकाएर छोराछोरीको प्रगतिमा खुसी भइरहेका हुन्छन् ।
आधुनिकीकरण भएसँगै परिवार संरचनामा परिर्वतनहरू देखिन थालेका छन् । बुढापाका पनि छोराछोरी हुर्केपछि आफूलाई छोडेर विदेश जाने छोराछोरीलाई साङ्केतिक रूपमा पखेटा आएपछि चरी गुँड छोडी जान्छन् भनी चित्त बुझाउने गर्दछन् । उमेर पाको हँुदै गएपछि घरमा ज्येष्ठ नागरिकको भूमिका पनि कम हुने, शारीरिक रूपमा पनि अस्वस्थ हुने हुनाले यो समयमा आफ्ना सन्तानको सहारा खोज्ने गर्दछन् ।
Leave a Reply