अमेरिका–इरान युद्धको तनाव थप चर्किँदै
- भाद्र २४, २०८३
सियोल, २५ भदौ (एएफपी) । प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाउनुभएको छ ।
बुधबार आयोजित कार्यक्रममा उहाँले विदेशमा तैनाथ सैनिकका कमान्डर र जवानप्रति विशेष कृतज्ञता तथा गहिरो सम्मान व्यक्त गर्नुभएको प्रजग कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।
“विदेशी सैन्य कारबाहीमा भाग लिने हाम्रा सेनाका कमान्डर र सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान प्रकट गर्दछु”, उहाँले भन्नुभयो ।
सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि प्रजग कोरिया मस्कोको प्रमुख सहयोगी बनेको विश्लेषकहरूले बताएका छन् । आर्थिक लाभ र सैन्य प्रविधिको बदलामा प्योङयाङले रुसको युद्ध प्रयासमा सहयोग पु¥याउँदै आफ्ना सैनिकसमेत पठाएको बताइएको छ ।
युक्रेनले रुसमा करिब ५० हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिने दाबी गरे पनि त्यसको प्रमाण वा निश्चित समयसीमा सार्वजनिक गरेको छैन ।
Leave a Reply