भर्खरै :

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

रसुवा, २५ भदौ । भदौ १० गते रसुवा भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बेत्रावतीस्थित होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लको नेतृत्वमा गएको १३ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बाढीबाट प्रभावित तथा विस्थापित नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार र स्वास्थ्यसम्बन्धी परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिक लाभान्वित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *