अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १५ असोज । इजरायलले प्यालेस्टिनमा गरिरहेको बर्बर आक्रमण अत्यन्तै अमानवीय छ क्रुरताको पराकाष्ठा नाघिसकेको छ । ससाना बालबालिका र महिलाहरूलाई छानी छानी नरसंहार गर्नुले साम्राज्यवादी अमेरिका र त्यसको पिछलग्गू इजरायलले प्यालेस्टिनको जनसङ्ख्या नै निमिट्यान्न पार्ने षड्यन्त्र रचेको तथ्य उजागर हुन्छ ।
उक्त विचार भक्तपुर नपा वडा नं ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, विद्यार्थी निकेतन एकाइ समितिको आयोजनामा भएको पुस्तक समीक्षा गोष्ठीमा बताउनुभएको हो ।
उहाँले जतिसुकै कठिन परिस्थिति आए पनि निरन्तर सङ्घर्ष गर्दै जानुपर्ने शिक्षा प्यालेस्टिनीहरूले आफ्नो देशको स्वतन्त्रताको लागि निरन्तर सय वर्षदेखि गरिरेहेको सङ्घर्षबाट सिक्नुपर्नेमा जोड दिनुभयो । पुस्तक अध्ययनले शिक्षकहरूको सांस्कृतिक स्तर माथि उठाउनुका साथसाथै समालोचनात्मक चेतको पनि निर्माण गर्ने कुरा उहाँले प्रस्ट्याउनुभयो ।
विद्यालयका प्रअ न्हुछेबहादुर खाताखोले शिक्षकहरूले निरन्तर समसामयिक पुस्तक अध्ययनमा जोड दिई समाजलाई नजिकबाट नियाल्नुपर्ने र चिरफार गर्ने कोशिश गर्नुेपर्ने कुरामा जोड दिनुभयो ।
सभापतिको आसनबाट विद्यालयका शिक्षिका रुपकेशरी उलकले सरुभक्तको ‘चुली’ लघु उपन्यासमाथि पुस्तक चर्चा प्रस्तुत गर्दै पढेका कुराहरू लेख्न सके आफ्नो पुँजी बन्ने हुँदा लेखनमा ध्यान पु¥याउनुपर्ने कुरा बताउँदै नियमित अध्ययनको लत बसाउन सके शिक्षकहरू अझ परिष्कृत हुने विचार राख्नुभयो ।
सो कार्यक्रममा शिक्षक श्रीकृष्ण सुवालले पुस्तक समीक्षाबारे चर्चा गर्नुभएको थियो भने केपी छुस्याकीले पनि बोल्नुभएको थियो ।
Leave a Reply