भर्खरै :

पेइचिङमा जन–गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोहको आयोजना

पेइचिङमा जन–गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोहको आयोजना

पेइचिङ, १ अक्टोबर (सीआरआई) । ३० का दिन राति जन बृहत् सभा भवनमा जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोहको आयोजना गरिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण भाषण गर्नुभयो । उहाँका अनुसार, जनगणतन्त्र चीन स्थापनाको ७५ वर्षमा पार्टीको नेतृत्वमा चीनका विभिन्न जातीय सर्वसाधारणले अथक प्रयासमा अर्थतन्त्रको तीव्र विकास र समाजको दीर्घकालीन स्थिरता भन्ने दुई चमत्कारको सिर्जना गरेका छन् । चीनमा ज्यादै ठुलो परिवर्तन भएको छ । चीन राष्ट्रको महान् पुनरुत्थान अपरिवर्तनीय ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको छ । नयाँ काल र नयाँ यात्रामा चिनियाँ जनताले पक्कै पनि अझ नयाँ र बृहत्तर प्रतिभा सिर्जना गर्ने र शान्ति तथा विकास कार्यमा अझ नयाँ तथा ठुलो योगदान दिनेछन् ।
प्रधानमन्त्री ली छ्याङले समारोहको अध्यक्षता गर्नुभएको छ । लगभग ३००० जना चिनियाँ तथा विदेशी गन्यमान्य व्यक्ति सो समारोहमा सहभागी भएर नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *