भर्खरै :

भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिकहरू सम्मानित

भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिकहरू सम्मानित

भक्तपुर, १६ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिकहरू सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवको अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्येष्ठ नागरिकहरूलाई फलफूल, पानी तताउने इलेक्ट्रिक जग र बिस्कुट सम्मानस्वरुप हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले ज्येष्ठ नागरिक समाजका सम्मानित र आदर्श व्यक्ति भएको चर्चा गर्दै ज्येष्ठ नागरिकहरूले सम्मानजनक ढङ्गले बाँच्ने अधिकारको सुनिश्चितता आवश्यक भएको बताउनुभयो ।
समाज निर्माणमा अग्रजहरूको भूमिकाबाट नयाँ पुस्ता लाभान्वित हुन्छन् भन्दै उहाँले ज्येष्ठ नागरिकको आदर्श र मार्गनिर्देशमा नयाँ पुस्ताले काम गर्न जरुरी रहेको बताउनुभयो ।
स्वार्थी भावना भएका व्यक्तिले कहिल्यै समाजको हितमा काम गर्दैन भन्दै प्रमुख प्रजापतिले ज्येष्ठ नागरिकको सहज जीवनयापनमा परिवारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर आदर निकेतनका सञ्चालक लक्ष्मीप्रसाद कुसीले भक्तपुर साकोसले सदस्यहरूको हितमा आदर निकेतन सञ्चालनमा ल्याएकोे बताउँदै ज्येष्ठ नागरिक लक्षित विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै जाने उल्लेख गर्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले आदर निकेतन सञ्चालनमा भक्तपुर साकोसले उल्लेखनीय कार्य गरेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको उचित स्याहारसुसारमा परिवारले सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
आदर निकेतनका ३५ जना ज्येष्ठ नागरिकलाई सामग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *