अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १६ असोज । मानव समाजमा आधारित नवदुर्गा देवगणको यस वर्षको जात्रा सफलतापूर्वक सम्पन्न गर्न बुधबार सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सांस्कृतिक नगर भक्तपुरको नवदुर्गा जात्रा नेपालको लामो जात्रा भएको विचार व्यक्त गर्नुभयो ।
जात्रालाई जीवन्तता दिनुपर्नेमा जोड दिँदै उहाँले जात्रा सञ्चालनमा सबै पक्षको सहयोग उत्तिकै आवश्यक हुन्छ भन्नुभयो ।
कार्यक्रमका अर्का अतिथि विष्णुबहादुर मानन्धरले नवदुर्गा जात्रा सफल पार्न कार्यक्रमको तालिका बनाउनुपर्ने आवश्यकता औँल्याउँदै जात्रा पैसाले मात्र चल्ने होइन संस्कृतिको मर्म पनि बुझ्नुपर्छ भन्नुभयो ।
पूर्ववडाध्यक्ष कृष्णभक्त लवजुले नवदुर्गा देवगणको जात्रा सञ्चालनमा देखापरेको समस्याबारे उल्लेख गर्दै जात्रा सञ्चालनको लागि राखिएको जग्गाको खोजीनीति गर्नुपर्ने र सम्बन्धित निकायको सहयोगबाट अक्षयकोष स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
संस्थाका सल्लाहकार नारायणमान वनमालाले जात्राको महत्वबारे चर्चा गर्दै जात्रा व्यवस्थित गर्न भक्तजनहरूको भौतिक र नैतिक सहयोग आवश्यक हुन्छ भन्नुभयो ।
संस्थाका अध्यक्ष बालगोपाल वनमालाको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष आशाकाजी वनमाला, संस्थाका निवर्तमान अध्यक्ष ब्रिजेश वनमाला र संस्थाका सचिव लक्ष्मीप्रसाद वनमालाले पनि बोल्नुभएको थियो ।
Leave a Reply