अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १६ असोज । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नजिकिँदै गरेको नेपालीहरूको चाड विजया दशमी र शुभ दीपावलीको अवसर पारेर भक्तपुर नपा वडा नं. ५ भेलुखेलमा कृषि बजार प्रवद्र्धन कार्यक्रमको आयोजना भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुरमा उत्पादित ताजा तरकारीलाई भक्तपुरमै सुपथ मूल्यमा बिक्री वितरण गर्ने वातावरण तयार गर्न भेलुखेलमा कृषि बजार प्रवद्र्धन कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।
किसानहरूले विषादीरहित तरकारी उत्पादनमा जोड दिँदै उहाँले ताजा तरकारी उपभोगको लागि भक्तपुर नपाले कौसी खेती र कम्पोस्ट मल बनाउने तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरलाई तरकारीमा आत्मनिर्भर बनाउन कृषकहरूलाई प्रोत्साहन गर्दै आएको उपप्रमुख जोशीले बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कृषि क्षेत्रमा बिचौलियाहरूको संलग्नताले कृषकहरू मारमा परिरहेको बताउँदै किसानहरूले उत्पादन गरेका खाद्यान्न सहज र सुलभरूपमा बिक्री गर्ने वातावरण तयार गर्ने उद्देश्यले भक्तपुर नपाले तरकारी बजार सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
कृषि समितिका संयोजक एवम् भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले तरकारी बजार सञ्चालनमा आएसँगै कृषक तथा लघु उद्यमीहरू उत्साहित हुने बताउँदै तरकारी बजार सञ्चालनले किसानबाट उत्पादित तरकारी तथा खाद्यान्न बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र कृषि समितिका सदस्य एवम् भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply