अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १६ असोज । सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित देउजागाउँ आधारभूत विद्यालयको २१ औँ अभिभावक दिवस, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने, शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने र गुणस्तरीय शिक्षाको व्यवस्था गर्न सरकारले २४ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा पढाइका सँगसँगै अतिरिक्त क्रियाकलाप गर्दै देशभक्ति भावना सिकाउनुपर्ने बताउनुभयो ।
देशमा अविरल वर्षाले विपत्ति आउनुमा प्राकृतिक विपत्तिमात्र नभई जथाभावीरूपमा भूमाफियाहरूले खोलानाला मिचेर सार्वजनिक सम्पत्ति मिचेर बस्ती विकास गर्नु र जथाभावीरूपमा डोजर चलाई डाँडाकाँडा सकाउनु पनि हो, उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका घनश्याम खड्का, जोरपाती माविका प्रअ हरिप्रसाद ढकाल, अक्षकोष समितिका कुमार देउजा, चित्तपोल सामुदायिक सिकाइ केन्द्रका मनशोभा सुवाल, विद्यालयका प्रअ बाबुकाजी श्रेष्ठ र शिक्षक निर्मल माकले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथि सैंजूले विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण पछि विद्यार्थीहरूको नृत्य प्रस्तुत गरिएको थियो ।
Leave a Reply