अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १६ असोज । शिक्षकले अध्ययन अध्यापनको क्रममा आफ्नो सम्पूर्ण क्षमता, योग्यता र दक्षतालाई भित्री तथा बाहिरी कक्षामा प्रस्तुत गर्न सके शिक्षक योग्य ठहरिने र सक्षम शिक्षकहरूले तयार गरेका विद्यार्थीहरू अब्बल हुने गर्छन् ।
उक्त विचार विद्यार्थी निकेतन मा.वि., भक्तपुरमा सम्पन्न एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको हो । उहाँले कुराले भन्दा कामले गरेर देखाउनुपर्नेमा जोड दिँदै शिक्षकहरूले पुस्तक अध्ययनको संस्कृतिको विकास गर्नुपर्नेमा प्रस्ट्याउनुभयो ।
नाच, गाना, बाजाबिनाको बालापन खल्लो हुने विचार राख्दै उहाँले विद्यार्थीहरूलाई सधँै सिक्ने सिकाउने क्रियाकलापमा अभ्यस्त राख्न सके विद्यार्थीहरूमा स्फूर्ति र उत्सुकता कायम रहिरहनेमा जोड दिनुभयोे ।
भक्तपुर नगरपालिका वडा ५ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यालयले आफ्ना विद्यार्थीहरूको पढाइका साथसाथै जानेका सीपको पनि मूल्याङ्कन गरी प्रगति विवरणमा राख्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले कुनै पनि कार्यक्रम विद्यार्थीहरूलाई संस्कार सिकाउने कार्यशाला भएको बताउँदै विद्यार्थीहरूले कामको बाँडफाँड गरी जिम्मेवारीपूर्वक अतिथि सत्कार गर्न सिक्ने, व्यवहार सिक्ने, समूह कार्य गर्ने मौका प्राप्त गर्ने कुरा प्रस्ट्याउनुभयो ।
संयुक्त परीक्षा समितिका संयोजक रोशनराज तुईतुईले विद्यार्थी निकेतन भक्तपुरमा बौद्धिक व्यक्तित्व उत्पादन गर्ने केन्द्रको रुपमा परिचित विद्यालय भएकोले भक्तपुर जिल्लामै गर्विलो इतिहास बोकेको स्कूल भएको प्रस्ट्याउनुभयो ।
सभापतिको आसनबाट बोल्दै विद्यालयका प्रअ न्हुछेबहादुर खाताखोले बिदाको समयको सदुपयोग गर्नु पनि ठुलो उपलब्धि हुने बताउनुभयो ।
पानसमा दीप प्रज्ज्वलित गरी उद्घाटन भएको सो कार्यक्रममा अतिथि सुरेन्द्रराज गोसाईले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा विजयी विद्यार्थीहरूलाई अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो ।
विद्यालयका शिक्षिका रुपकेशरी उलक र शिक्षिका संगीता कायष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply