हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पेइचिङ, २ अक्टोबर (सीआरआई) । अक्टोबर २ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठका उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।
सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले चीन र रुस एकअर्काका ठुला छिमेकी, विश्वशक्ति र उदीयमान बजारका प्रमुख मुलुकहरू भएको कुरा उल्लेख गर्नुभएको छ । आजभन्दा ७५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र रुस दुवै मुलुकले दुई देश र जनताका आधारभूत हित आधारित ऐतिहासिक अनुभवलाई गहन निचोडका आधारमा चीन–रुस सम्बन्धलाई निरन्तर स्तरोन्नति गर्न अघि बढिरहेका छन् ।
राष्ट्राध्यक्ष सीले अगाडि भन्नुभयो, “विशेषगरी, नयाँ युगको सुरुवातदेखि नै राष्ट्रपति पुटिन र हामीबिचको संयुक्त रणनीतिक मार्गदर्शनमा एक शताब्दीमा नदेखिएका ठुला परिवर्तनको सामना गर्दै दुवै पक्षले राजनीतिक पारस्परिक विश्वासलाई अझ प्रगाढ बनाउँदै व्यावहारिक सहकार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । साथै पुस्तौँदेखिको मित्रतालाई प्रगाढ बनाउँदै दुई देशका जनताको हित कल्याण बढाउन, समान र व्यवस्थित विश्वको बहुध्रुवीकरण र समावेशी आर्थिक विश्वव्यापीकरणलाई बढाउनको लागि महत्वपूर्ण योगदान पु¥याइरहेका छौँ ।”
बधाई सन्देशमा सी चिनफिङले चीन–रुस सम्बन्धको विकासलाई निकै महत्व दिइरहेको उल्लेख गर्दै दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको मौका पारेर द्विपक्षीय सम्बन्धको दिशालाई दृढतापूर्वक ग्रहण गर्नुका साथै चीन–रुस चौतर्फी व्यावहारिक सहयोगलाई निरन्तर विस्तार गर्ने, दुई देशको उच्चस्तरीय विकास र आधुनिकीकरणलाई संयुक्तरूपमा प्रवद्र्धन गर्ने आशा गर्नुभएको छ ।
विश्व शान्ति र स्थिरता कायम गर्न र मानव जाति संयुक्त भाग्य समुदाय निर्माण गर्न नयाँ योगदान पु¥याउने काम राष्ट्रपति पुटिनसँग गर्ने इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो ।
बधाई सन्देशमा राष्ट्रपति पुटिनले रुस र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठका अवसरमा हार्दिक बधाई दिन चाहेको बताउनुभयो । रुस र चीनबिचको घनिष्ठ, पारस्परिक लाभकारी सम्बन्धले समयको कसौटीमा सफलतापूर्वक पास गरेको भन्दै उहाँले रुस र चीनबिचको सम्बन्ध अहिलेसम्मकै उच्च स्तरमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी दुवै पक्षले राजनीतिक, आर्थिक तथा व्यापार, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रमा सक्रियतापूर्वक सहकार्य गरिरहेका छौँ, अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा कुशलतापूर्वक सहकार्य गरिरहेका छौँ र न्यायोचित बहुध्रुवीय विश्व ढाँचा निर्माण गर्न सँगै काम गरीरहेका छौँ । मलाई विश्वास छ कि दुवै पक्षले राष्ट्राध्यक्ष सी चिनफिङसँगको भेटमा भएको शृङ्लाबद्ध सहमतिलाई पूर्णरूपमा कार्यान्वयन गर्ने छौँ, नयाँ युगका लागि रूस–चीन व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई अझ सुदृढ पार्नेछौँ र युरेसिया र विश्वमा सुरक्षा र स्थिरतालाई बढाउने छौँ ।”
Leave a Reply