भर्खरै :

प्यालेस्टिन मुक्ति नभएसम्म इरानले प्रतिरोधको ‘बलियो रूख’ लाई समर्थन गरिरहनेछ : इरानी राष्ट्रपति पेजेस्कियान

प्यालेस्टिन मुक्ति नभएसम्म इरानले प्रतिरोधको ‘बलियो रूख’ लाई समर्थन गरिरहनेछ : इरानी राष्ट्रपति पेजेस्कियान

दोहा, १७ असोज (प्रेस टिभी) । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले प्यालेस्टिन मुक्ति नभएसम्म इस्लामिक गणतन्त्रले प्रतिरोध समूहहरूको ‘बलियो रूख’ लाई समर्थन गरिरहने बताउनुभएको छ ।
बिहीबार कतारको राजधानी दोहामा सम्पन्न एसिया सहयोग संवाद (एसीडी) को तेस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्दै पेजेस्कियानले इजरायली शासनले यस क्षेत्रमा गरेका गम्भीर अपराधको लागि छिट्टै न्यायको सामना गर्ने बताउनुभयो ।
“पश्चिम एसियाको संवेदनशीलता र चुनौतीहरू र प्रतिरोधी समूहहरूविरूद्ध जियोनिस्ट (यहुदीवादी) शासनको बारम्बार आक्रमणहरूलाई ध्यानमा राख्दै मानवअधिकारको उल्लङ्घन गर्ने र अपराध गर्नेहरूलाई थाहा हुनुपर्छ कि प्रतिरोध एक फलदायी रूख हो जसलाई कुनै पनि हालतमा नष्ट गर्न सकिँदैन”, पेजेस्कियानले जोड दिनुभयो ।
प्यालेस्टिनी मुद्दाका सम्बन्धमा उहाँले इरानले प्रतिरोधी समूहलाई समर्थन गर्न आफ्नो कर्तव्यको दायित्व ठान्छ र यस अडानमा दृढतापूर्वक जोड दिने बताउनुभयो ।
उहाँले प्यालेस्टिन र लेबनान एसियाली समुदायको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्नुभयो ।
गाजा र लेबनानमा चलिरहेको गम्भीर अवस्थालाई ‘तत्काल र प्रभावकारी रूपमा’ सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको असक्षमता र इच्छाशक्तिको कमीलाई ध्यानमा राख्दै, ‘सुरक्षा र शान्ति’ बारे चिन्तित सबै देशहरू, विशेष गरी एसियाली राज्यहरूले सङ्कट समाधान गर्न पहल गर्नुपर्छ । घेराबन्दीमा रहेको गाजापट्टीमाथिको इजरायलको युद्ध अन्त्य गर्न उहाँले जोड दिनुभयो ।
इरानी राष्ट्रपतिले गाजा र लेबनानमा इजरायलको उग्रवादप्रतिको निष्क्रियताले शासनलाई आफ्नो आक्रामक कार्यहरू जारी राख्न हौसला दिएको बताउनुभयो ।
“हामीले यो शासनको सम्पूर्ण क्षेत्रमा युद्ध फैलाउने अशुभ मनसायविरूद्ध सधैँ चेतावनी दिएका छौँ”, पेजेस्कियानले औँल्याउनुभयो ।
उहाँले इरानको हालै अतिक्रमित क्षेत्र (इजरायल) मा गरेको क्षेप्यास्त्र आक्रमण इस्लामिक गणतन्त्रको क्षेत्रीय अखण्डताको उल्लङ्घन र आत्मरक्षाको अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घको बडापत्रमा प्रचलित सिद्धान्तहरूमा आधारित रहेको कुरामा जोड दिनुभयो ।
पेजेस्कियानले दोहो¥याउनुभयो, “इरानको इस्लामिक गणतन्त्रले तनाव बढाउन वा अन्य ठाउँहरूमा युद्धको आगो फैलाउन खोज्दैन, र यो जियोनिस्ट (यहुदीवादी) शासन हो जसले अन्य देशहरूलाई संलग्न गराउन आफ्नो अशुभ लक्ष्यहरू निरन्तर पछ्याउँछ ।”
मङ्गलबार, इरानले जियोनिस्ट निकायको सेना र गुप्तचरका साथै जासुसी आधारहरूतर्फ क्षेप्यास्त्रको ब्यारेज प्रहार ग¥यो, जसले जवाफी हमलामा सम्पूर्ण प्यालेस्टाइन क्षेत्रहरूमा साइरनहरू बजाएको थियो ।
तेलअविव आकाशमा ज्वालाहरू र मिसाइलहरू देखिएका थिए र कब्जा गरिएको अल–कुड्समा विस्फोटहरू सुन्न सकिन्थ्यो, जबकि नेगेभ, शेरोन र अन्य स्थानहरूमा ‘प्रत्यक्ष प्रहार’ रिपोर्ट गरिएको थियो ।
अपरेसन ट्रु प्रोमिस दोस्रो भनिएको यो कारवाही इजरायलले तेहरानमा प्यालेस्टिनी प्रतिरोधी आन्दोलन हमासका राजनीतिक ब्यूरोका प्रमुख इस्माइल हनियाह, लेबनानी प्रतिरोध आन्दोलन हिज्बुल्लाहका महासचिव सैयद हसन नसरल्लाह र इस्लामिक रिभोलुसन गार्ड कोर (आईआरजीसी) को अपरेशनका लागि उपकमान्डर ब्रिगेडियर जनरल अब्बास निलफोरसको हत्याको प्रतिक्रियामा आएको हो ।
इरानी राष्ट्रपतिले गाजामा युद्धविराम स्थापना, सबै कब्जा गर्ने सेनालाई निष्काशन र सात दशकपछि प्यालेस्टिनी भूमि मुक्त गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले युद्ध पीडितहरूको अवस्थालाई द्रुत रूपमा सम्बोधन गर्न र घेरामा परेका क्षेत्रमा मानवीय र चिकित्सा सहायता पठाउन एसिया सहयोग संवाद (एसीडी) भित्र एक विशेष समिति गठन गर्ने प्रस्ताव गर्नुभयो ।
समितिले मानवअधिकार उल्लङ्घनका साथै इजरायलका सिद्धान्तहरूको उल्लङ्घनका घटनाहरूका बारेमा आधिकारिक अन्तर्राष्ट्रिय निकाय र संयुक्त राष्ट्र सङ्घलाई पनि रिपोर्ट गर्न सक्छ, उहाँले भन्नुभयो ।
राष्ट्रपति पेजेस्कियानले प्यालेस्टाइन मुद्दामा छलफल गर्न इस्लामिक सहयोग सङ्गठन (ओआईसी) को आकस्मिक बैठक बोलाउन पनि प्रस्ताव गर्नुभयो ।
इजरायलले अक्टोबर ७, २०२४ मा प्यालेस्टिनी क्षेत्रको प्रतिरोधी आन्दोलनले गरेको प्रतिकारात्मक कारबाहीपछि सुरू भएको युद्धमा कम्तिमा ४१,७८८ जना प्यालेस्टिनीहरू मारिएका छन् र ९६,७९४ जना घाइते भएका छन् ।
इजरायली क्रूर सैन्य आक्रमणले संरा अमेरिका र फ्रान्ससहित इजरायली शासनका पश्चिमी सहयोगीहरूको तर्फबाट असुरक्षित सैन्य र राजनीतिक समर्थन प्राप्त गरिरहेको छ ।
इरानी राष्ट्रपतिले एसीडी देशहरूबिच धेरै सांस्कृतिक समानताहरू प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *