नेपाल संवत् ११४६ नयाँ वर्षको शुभकामना ¥यालीमा सहभागी होऔँ !
- कार्तिक ८, २०८२

भक्तपुर, १७ असोज । निओ फ्युजन स्कूल अफ कम्प्युटरले वडा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न गरिएको छ । निओ फ्युजनले सञ्चालन गर्दै आइरहेको विविध तालिमका प्रशिक्षकहरूबिच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्याबारेमा प्रशिक्षकहरूलाई जानकारी गराइएको थियो ।
सीपमूलक तालिमले युवाहरूले स्वरोजगारी पाउने भएकाले तीन तीन महिनाको अन्तरालमा तालिम सञ्चालन गर्न तयारी गरेको निर्देशक बालकृष्ण वनमालाले बताउनुभयो । उहाँले स्वरोजगारले मात्र युवाहरूलाई सक्रिय बनाउने भएकाले निःशुल्क तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । चित्रकला, मूर्तिकला, काष्ठकला, पत्रकारिकता, धिमे बाजा, धाँ बाजा, बाँसुरी, तबला, हार्मोनियम, डिजिटल फोटोग्राफी, मोबाइल फोटोग्राफी, भिडियोग्राफी, नाटक, नृत्य, उद्घोषण, हाउस वाइरिङ, मोबाइल मर्मत, ब्युटीपार्लर, इन्टेरियल डिजाइन, बुटिक, स्काउट, स्क्रिन प्रिन्ट, लिपि तालिम दिइसकेको छ । यस वर्ष चित्रकला, धिमे बाजा, धाँबाजा, डिजिटल फोटोग्राफी, मोबाइल फोटोग्राफी, भिडियोग्राफी, नृत्य, उद्घोषण, हाउस वाइरिङ, मोबाइल मर्मत, ब्युटीपार्लर, इन्टेरियल डिजाइन, स्काउटको तालिम दिइएको थियो । कार्यक्रममा श्यामकृष्ण बासुकला, कृष्णप्रसाद त्वी त्वी, लक्ष्मीप्रसाद वनमाला, रेणु त्वानाबासु, सनिशा कोजुलगायतले बोल्नुभएको थियो ।
ब्रह्मायणी पीठमा स्थानीय स्काउटद्वारा माटो प्रदान गर्न सहयोग
नेपाल स्काउट, वाग्मती प्रदेश स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिका भक्तपुरले नवरातको सुरुवाती दिन ब्रह्मायणी पीठमा सहभागी भएका भक्तजनलाई जमरा राख्नको लागि माटो प्रदान गर्ने कार्यक्रममा सहयोग गरेको छ । माटो प्रदान गर्न स्थानीय स्काउट र निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयुको सक्रियता थियो ।
आजको दिनदेखि भक्तपुरमा शक्तिपीठमा मेला लागेको छ । ब्रह्मायणी पीठबाट सुरु भई क्रमशः महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र अन्तमा दशमीको दिन ब्रह्मायणी पीठमा पूजाआजा गरी टौमढीको मेलामा स्थानीय स्काउटले आवश्यक पीठहरूमा सेवा क्याम्पको आयोेजना गरिएको स्थानीय आयुक्त बालकृष्ण वनमालाले बताउनुभयो । भक्तपुर नगरपालिकाभित्रका स्थानीय स्काउटहरूको पूर्ण स्वामित्वमा सेवा क्याम्प गरिने भएको छ । दशमीका दिन भक्तपुरका ब्रह्मायणी पीठमा हुने पूजाआजालाई व्यवस्थापन गर्न स्थानीय सामुदायिक आयुक्त पुष्पा प्रजापतिको संयोजकत्वमा स्काउट परिचालन हुनेछ ।
Leave a Reply