भर्खरै :

दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

प्योङ्याङ, उत्तर कोरिया, ४ माघ (रासस÷सिन्ह्वा) ः संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ ।
उत्तर कोरियाली राज्य संचालित पत्रिका मिन्जु जोसनले केही दिन पहिले प्रकाशित एक लेखमा संयुक्त राज्य अमेरिकाले आफूले कोरियामा जारी राख्दै आएको ‘कि रिजल्भ’ तथा ‘फोल इगल’ नामक संयुक्त सैन्य अभ्यासलाई यस बर्षदेखि केही समय रोक्ने योजना रहेको उल्लेख गरिएको थियो ।
अमेरिकाको यो भनाईप्रति प्रतिक्रिया जनाउदै प्योङयाङले भनेको छ, “यो केही होइन तर अमेरिकी– दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासलाई लम्ब्याउने सस्तो उपाय हो ।”
पत्रिकामा भनिएको छ, “अमेरिकाले उत्तर कोरियामा जानिबुझिकन समस्यालाई जेलेर राख्न अमेरिका चाहन्छ । तर कोरियाली प्रायदीपमा शान्तिका लागि संयुक्त सैन्य अभ्यास रोकिनुको विकल्प छैन ।”
उत्तर कोरियाली कोरियाली प्रायदीपमा तनावको सिर्जना हुनुमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नै भएको दावी गर्दै आएको छ । वासिङ्टन र सोलबीच हालै पेयोङच्याङ शीतकालिन ओलम्पिक खेल अवधिभर संयुक्त सैन्य अभ्यास नगर्न सहमत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *