विवाहको सही उमेर कति !?
- बैशाख ८, २०८२
भक्तपुर, ५ माघ । चाँगुनारायण नपा वडा नं ९ चुनदेवीस्थानस्थित महाकाली ईट्टा भट्टामा बितेका १२–१३ वर्षदेखि ईट्टा पार्ने काम गर्दै आएका रामचन्द्र कोजूलाई आजभोलि पनि ईट्टा पार्ने काममा भ्याईनभ्याई छ । उनी श्रीमती रामप्यारीसँगै हरेक बिहान ३ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म लगातार ईट्टा पार्छन् । कोजू दम्पतीले दैनिक २५ सयदेखि ३ हजारसम्म ईट्टा पार्ने गरेका छन् ।
हरेक वर्षको मङ्सिरबाट शुरु हुने ईट्टा पार्ने काम चैत महिनाको मसान्तसम्म चालु रहन्छ ।
रामचन्द्रले ईट्टा पार्ने काम शुरु गर्दा एक हजार ईट्टा बराबर झण्डै २०० रुपैँया पाउँथे । यो वर्ष एक हजार ईट्टा पारेवापत उनले ११ सय रुपैँया पाउनेछन् । विगतको तुलनामा ईट्टा पार्न काम निकै सहज भइसकेको कोजूको भनाई छ । पहिले ईट्टा पार्न आफै खाल्डो खन्ने, मुछ्ने र अनि बल्ल ईट्टा पार्ने काम हुन्थ्यो भने आजभोलि प्रविधिको विकास र अन्यत्रबाट माटो ल्याउने पर्ने भएकाले ईट्टा पार्ने मजदुर आफैले माटो खन्ने र मुछ्ने काम गर्नुपर्दैन । भट्टा व्यवसायी स्वंयले मुछेको माटो बन्दोबस्त गर्ने गरेका छन् । त्यही माटो खलामा ल्याइदिन्छन् । मजदुरले त्यसैको ईट्टा पार्ने काम गर्ने गरेका छन् ।
‘भक्तपुरको एउटा पुस्ता ईट्टा पार्ने काममा धेरै वर्ष लाग्यो । अब त्यो पुस्ता क्रमशः कमजोर बन्दै गएको देखिन्छ भने सक्रिय नयाँ श्रमशक्ति भने ईट्टा पार्ने पेशामा भन्दा अरु नै पेशाप्रति आकर्षित भएको देखिन्छ ।’
प्रविधिको विकाससँगै काममा सहजता आए पनि भक्तपुरका ईट्टा भट्टाहरुमा ईट्टा पार्ने मजदुरहरुमध्ये भक्तपुरका रैथानेको सङ्ख्या भने निकै कम भइसकेको छ । रामचन्द्रका अनुसार उनले बितेका एक दशकअघि बाट ईट्टा पर्न शुरु गरेको महाकाली ईट्टा भट्टामा नै विगतको तुलनामा ईट्टा पार्न आउने भक्तपुरका रैथानेहरु निकै कम भइसकेको छ ।
भक्तपुर ईट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाई ह्योम्बा भक्तपुरका ईट्टा भट्टामा ईट्टा पार्ने भक्तपुरका रैथानेहरु नगण्य मात्र रहेको बताउँछन् । ईट्टा भट्टामा ईट्टा पार्ने मजदुरहरु अधिकांश रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर र सर्लाहीका छन् । विगतमा ईट्टा ओसार्ने काममा मात्र सीमित हुने गरेका रोल्पा, सल्यान र दाङका मजदुरहरु समेत आजभोलि ईट्टा पार्ने काममा लागेका छन् ।
‘भक्तपुरको एउटा पुस्ता ईट्टा पार्ने काममा धेरै वर्ष लाग्यो । अब त्यो पुस्ता क्रमशः कमजोर बन्दै गएको देखिन्छ भने सक्रिय नयाँ श्रमशक्ति भने ईट्टा पार्ने पेशामा भन्दा अरु नै पेशाप्रति आकर्षित भएको देखिन्छ ।’, व्यवसायी सङ्घका अध्यक्ष ह्योम्बाले भने,‘यो अवस्थाले भक्तपुरका रैथाने जनताको आर्थिक स्तर बढेको पनि सङ्केत गरेको छ ।’
ह्योम्बाका अनुसार बितेका ६–७ वर्षयता प्रष्ट रुपमा भक्तपुरका रैथानेहरुको सङ्ख्या यो पेशामा कम भएको देखिएको हो । शिक्षा क्षेत्रमा भक्तपुरले बितेका दुई दशकमा गरेको तीब्र विकाससँगै भक्तपुरका जनताको पेशा छनौटमा परिवर्तन आएको र विशेषतः सेवा उद्योग र व्यापारमा नयाँ पुस्ता आकर्षित भएकाले पनि शारीरिक श्रम गर्नुपर्ने ईट्टा पार्ने पेशाप्रति कम लगाव भएको हुनसक्ने समाजशास्त्रीहरुको विश्लेषण छ ।
ईट्टा उद्योगको धुवाँधुलो र माटोमा काम गर्नुलाई न्युन सामाजिक स्तरको मान्ने चिन्तनले पनि नयाँ पुस्ता यसप्रति विकर्षित भएको हुनसक्ने उनीहरुको भनाई हो ।
यद्यपि चाँगुनारायण नपाका विभिन्न वडामा ईट्टा पार्ने ठेक्का लिएर काँचो ईट्टा भट्टामा बेच्नेहरु पनि धेरै छन् । ताथली, सुडाल र झौखेलमा यसरी काँचो ईट्टा पारेर बेच्ने स्थानीयहरुको सङ्ख्या पनि धेरै छ । त्यसरी आफै ईट्टा पारेर बेच्नेहरु अधिकांश स्थानीय नै रहेको व्यवसायी सङ्घका अध्यक्ष ह्योम्बाले जानकारी दिए ।
Leave a Reply