भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २० असोज । चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारणसभा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख जोशीले सामूहिक हकहितको लागि स्थापना भएको आफ्नै सहकारीमा बचत गर्न सुझाव दिँदै अहिले आर्थिक मन्दीका कारण सहकारीमा देखिएको समस्या र सदस्यहरूको स्थितिबारे अध्ययन गर्न जोड दिनुभयो । पुँजीवादी व्यवस्थामा भ्रष्टाचार, अन्याय र अत्याचार भइरहने हुँदा जीवनयापन सहज र व्यवस्थित गर्न समाजवादी व्यवस्था आवश्यक भएको उहाँले बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रका लागि शिशुशालादेखि ८ वटा कलेज र जीवनपर्यन्त मृत्युको संस्कार आदिको व्यवस्था गर्दै आएको स्पष्ट पार्नुभयो । नेपाल मजदुर किसान पार्टीको घोषणापत्रको आधारमा कार्य गर्दै आएको बताउँदै उहाँले सर्वसाधारण जनताको लागि विभिन्न सीपमूलक तालिम, विद्यार्थीको लागि शैक्षिक ऋण, भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरी युवालक्षित युवा उद्यमशीलताको लागि रु. ५ लाखसम्मको ऋण व्यवस्थापन भइरहेको बताउनुभयो ।
भनपा साबिक ८ का पूर्ववडाध्यक्ष हिमालयश्वरलाल मूलले सहकारीका व्यक्ति र सदस्यहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा अध्ययन गर्न जरुरी भएको औँल्याउँदै इजरायली फासीवादले अमेरिकी साम्राज्यवादको हतियार सहयोगमा भूमि कब्जा र जातीय सफाया गराउँदै छ भन्नुभयो । उहाँले सहकारीले घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्ने र सहकारीको अवधारणाअनुसार सहकारी चल्नुपर्ने सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष पूर्णगोपाल राजचलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नारायणकृष्ण माक, संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद त्वानावासु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका वित्तीय प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघु, सिद्धि गणेश साकोसका सचिव विष्णुप्रसाद दुमरु, विजयराम माक र सविता त्वानावासुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा साकोसका ज्येष्ठ सदस्य, स्नातकोत्तर तह उत्तीर्ण, एसईई तह २०८० मा उत्तीर्णलाई सम्मान तथा संस्थाको आयोजनामा भएको कसिमला पाँय् र हस्तलेखन प्रतियोगिताका विजयी खेलाडी एवम् संस्थाको प्रतिनिधि गर्दै सहभागी सदस्यहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण भएको थियो ।
दोस्रो चरणको बन्द सत्रमा कोषाध्यक्ष सरिता त्वानावासु, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीनारायण त्वानावासु र सचिव विष्णुप्रसाद कर्माचार्यले पेस गर्नुभएको आ.व. २०८०/८१ को प्रगति प्रतिवेदन छलफलका साथ प्रस्ताव पारित गरिएको छ ।
Leave a Reply