‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, २० असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा आइतबार विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४५ (न्हुँद) तथा छठको अवसरमा शुभकामना तथा अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश र जनताको हितको लागि राणाशासन, निरङ्कुश पञ्चायत अन्त्य गर्न तथा ६२/६३ को जनान्दोलनमा आफ्नो ज्यानको बाजी थापेका सहिदहरूको स्मरण गर्दै व्यवहारिक कल्पनाशीलताले सकारात्मक परिवर्तन हुने बताउनुभयो ।
उद्देश्य प्राप्तिको लागि सिद्धान्तमा विचलित नभई निरन्तर खटिरहनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदालगायतमा गरेको कामको अन्य जनप्रतिनिधिहरु उत्साहित रहेको जानकारी दिँदै उहाँले पठन संस्कृतिको विकास गर्न जनज्योति पुस्तकालयको विकास र स्तरोन्नति गर्ने योजना रहेको जानकारी दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले समाजमा सकारात्मक परिवर्तनका लागि युवाहरू विचलित नभई रूसको डिसेम्बर विद्रोहको गुप्त वा मुक्ति समाज निर्माण र सङ्घर्षबारे विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले जनताको विश्वासको मत लिएका नेता तथा पार्टीले जनतालाई राजनीतिकरूपमा शिक्षित नपारेको बताउँदै समाजमा अन्याय अत्याचार कायम रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रोशनराज तुईतुई, कृष्णगोपाल आचार्य, रीता लाखेमरु, विश्वराम प्रजापति, पूर्णशोभा हाडा, प्रेमलक्ष्मी त्वायनालगायतले आफ्नो अध्ययन प्रस्तुति दिएका थिए ।
Leave a Reply