नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पेइचिङ, ७ अक्टोबर (सीआरआई) । पाकिस्तानका लागि चिनियाँ दूतावासले कासिम बन्दरगाह विद्युत् लिमिटेड कम्पनीको गाडी टोलीमाथि आतङ्कवादी आक्रमण गरिएकोबारे अक्टोबर ७ का दिन एउटा वक्तव्य जारी गरेको छ ।
सो वक्तव्यमा भनिएको छ, “अक्टोबर ६ मा राति ११ बजेतिर चिनियाँ पुँजीद्वारा सञ्चालित व्यवसाय अर्थात् कासिम बन्दरगाह विद्युत् लिमिटेड कम्पनीको गाडी टोलीमाथि कराँची जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलनजिक आतङ्कवादी आक्रमण गरिँदा २ जना चिनियाँको मृत्यु हुनुका साथै १ जना चिनियाँ र धेरै पाकिस्तानीहरू घाइते भएका छन् ।”
पाकिस्तानका लागि चिनियाँ दूतावासले उक्त आतङ्कवादी गतिविधिको कडा शब्दमा निन्दा गर्नुका साथै दुवै देशका मृतकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइते र मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीद्वारा चिनियाँ गाडीलक्षित कराँची आक्रमणको निन्दा
अक्टोबर ७ का दिन पाकिस्तानी प्रधानमन्त्री मुहामद शाहबाज शरिफले सामाजिक सञ्जालमामार्फत ६ अक्टोबरमा कराँचीमा भएको आक्रमणमा २ जना चिनियाँको ज्यान गएको र अन्य १ जना घाइते भएकोमा एकदमै आश्चर्य लागेको भन्दै दुःख प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री शरिफले उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्नुका साथै चिनियाँ नेता र जनता विशेषतः मृतकका परिवारजनलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
पाकिस्तानले दृढताका साथ चिनियाँ साथीको संरक्षण गर्नुका साथै सकेसम्म पाकिस्तानमा रहेका चिनियाँ नागरिकको सुरक्षालाई प्रत्याभूति दिलाउँदै जाने अठोट पनि प्रधानमन्त्री शरिफले व्यक्त गर्नुभयो ।
यसैबिच पाकिस्तानी विदेश मन्त्रालयले ७ तारिख एउटा वक्तव्य जारी गर्दै उक्त आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानले निरन्तररूपमा चीनसँग हातमा हात मिलाउँदै आतङ्कवादी शक्तिमाथि प्रहार गर्दै जाने कुरालाई दोहो¥याएको छ ।
Leave a Reply