अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
दसैँ आयो ढोल बजाइ, दसैँ गयो ऋण बोकाइ भन्ने भनाइ छ । दसैँमा सर्वसाधारणसमेतको किनमेल बढेको हुन्छ; सामान बढी बिकेको हुन्छ । यो बेला सरकारले यस्तो सुलभ बजारको व्यवस्था गर्नुपर्ने हो । सामानको मूल्यमा थपघट हुन नदिन मूल्यसूची पसल–पसलमा राख्न दिनुपर्ने हो । म्याद नाघेका सामान बेचबिखनबाट रोक्न लगाउन बरोबर अनुगमनको व्यवस्था गर्नुपर्ने हो । तर, यही बेला म्याद नाघेका सरसामानको बिक्री वितरण गर्ने सम्भावना हुन्छ । सरकार र राज्य संयन्त्रको कमजोरीको फाइदा उठाएर केही कमिसनखोर र माफियाले बजारमा एक छत्र कब्जा गरेर कृत्रिम अभाव सिर्जना गरेका हुन्छन् । बजारमा तिनै ठुला कमिसन खोर, माफिया र व्यापारीको मनोमानी बढेको गुनासो पनि नभएको होइन । सत्तासीन राजनीतिक दलका नेताहरू नै विचौलिया, कमिसनखोर र ठुलाठुला व्यापारीसँग चन्दा लिन्छन्; चन्दा दिएवापत उनीहरूको पक्षपोषण गर्छन् या अनियमितता र भ्रष्टाचार गर्ने बाटो खोल्छ । यो अहिलेको देशको यथार्थ हो ।
सस्तो र सर्वसुलभ हुनुपर्ने सामानको मूल्य प्रत्येक दसैँमा बढेको हुन्छ । पसलमा सामानको मूल्यमा एकरूपता देखिँदैन । सामान गुणस्तर छ छैन सरकारी निकायले अनुगमन गर्दैन । व्यवसायीहरूले दसैँ भन्दै मूल्य बढाएका छन्; त्यसको कहीँ कतै नियन्त्रण गर्ने प्रयास हुँदैन । बढ्दो मूल्यले जनताको ढाड सेके पनि सरकारलाई मतलब छैन । जनता बाढी पहिरोबाट मात्र होइन महँगीबाट प्रताडित छन् । यही बेला कतिपय व्यापारिक विचौलियाले तीज र दसैँ तिहारको मौका छोपी आम उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्दै अनावश्यक मूल्यवृद्धि गरेको पाइन्छ । सरकारले न महँगी नियन्त्रण गर्न कुनै ठोस पाइल चालेको छ न त बजारमा रहेको खाद्या स्वच्छता कायम गर्नेतर्फ ध्यान पु¥याइएको छ । बजारका कमिसन खोर र बिचौलियाले फाइदा लिइरहेको बेला सर्वसाधारण उपभोग्य वस्तुमा चर्काे मूल्य तिर्न बाध्य छन् ।
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन; महँगी नियन्त्रण गर्न सकेको छैन । सामान गुणस्तरीय छ छैन कुनै मतलब राख्दैन । सत्तासीन दलका नेताहरू आफै कमिसन खोर, बिचौलिया र आपराधिक व्यक्तिहरूको पछि लागेर, उनीहरूसँग चन्दा दिएर, उनीहरूलाई उत्साहित गरेर बजारमा सामानको भाउमा कसरी एकरूपता हुन्छ ? कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने, अनुगमन कार्यलाई निरन्तरता दिने, कालोबजारी गरी मूल्य वृद्धि गर्नेलाई कारबाही गर्नेतर्फ सरकारको ध्यान गएको छैन । महँगीले आकाश छोएको छ । सर्वसाधारण जनता जीवन कष्टकर छ । व्यवसायीले खाद्यान्नको मूल्य बढाएको छ । यसरी दसैँ र तिहार आएपछि किन सामान महँगिन्छ ? यसलाई नियन्त्रण गर्ने सरकार किन पहल गर्दैन ? जहिल्यै जहाँ पनि सर्वसाधारण जनतामात्र किन पीडामा पर्छन् ? प्रताडित भएर कष्टकर जीवन बिताउन किन बाध्य हुन्छन् ?
एकातिर दसैँमा सामान महँगो हुन्छ भने अर्कोतिर यही बेला चोरी चकारी बढ्छ । यही बेला जुवा, तास पनि बढी खेलेको हुन्छ । जुवा तासकै कारण लाखौँ, करोडौँको हारजित हुन्छ । जुुवा तास खेल्दा खेल्दै झगडा भएको हुन्छ । त्यही झगडामा ग्याङ फाइट हुन्छ । जुवा तास खेल्दा खेल्दै रक्सी सेवन गरिरहेको हुन्छ । रक्सी सेवनको लतमा भुलेर झगडा भएपछि टोलमा अशान्त छाउँछ । यसले समाजमा गलत सन्दे छर्छ । यही बेला आपराधिक क्रियाकलाप बढेको हुन्छ । आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सकिएन भने देश समाजमा कसरी सुशासन हुन्छ । हामी आदर्शोन्मुख समाज स्थापना गर्न नागरिकहरू चरित्रवान, इमानदार र देशभक्त हुनुपर्छ । हरेकले आ–आफ्नो क्षेत्रमा काम गर्दा इमानदारीपूर्वक गर्नुपर्छ । देश र जनताप्रति समर्पित या जवाफदेही भएर काम गर्नुपर्छ । आदर्शोन्मुख समाज स्थापना गर्नतिर लागेन भने समाजमा बेथिति बढ्ने छ । बेथिति र आपराधिक क्रियाकलाप बढेपछि देश र समाजको हालत के होला ? के शासक दलका नेताहरूको काम समाजमा बेथिति बढाउने हो ? इज्जत, नैतिकता, आस्था र विश्वासमा लात मारेर आपराधिक क्रियाकलापमा स्थान दिने व्यक्ति र नेताहरू जनताका मित्र हुनेछैनन् । जनतालाई लात मारेर अपराधीहरूको पक्षपोषण गर्ने सरकारको हामीले विरोध गर्नुपछ† जनतामाझ उदाङ्ग्याउनुपर्छ ।
Leave a Reply