भर्खरै :

सिमोन ट्रिनिडाडलाई बीस वर्षभन्दा बढी कैद : अति भो

सिमोन ट्रिनिडाडलाई बीस वर्षभन्दा बढी कैद : अति भो

कोलम्बियाका शान्ति वार्ताकार सिमोन ट्रिनिडाडलाई २० वर्षभन्दा बढी समयसम्म अमेरिकी सुपरम्याक्स जेलमा थुनेर राखिएपछि उहाँको आफ्नो देश फर्काउन मानव अधिकार सङ्गठनहरूले अन्तर्राष्ट्रिय अभियान सुरु गरेका छन् ।
कोलम्बियाली नेता रिकार्डो पाल्मेरालाई नाम गरिल्ला नेता डे ग्युरे र वार्ताकार सिमोन ट्रिनिडाड उपनामले पनि चिनिन्छ । उहाँले शताब्दीयौँदेखि सामाजिक, राजनीतिक र सशस्त्र द्वन्द्वले ध्वस्त भएको देश कोलम्बियामा शान्ति प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क) का पूर्व शान्ति वार्ताकार सिमोन ट्रिनिडाडलाई २००४ मा सीआईए, इक्वेडर र कोलम्बियाली गुप्तचरहरूले इक्वेडरको क्विटोमा अपहरण गरेपछि संरा अमेरिकाको अधिकतम सुरक्षायुक्त जेलमा आजसम्म राखिरहेका छन् । संरा अमेरिकाको सङ्घीय न्याय विभागले उहाँमाथि सुरुमा लागूपदार्थको तस्करीको झूटा आरोप लगाएको थियो ।
२००६ र २००८ को बिच ट्रिनिडाडले संरा अमेरिकामा अरु धेरै जाली मुद्दाहरूको सामना गर्नुभयो । चारपछि उहाँको सुपुर्दगीको लागि कानुनी बहाना दिने लागूपदार्थको तस्करीको पूर्णरूपमा झूटा आरोपहरू प्रमाणहीन भएपछि खारेज भए । त्यसपछि अमेरिकी सङ्घीय न्याय प्रणालीले ट्रिनिडाडलाई तीन अमेरिकी नागरिकलाई अपहरण गर्ने षड्यन्त्र गरेको एकपक्षीय आधारहीन आरोपमा ६० वर्षको सजायमा दोषी ठहराउने प्रबन्ध ग¥यो । सन् २००८ मा मुक्त भएका ती अमेरिकी नागरिकहरू वास्तवमा विश्वको सबैभन्दा ठुलो हतियार उत्पादन गर्ने कम्पनी नथ्र्राेप ग्रुम्यानका सैन्य ठेकेदारहरू थिए ।
संरा अमेरिकामा लागूऔषध ओसारपसार गरेको वा ती सैन्य ठेकेदारहरूको पक्राउमा ट्रिनिडाडको कुनै भूमिका रहेको प्रमाण थिएन । उनीहरूको विमानलाई कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलफार्क नियन्त्रित काकेटा क्षेत्रमा उडान गर्दा खसालिएको थियो । जुन क्षेत्रमा ट्रिनिडाडले कहिल्यै निर्देशन वा सञ्चालन गर्नुभएको थिएन वा उहाँ जिम्मेवार हुनुहुन्थेन । ती ठेकेदारहरू कुख्यात ‘प्लान कोलम्बिया’ द्वारा वित्तपोषित, १९९९ मा सिर्जना गरिएको सैन्य सहायता पहल र अमेरिकी दक्षिणी कमान्डद्वारा निरीक्षण गरिएको जासुसी मिसनको हिस्सा थिए । उक्त मिसनले लागूऔषध ओसारपसारविरुद्ध लड्ने बहानामा वामपन्थी गुरिल्ला समूहहरू र किसान नागरिकहरूको विनाशका लागि अरबौँ डलर लगानी गरेको थियो ।
संरा अमेरिकाले मे २७, १९६४ देखि फार्कविरुद्ध प्रायः प्रोक्सी युद्ध चलाएको, निर्देशित गरेको र अन्य विविध तवरले हस्तक्षेप गरेको थियो । त्यस अवधिमा कोलम्बियाली सशस्त्र बलहरूले अर्ध–स्वायत्त ग्रामीण समुदायहरूविरुद्ध पेन्टागनले प्रस्ताव गरेको एकपक्षीय आक्रमणको सुरुवात गरेको थियो । त्यो युद्ध आधिकारिकरूपमा २०१६ को सम्झौताको साथ समाप्त भएको थियो, यद्यपि यो पूर्वफार्क र अन्य सशस्त्र समूहहरूको बाँकी बक्यौताहरूविरुद्ध आज पनि जारी छ । सिमोन ट्रिनिडाडको वास्तविक अपराध भनेको अमेरिकी साम्राज्यवादको हितका लागि खतरा हुने क्रान्तिकारी माक्र्सवादी सङ्गठनमा उच्चपदस्थ अधिकारीको रूपमा उनको स्थान थियो । षड्यन्त्रको फर्जी अपराधको दोषी ठहराउन त्यही मात्र पर्याप्त कारण थियो ।
सिमोनलाई कोलम्बिया फर्काउन मानवअधिकारकर्मीहरू लडिरहेका छन्
मुक्ति र प्रतिरोधको बाटो रोज्ने संरा अमेरिकाका अन्य धेरै राजनीतिक बन्दीहरू – लियोनार्ड पेल्टियर, मुमिया अबु–जमाल र जमील अल–अमिनका मामलाजस्तै सिमोन ट्रिनिडाडलाई पनि मुक्तिका जनताको लागि सङ्घर्ष गरेकोमा अनिश्चित कालसम्म वा मृत्युसम्म कैद गर्ने नियत राखिएको छ । ‘अल्काट्राज अफ द रकीज’ भनेर कुख्यातरूपमा उपनाम दिइएको जेलभित्र ७ फिट चौडा र १२ फिट लामो कोठरीमा बन्द गरिएको छ । संरा अमेरिकाले यसको स्पष्टरूपमा व्यापक अख्तियारलाई कमजोर पार्ने साहस गर्ने जो कोहीको लागि उदाहरण कायम गर्ने अपेक्षा गरेको छ । यसको विपरीत, सिमोन ट्रिनिडाडले कोलम्बिया र विश्वमा शान्ति र न्यायको लागि सङ्घर्ष गरिरहेका मानिसहरूमा आशा र लचकतालाई प्रेरित गर्दछ !
२० वर्षसम्म धेरै भयो, मानव अधिकार सङ्गठनहरूले भनेका छन्–अति भो ! यो सिमोन ट्रिनिडाडलाई मुक्त गर्ने समय हो ! Coordinadora Americana por los Derechos de Los Pueblos y de las Victimas de la Prisión Political को नेतृत्वमा, जनवरी २०, २०२५ मा राष्ट्रपति बाइडेनको कार्यकाल समाप्त हुनुअघि अमेरिका र कोलम्बियाली सरकारहरूसित रिकार्डो पाल्मेरा (सिमोन ट्रिनिडाड) लाई कोलम्बियामा फिर्ता पठाउन माग गर्दै अन्तर्राष्ट्रिय अभियान सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेन र उनका कोलम्बियाली समकक्षी पेट्रो प्रशासनलाई खुला पत्रको रूपमा विश्वभरका ३०० भन्दा बढी व्यक्ति र मानव अधिकार सङ्गठनहरूद्वारा हस्ताक्षर गरिएको निम्न अपिल गरेको छ :
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रिकार्डो पाल्मेरालाई जतिसक्दो चाँडो कोलम्बिया फिर्ता गर्न सान्दर्भिक र आवश्यक कानुनी कदम चाल्नुपर्छ ताकि उहाँले समग्र शान्ति योजनाको विकासमा भाग लिन सकून् ।
पाल्मेरालाई कोलम्बियामा फिर्ता हुन नपाएसम्म, उहाँलाई विशेष अधिकार क्षेत्र (जेईपी) सँग भर्चुअल सत्रहरूमा भाग लिन अनुमति दिइनुपर्छ ।
२० वर्षभन्दा धेरै कैद : यूएस सुपरम्याक्स जेलमा अमानवीय अवस्था
दुई दशकदेखि, सिमोन ट्रिनिडाडले एकान्त कारावास, चिकित्सा हेरचाहबिना, विकृत न्यायिक कारबाही, मनोवैज्ञानिक यातना धेरै धेरै सहनुभएको छ । कोलोराडो राज्यको एडीएक्स फ्लोरेन्स संसारको सबैभन्दा कडा अधिकतम सुरक्षा जेलहरूमध्ये एक हो, जहाँ कथितरूपमा सबैभन्दा खतरनाक र विघटनकारी अपराधीहरूलाई अमानवीय परिस्थितिमा राखिएको छ । कडा सुरक्षा उपायहरूअन्तर्गत, सिमोन १२ वर्षको लागि एकान्त थुनामा राखिनुभएको थियो । उहाँलाई पढ्न र लेख्नसमेत दिइएन । उहाँलाई अङ्ग्रेजी भाषा सिक्न दिइएन, जुन भाषा उहाँलाई बन्दी बनाएको देशको भाषा रहेको छ । उहाँलाई केही परिवारका सदस्यहरूबाहेक मेल प्राप्त गर्न वा पठाउन अनुमति छैन र ती मेललाई एफबीआईद्वारा कडा निगरानी गरिन्छ । उहाँलाई मुट्ठीभर मात्र पूर्व–स्वीकृत आगन्तुकहरूसँग भेटघाटको अनुमति छ । उहाँलाई विश्वको बाँकी भागसँग लगभग कुनै पनि अन्तरक्रियाबाट प्रभावकारीरूपमा प्रतिबन्ध लगाइएको छ ।
गत वर्ष, अमेरिकी गैरसरकारी संस्था सोलिटरी वाचले संरा अमेरिकामा १२२००० भन्दा बढी मानिसहरू एक दिनमा २२ घण्टा वा बढी समयको लागि एकान्त कारावासमा रहेको पत्ता लगाएको एक गम्भीर रिपोर्ट जारी ग¥यो । उक्त संस्थाले सावधानीपूर्वक सङ्कलन गरेको तथ्याङ्क यथार्थभन्दा कम गणना हो । तर पनि प्रतिवेदनले एकान्त कारावासले मानिसलाई हुने विनाशकारी शारीरिक, मानसिक र व्यवहारिक हानिलाई पनि उद्धृत गरेको छ, वर्षौँको एकान्त काराबासपछि । सिमोनलाई भर्खरै अन्य कैदीहरूसँग अन्तरक्रिया गर्न र दिनको दुई घण्टाको लागि आफ्नो कक्ष बाहिर व्यायाम गर्ने अनुमति दिइएको छ । तैपनि, उहाँको अवस्थालाई अपमानजनक, यातनादायी र पूर्णतया अन्यायपूर्ण नभनी वर्णन गर्न सकिन्न ।
कोलम्बियाको शान्ति प्रक्रियामा सिमोनको भूमिका
शान्ति प्रक्रियामा सिमोन ट्रिनिडाडको संलग्नता आवश्यक छ । फार्क (FARC) ले २००६ देखि २०१६ सम्म कोलम्बियाली सरकारसँग हवाना शान्ति वार्तामा यो स्पष्ट गरेको थियो जब फार्क शान्ति वार्ता टोली क्युवामा त्रिनिडाडको लाइफ साइज कटआउटको साथ टेबलमा उपस्थित हुन माग गर्दै देखा परेको थियो ।
फार्क वार्ताकार मौरिसियो जरामिलोले सिमोनलाई ‘ल्याटिन अमेरिकाका लोकप्रिय लडाकुहरूको गरिमाको प्रतीक’ भनेर घोषणा गर्नुभएको थियो । वार्ताको क्रममा, कोलम्बियाका तत्कालीन राष्ट्रपति ह्वाँ म्यानुएल सान्तोसले एक रेडियो अन्तर्वार्तामा स्पष्ट पारेका थिए उनी सिमोनको फिर्ताको लागि खुला थिए, तर उहाँको रिहाइ कोलम्बिया सरकारको हातमा छैन ।
कोलम्बियाको शान्तिका लागि विशेष अधिकार क्षेत्र (जेईपी) सन् २०१६ को शान्ति सम्झौतामा हस्ताक्षरपछि स्थापित सङ्क्रमणकालीन न्याय प्रणाली र सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार कसैलाई अनुसन्धान, न्याय र सजाय दिने संयन्त्रको रूपमा डिजाइन गरिएको थियो । धेरै उदाहरणहरूमा न्यायिक सुनुवाइहरूमा जस्तै यस वर्षको जूनमा जेईपीले सिमोन ट्रिनिडाडलाई शान्ति सम्झौताअन्तर्गत भूतपूर्व फार्क छापामारहरूलाई दिइएका लाभहरूका लागि योग्य भएको निर्धारण गरेपछि विद्रोहको लागि आममाफी दिइएको थियो ।
युद्ध, विस्थापन र राज्य–स्वीकृत हिंसाको लामो इतिहासबाट कलङ्कित कोलम्बियालीहरूले शान्ति प्राप्त गर्न अथक प्रयास गरेका छन्, सामाजिक नेताहरूको हत्याको उच्चतम दर भएको देशमा एक अथक प्रयास हो । सरकार र देशको सबैभन्दा ठुलो र सबैभन्दा लामो समयदेखि चलेको किसानको नेतृत्वमा रहेको विद्रोही समूहबिचको २०१६ को ऐतिहासिक शान्ति प्रक्रियापछि वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रो र उपराष्ट्रपति फ्रान्सिया मार्केजको चुनावी जीतमार्फत शान्तिको नयाँ ढोका खोलिएको छ ।
आफ्नो स्थापनाको २०० वर्षमा पहिलोपटक कोलम्बियाले एक वामपन्थी राष्ट्रपति निर्वाचित ग¥यो । पेट्रोले जसले पूर्ण शान्ति योजनालाई आफ्नो प्राथमिकता बनाउने वाचा गर्नुभएको छ । यो प्रगति जनताको राजनीतिक इच्छाशक्ति र शान्तिको चाहनाबाट मात्र भएको हो, जसले विगत एक दशकमा जनआन्दोलन र सङ्गठित प्रतिरोधको लहर उठाएर चेतना र परिवर्तनको नयाँ युगको सङ्केत दिएको छ ।
‘सिमोन ट्रिनिडाड’ को जन्म
रिकार्डो पाल्मेराको उपनाम ‘सिमोन ट्रिनिडाड’ परिवर्तनको लागि लोकप्रिय जनसङ्घर्षबाट जन्मिएको थियो । पाल्मेरा एक धनी र राजनीतिकरूपमा प्रभावशाली कोलम्बियाली परिवारमा जन्मनु र हुर्कनुभएको थियो, हार्वर्ड–शिक्षित हुनुहुन्थ्यो र फार्कमा सामेल हुनुअघि उत्तरी कोलम्बियाको भालेदुपरमा अर्थशास्त्रका प्राध्यापक र बैङ्क प्रबन्धकको रूपमा उत्कृष्ट पदहरू सम्हाल्नुभएको थियो । उहाँको मानवतावादी स्वभाव, तत्कालीन राजनीतिक र सामाजिक परिस्थिति र भालेदुपरको बान्को डे कमर्सियोमा काम गर्दा देखेको ठुलो असमानता र भ्रष्टाचारले उहाँलाई राजनीतिकरूपमा वामपन्थी सङ्गठनहरूमा सक्रिय हुन र क्याम्पेसिनो र श्रमिकवर्गको वकालत गर्न उत्प्रेरित ग¥यो ।
सन् १९८७ मा वामपन्थी राजनीतिक दल युनियन प्याट्रिओटिका भित्रका आफ्ना धेरैजसो साथीहरूको पक्राउ र हत्या देखेपछि पाल्मेराले आफैँलाई खतरामा पारेर आफ्नो नाम, परिवार र करियर छोडेर पहाडमा विद्रोही गुरिल्लाहरूमा सामेल हुने निर्णय गर्नुभयो । त्यस समयमा राज्यले कोलम्बियामा लोकप्रिय र प्रगतिशील आन्दोलनको विरुद्ध नरसंहार अभियान चलाएको थियो, १९८० र १९९० को दशकमा लगभग ६००० यूपी सदस्यहरूलाई मारेको थियो र अरूलाई निर्वासनमा पठाइएको थियो । केही यूपी सदस्यहरू फार्कका पूर्वलडाकुहरू थिए जसले चुनावी प्रक्रियाको लागि रोजेका थिए । तर, पार्टीमाथि हिंस्रक आक्रमणहरू भएपछि हतियार उठाउन सुरु गरे ।
पाल्मेरा ३७ वर्षको असामान्य उमेरमा फार्कमा सामेल भए तापनि (फार्कमा प्रवेश गर्ने मानक उमेर १५ देखि ३० वर्षको हो), उहाँ सैन्य व्यक्ति नभई एक अग्रणी बौद्धिक र अर्थशास्त्री व्यक्तित्वको रूपमा उभिनुभयो । उहाँ राजनीतिक शिक्षा र प्रचारको जिम्मेवारीमा हुनुहुन्थ्यो र पछि १९९८ देखि २००२ सम्म पास्त्राना सरकारसँग शान्ति वार्ताको क्रममा प्रमुख वार्ताकार बन्नुभयो । जतिबेला उहाँ संयुक्त राष्ट्र सङ्घको निमन्त्रणामार्फत इक्वेडरमा कैदी आदानप्रदान अभियानको क्रममा हुनुहुन्थ्यो, त्यति नै बेला ट्रिनिडाडलाई अपहरण गरेर अन्ततः संरा अमेरिकामा सुपुर्दगी गरिएको थियो । संरा अमेरिका र कोलम्बियाबिचको सुपुर्दगी सन्धिले ‘राजनीतिक वा सैन्य अपराधका लागि’ सुपुर्दगीलाई निषेध गर्दछ । सिमोनको मामला संरा अमेरिकाले राष्ट्रिय सार्वभौमिकतालाई कमजोर पार्न र राजनीतिक विरोधीहरूलाई सजाय दिन राजनीतिक हतियारको रूपमा सुपुर्दगी कानुन प्रयोग गरेको धेरै उदाहरणहरूमध्ये एक हो ।
कोलम्बियाली विद्रोहीहरूसँग शान्ति प्रक्रियामा भाग लिन ट्रिनिडाडलाई कोलम्बियामा फिर्ता गर्न माग गर्ने अधिकार थियो र संरा अमेरिकाको कुनै पनि राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए । संरा अमेरिकाले कोलम्बिया, विश्वभर र अमेरिकाभित्रै पनि युद्ध, द्वन्द्व र दमनको ज्वाला निभाउन अरबौँ डलर लगानी गरिरहेको छ । अमेरिकाका जनतासँग ती डलरहरू द्वन्द्व लम्ब्याउनुको सट्टा मानव विकास र हाम्रो भूमिलाई निको पार्न, शान्ति निर्माणमा लगानी गर्न माग गर्ने अधिकार छ । सिमोन ट्रिनिडाडको स्वतन्त्रता शान्ति प्राप्त गर्न अपरिहार्य छ ।
(तान्या नुनेज संरा अमेरिकामा रहेको एलायन्स फर ग्लोबल जस्टिसका लागि राष्ट्रिय सह–संयोजक हुनुहुन्छ । उहाँ कोलम्बिया एकता र साम्राज्य कार्यक्रमहरूको पूर्वाधारका लागि जिम्मेवार हुनुहुन्छ । उहाँ लुसी पार्सनको मानव अधिकार विद्यालयका संयोजक र लोकप्रिय शिक्षाविद् पनि हुनुहुन्छ । उहाँ फिल्म र टेलिभिजनमा ललित कला डिग्रीको साथ एक स्वतन्त्र भिडियो पत्रकार पनि हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *