कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर माघ ६ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प पछिको संरचनाहरु निर्माण गर्दा परम्परागत प्रविधि र निर्माण सामग्रीहरु प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय भक्तपुरको आयोजनामा भूकम्पप्रतिरोधी आवास निर्माण सम्बन्धी सात दिने डकर्मीहरुको तालिमको उद्घाटन गर्दै उहाँले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनःनिर्माण गर्दा नक्सा बमोजिम बनाउन डकर्मीहरुले घरधनीहरुलाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
उहाँले नक्साविपरीत घरहरु निर्माण रोक्नमा डकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भएकोले डकर्मीहरुले नगरपालिकाको सहयोगीको भूमिका खेल्नुपर्ने बताउनु भयो ।
मठ–मन्दिरहरुलगायत भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको निर्माण ठेक्कामा गराउँदा कमजोर हुने र ठक्केदारले फाइदाको निम्ति जथाभावी निर्माण गर्ने हुँदा नगरपालिकाले उपभोक्ता समितिमार्फत निर्माण गर्ने नीति लिएको स्पष्ट पार्नुभयो
शुभारम्भ कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाँ,शहरी विकास तथा भवन निर्माण समितिका प्रमुख मिलन आचार्य, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरका प्रमुख शिवराम गेलाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply