जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, ६ माघ । भक्तपुर एमालेले नेपाल मजदुर किसान पार्टीमाथि गरेको अराजनीतिक र अराजक हर्कतको भत्र्सना गर्दै नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरु नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घका भक्तपुर जिल्लास्तरीय समितिहरुले शनिबार विरोध जुलुस तथा भत्र्सना सभा गरेका छन् ।
शुक्रबार एमालेका केही उच्छृङ्खल जत्थाले मध्यपुरको बहाखा बजारमा गरेको अराजनीतिक कार्यक्रमप्रति आक्रोश पोख्दै युवा र विद्यार्थीहरुले एमालेको संरक्षणमा रहेका अराजनीतिक तत्वलाई गल्ती नदोहो¥याउन चेतावनी दिएका छन् । उनीहरुले एमालेको दम्भपूर्ण दुव्र्यवहारको विरोध गर्दै चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले गुण्डानाइके होशियार, एमालेका गुण्डाहरु होशियार, भूमाफियाले भन्दैमा प्रदेश राजधानी बन्दैन, गुण्डाराज चल्दैन लगायतका नारा लगाएका थिए ।
भक्तपुरको सूर्यमढीबाट शुरु भएको जुलुस नगर परिक्रमा गरेर सूर्यबिनायक चोकमा पुगेर भत्र्सना सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटाले भारतीय बिस्तारवादले सिमाना मिच्दा आँखा चिम्लने दलालहरु देशभक्त नेता र राजनीतिक दलको बदनामी गर्ने काममा लाग्नु लज्जाजनक भएको बताउनुभयो ।
उहाँले नेमकिपाको विचार र नेतृत्वको अपमान कुनै पनि हालतमा सह्य नहुने विचार राख्दै नक्कली कम्युनिष्टहरुको प्रतिक्रान्तिकारी व्यवहार र विचारको विरोधमा लगातार सङ्घर्ष गर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश प्रजापतिले राजनीतिलाई कमाई र लुटिखाने भाँडो बनाएका एमालेको संरक्षणमा रहेका अराजनीतिक मानिस जनताको आँखोमा धुलो छरेर आफ्ना अपराध लुकाउन लागिपरेको विचार राख्नुभयो ।
विरोध जुलुसमा सहभागीहरुले बढ्दो महङ्गी, भारतले नेपालको विभिन्न स्थानमा गरेको सीमा अतिक्रमणको समेत विरोधमा नाराबाजी गरेका थिए ।
Leave a Reply