शिक्षण सिकाइ प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्नु आवश्यक
- बैशाख २७, २०८३
भक्तपुर २७ असोज । जनता म्वाःसा भाषा म्वाइ (जनता रहे भाषा रहन्छ) भन्ने उद्घोषका साथ आज सोमबारदेखि ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या हुँदै छ । सबै जनजाति, संस्कृति, भाषा र साहित्यको उत्थान गरी आमूल परिवर्तनको निम्ति आवाज उठाउँदै आएको यो तःमुंज्या असोज २८ र २९ गते दुई दिन साहित्य सम्मेलन तथा सांस्कृतिक कायक्रमका साथ हुनेछ । द्वादशी र त्रयोदशीका दिन हुने उक्त सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष, वरिष्ठ राजनीतिज्ञ एवं माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) को समुपस्थिस्तिमा हुने आयोजकले जनाएको छ ।
साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ९ स्थित लाँम्हुग (लामगााल) टोलमा बिहान ११ बजे सुरु हुनेछ । सम्मेलनको उद्घाटन स्थानीय सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैडाले गर्नुहुनेछ । पहिलो दिनको सम्मेलनको सभापतित्व इन्जिनियर एवं उपप्राचार्य रत्नशोभा प्रजापति र दोस्रो दिनको सभापतित्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनोदचरण रायले गर्नुहुनेछ ।
तःमुंज्याले समाज, देश र जनताको निम्ति महच्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ । आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुका अनुसार सम्मानित हुने व्यक्तित्वहरूमा कवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षणमा निरन्तर लागिपरेका भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति हुनुहुन्छ । त्यस्तै समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान कार्यकर्ता ललित अवाल, पुराना सफाइ मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकी पनि सम्मानित हुनुहुनेछ ।
सम्मेलनमा पुराना तथा नयाँ नयाँ साहित्यकार तथा साहित्यप्रेमीहरूले आ–आफनो कविता, कथा र निबन्ध वाचन गर्नेछन् । बिच–बिचमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले आ–आफनो अनुभव र ज्ञानबारे जानकारी दिनेछन् । सम्मेलनको पहिलो दिन नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जार, आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजु र दोस्रो दिन तःमुंज्याका सचिव नरेश खत्री र आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद चवालले मन्तव्य दिनुहुनेछ । सम्मेलनमा आयोजक समितिका सचिव सञ्जय मानन्धरले धन्यवाद तथा कोषाध्यक्ष नातिभाइ ह्योम्बाले आय–व्यय प्रस्तुत गर्नुहुनेछ । बेलुका विभिन्न नृत्य, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटक प्रस्तुत हुनेछ ।
सम्मेलनमा स्वागत गीत राजेश हाडाको लयमा रवि हाडा, लक्ष्मण पलिखेल र अन्य साथीहरूको स्वरमा गाउनुहुनेछ । सम्मेलन सफल पार्न आयोजक समितिले विभिन्न जनजाति, साहित्यकार, अतिथि, मजदुर, किसान, महिला, विद्यार्थी, शिक्षक, युवा, पत्रकार, कर्मचारी, साहित्यकार, बुद्धिजीवी, व्यापारी, व्यवसायी, वकिल, चिकित्सक, इन्जिनियरलगायत, विभिन्न पेसामा आबद्ध व्यक्तिहरूलाई समयमै उपस्थितिको निम्ति आग्रह गरेको छ ।
Leave a Reply