निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउनेहरूको उम्मेदवारी खारेज हुनुपर्ने
- कार्तिक ६, २०८२
भक्तपुर, २७ असोज । वर्गीय समाजमा साहित्य पनि वर्गमा विभाजित हुन्छ । कति साहित्यकारहरू दरबार या सामन्त, जमिनदार, पुँजीपति वर्ग, जालीफटाहा, कमिसनखोर, कालाबजारियाहरूको गुणगान गर्छन् । कति कवि, कथाकार, कलाकार, लेखक तथा पत्रकारहरू विदेशी या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरकानुनी सरकारी संस्थाको पैसा खाएर साहित्य कोर्छन् । उनीहरू विदेशी शोषणको पक्ष लिनछन्; आफ्नै देशवासीहरूको विरोध गर्छन् । यसरी देशीविदेशी शोषक, सामन्त, जमिनदारवर्गको पक्षमा लेख्ने साहित्यकार सामन्त, पुँजीपति वर्ग र विदेशी दलाल हुन्छ । उनीहरू कहिल्यै श्रमजीवी या शोषित–पीडित जनताको पक्षमा साहित्य कोर्दैनन् । एकथरि साहित्यहरू श्रमजीवी वर्गको पक्षमा साहित्य लेख्छन् । उनीहरू विदेशमा भइरहेको स्वतन्त्रता र मुक्ति सङ्घर्षलाई समर्थन गर्छन्; त्यसकै पक्षमा साहित्य लेखेर आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गर्छन् । उनीहरू प्रगतिशील साहित्य लेख्छन् या माक्र्सवादी साहित्य लेखेर जनतालाई सुसूचित पार्छन्, अभिप्रेरित गर्छन् ।
संसारका हरेक स्वतन्त्रता र मुक्ति आन्दोलनमा देश विदेशका स्वतन्त्रताप्रेमी, देशभक्त तथा मुक्तिकामी जनताको साथ र समर्थन रहेको हुन्छ । त्यसरी नै जनताका साहित्यकारहरू पनि आफ्नो देश र अरू देशका कामदार जनताको स्वतन्त्रता र मुक्ति आन्दोलनको पक्षमा साहित्य लेख्छन् । नेपालभाषा साहित्य तःमुंज्याको मञ्च पनि शोषित पीडित जनताको पक्षमा साहित्य लेख्ने ख्याल (व्यङ्ग्य), एकाङ्की, नाटक देखाउने, गीत गाउने एक महत्वपूर्ण मञ्च हो । साहित्य थिचिएका शोषित पीडित जनताको पक्षमा लेख्नुपर्छ । केही सामन्त र पुँजीपतिहरू देशभक्त हुन्छन् तर वर्गीय हिसावले उनीहरू जनताका शत्रु हुन्छन् । शोषक, सामन्तहरूको तारिफ गर्ने र उनीहरूको पक्षपोषण गरेर आय आर्जन गर्ने साहित्यकारहरू जनविरोधी साहित्यकारहरू हुन् या प्रतिक्रियावादी साहित्यकारहरू हुन् । उनीहरू जनताका साहित्यकार हुनुसक्दैनन् ।
साहित्यले जनताको सेवा गर्नुपर्छ । त्यस्तो साहित्य प्रगतिशील हुन्छ । साहित्य लेखन होस् या राजनीति बहुमत जनताको पक्षमा हुनुपर्छ । बहुमत जनताको पक्षमा नलेखिएको साहित्य शोषक, सामन्त र जमिनदारहरूको पक्षमा लेखिएको हुन्छ । अतः साहित्यलाई वर्गसङ्घर्ष र राजनीतिको हतियार बनाउनुपर्छ; साहित्य मजदुर, किसान या जनताको पक्षमा लेखिनुपर्छ । यो वर्षको नेपालभाषा साहित्य तःमुंज्याको स्वागत गानमा मजदुर र किसानको रगतले सञ्चित देशलाई बचाउनुपर्छ, नेपालको झन्डा फरफराइ राख्नुपर्ने कुरा उल्लेख छ । नेपाल आमाको छातीमा टेकेर रजाइँ गने शासकहरूको बलमिचाइलाई कुनै पनि देशभक्तले टुलुटुलु हेरेर बस्न सक्दैन । घामपानी, गा¥होफारो नभनी परिवर्तनका बाधा अड्चनलाई पन्छाएर अघि बढ्नुपर्ने आजको समय हो । आज संसारका स्वतन्त्रताप्रेमी, न्यायप्रेमी र देशभक्त जनताले स्वतन्त्रता र मुक्तिका निम्ति आवाज उठाइरहेका छन् । यसको एउटै उपाय वर्ग सङ्घर्ष हो । आमूल परिवर्तनको निम्ति जनता एकजुट हुनुपर्छ; सङ्गठित हुनुपर्छ । सचेत र सङ्गठित भएर हँसिया हथौडा अङ्कित झन्डा फरफराइरहनुपर्छ । यो यस वर्षको तःमुंज्याको आवाज रहेको छ ।
हो, जनताको साहित्य जनताका साहित्यकारहरूले लेख्छन् । जनताको साहित्यले मजदुर–किसान या श्रमजीवी वर्गको सेवा गर्छ । यो नै नेपालभाषा साहित्य तःमुंज्याको पहिचान हो; परिचय हो । तःमुंज्याले हालसम्म गर्दै आएको काम यही हो । त्यही उद्देश्य पूरा गर्न तःमुंज्या स्थापना भएको हो । समाज परिवर्तन अनेक पक्षहरूमध्ये राजनीतिक आन्दोलन पनि हो । साहित्यिक आन्दोलनले पनि जनताको चेतना बढाउँछ, देशभक्तिको भावना जगाउँछ, अन्तर्राष्ट्रिय भावनाको बोध गराउँछ । स्पष्ट छ; नेपालभाषा साहित्य तःमुंज्या साहित्यिक, सांस्कृतिक, राजनीतिक मञ्च हो; जनतालाई विविध पक्षमा जनचेतना जगाउने प्रशिक्षणालय या प्रशिक्षण केन्द्र हो । यो तःमुंज्यामा व्यापक जनसहभागिता हुन्छ† राजनीतिज्ञ, साहित्यकार र विभिन्न विज्ञहरूको उपस्थिति हुन्छ । यसकारण, यो तःमुंज्या बृहत् साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रमको मञ्च बनेको हो । तःमुंज्याले जनताको मन जितेको छ; हेर्न जान्नेपर्ने गरी आकर्षक बनाएको छ । यो तःमुंज्या जनताको मञ्च बनेको छ । यो तःमुंज्यामा रात–दिन काम गर्ने स्थानीय किसान, मजदुर, विद्यार्थी, युवा, शिक्षक, महिला, कर्मचारी, साहित्यकार, समाजसेवी, बुद्धिजीवी, व्यापारी, व्यवसायी तथा अन्य पेसामा आबद्ध व्यक्तिहरूको सहयोग हो ।
नेपालभाषा साहित्य तःमुंज्या मानव जातिको सभ्यता, संस्कृति, भाषा, साहित्य र राजनीतिबारे जानकारी दिने या बुझाउने जनताको साझा मञ्च हो । यस मञ्चमा जनताको भावना व्यक्त हुन्छ; जनताका कलाकार तयार हुन्छन्† जनताका साहित्यकार बन्छन् । जनताको साहित्य वाचन हुने, देश विदेशमा भइरहका स्वतन्त्रता र मुक्ति आन्दोलनको कुरा उठाउने, गीत, नाटक, व्यङ्ग्य, नृत्य र साहित्यमार्फत जनतालाई बिउँझाउने, गलत निर्णय र कार्यको खबरदारी गर्ने मञ्च हो, नेपालभाषा साहित्य तःमुंज्या । यो मञ्चमा विदेशी थिचोमिचो, हस्तक्षेप र आक्रमणको साहित्य र सांस्कृतिक कार्यक्रममार्फत विरोध गरिएको हुन्छ । न्याय, स्वतन्त्रता र देशभक्तिको भावना जगाइएको हुन्छ । अतः नेपालभाषा साहित्य तःमुंज्या जनताको विश्वास जितेको साझा दबु हो । यो तःमुंज्याले पछि पछिसम्म जनताको समस्या र पीडालाई सम्झिरहने छ; तःमुंज्याको सफलताको कामना !
Leave a Reply