भर्खरै :

तःमुंज्या प्रचारस्वरुप सुकुन्दा ¥याली

तःमुंज्या प्रचारस्वरुप सुकुन्दा ¥याली

भक्तपुर, २७ असोज । चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा प्रचारप्रसारस्वरूप सुकुन्दा ¥याली भक्तपुर नगर परिक्रमा गरी तःमुंज्या स्थल लाँम्हुगमा नै पुगी आइतबार सम्पन्न भयो ।
असोज २८ र २९ गते हुने उक्त साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सफल पार्न उक्त आयोजित ¥याली कमलविनायक बसपार्क, लाम्हुगबाट च्याह्मासिंह, दत्तात्रय, सुकुलढोका, टौमढी, नासमना, तेखापुखु, भार्वाचो, इटाछेँ, दरबार स्क्वायर, चोछेँ, टुछिमला, भुलाछेँ, नागपोखरी, सल्लागणेश, क्वाठण्डौ हुँदै पुनः कार्यक्रमस्थल पुगी सम्पन्न भयो ।
¥याली सुरू हुनुअगाडि भएको सभामा आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले तःमुंज्याले कामदारवर्गको मुक्तिको लागि आवाज उठाउँदै आएको जानकारी दिँदै सोमबार बिहान ११ बजेबाट सुरू हुने तःमुंज्यामा परिवारसहित सहभागी हुने सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद चवाल, ¥याली आयोजक समितिका संयोजक छोरीमैयाँ सुजखु र रामेश्वरी कोजुले पनि सम्मेलन सफल पार्न नैतिक, भौतिक तथा आर्थिक सहयोग गर्न आग्रह गर्नुभयो ।
¥यालीमा पछिमा बाजा, धाँ बाजा, बाँसुरी बाजा, नायो खिं बाजा समूहहरू उपस्थित भएका थिए ।
¥यालीमा महिलाहरूको सहभागिता व्यापक थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *