भर्खरै :

साहित्यकारहरू पनि अन्तर्राष्ट्रवादी हुने

हरेक देशका देशभक्त र न्यायप्रेमी जनता स्वतन्त्रता र मुक्तिका निम्ति लड्छन्; लडिरहेका हुन्छन् । देश र जनताको निम्ति सेवा गर्ने हिमाल, पहाड या तराई जुनसुकै क्षेत्रका हुन्; उनीहरू जनताका मित्र शक्ति हुन् । अरु देशमा पनि स्वतन्त्रता, मुक्ति र जनताका हक अधिकारका निम्ति तत्तत् देशका जनता लडिरहेका हुन्छन् । स्वतन्त्रता र मुक्तिको निम्ति हुने आन्दोलनको समर्थन गर्नुपर्छ; आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्छ । देश विदेशमा भइरहेको स्वतन्त्रता र मुक्ति सङ्घर्षलाई समर्थन गर्नु प्रत्येक कम्युनिस्ट पार्टी र पार्टीका सदस्यहरूको आफ्नो जिम्मेवारी हो या यो उनीहरूको अन्तर्राष्ट्रिय कर्तव्य हो ।
कति पार्टीका नेता, मन्त्री तथा सांसदहरू नेपाल र नेपालीको लागि विदेशी कुरा किन, विदेशको बखान गर्ने दलहरू कसरी देशभक्त र राष्ट्रवादी हुन्छन् भनी प्रश्न गर्छन् । नेपाल र नेपालीले चीन, क्युवा, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, भियतनाम, लावस, कम्पुचिया, बोलिभिया, रुस आदि देशको बखान किन गर्नुप¥यो भनी उनीहरू प्रश्न गर्छन् । अरु देशको मुक्ति आन्दोलनको बखान गरेर आफ्नो देशको निम्ति के फाइदा हुन्छ भनी विदेशमा भइरहेको आन्दोलनको कुरा छोड्छन् । राप्रपाका नेता तथा कार्यकर्ताहरू पनि नेपाल र नेपालीको निम्ति कार्लमाक्र्स, एङ्गेल्स, माओ त्सेतुङ, लेनिन, स्तालिन आदि नेताहरूको बखान किन गर्नुप¥यो भनी प्रश्न गर्छन् ।
अरु देश या आफ्नै देशको जनताको समस्या समाधान गर्न सङ्घर्ष नगरी सम्भव छैन । अरु कुनै देशले नेपालमा हस्तक्षेप, आक्रमण या थिचोमिचो ग¥यो भनेमात्र त्यस देशको विरोध गर्ने होइन । आफ्नो देशका जनताको समस्या मात्र समस्या होइन, त्यस्तो समस्या अरु देशका जनताको पनि हुन्छ । आक्रमण, हस्तक्षेप या थिचोमिचो जुनसुकै देशले जुनसुकै देशलाई गरे पनि त्यो गलतै हुन्छ । गलत कार्य र गलत नीतिको विरोध गर्नैपर्छ । संसारका हरेक स्वतन्त्रता, मुक्ति या क्रान्तिमा अरु देशका जनताको पनि सहयोग, समर्थन र ऐक्यबद्धता रहेको हुन्छ ।
साम्राज्यवादी, उपनिवेशवादी र विस्तारवादी नीति र शक्ति रहेसम्म संसारका कुनै पनि स्वतन्त्रता, स्वाभिमानी र सार्वभौम देशका जनताले शान्ति र सुख पाउने छैनन् । संसारका जनता आतङ्कित हुनुको कारण अमेरिकी साम्राज्यवादको आक्रमण, हस्तक्षेप र थिचोमिचो नै हो । साम्राज्यवादी देश अमेरिकाको पछि लाग्ने अन्य देशका पिछलग्गूहरू पनि संसारका जनताका शत्रु हुन् । नेपालभाषा साहित्य तःमुंज्यामा वाचित साहित्यकारहरूको साहित्यमा यस्तै स्वर घन्केको पाइन्छ । साम्राज्यवादसामु नझुक्ने क्युवा, प्यालेस्टिनमा जातीय नरसंहार गर्ने इजरायल, अमेरिकाको सहयोग र साथमा युक्रेनले रुसमाथि गरेको आक्रमणको विरोधमा पनि साहित्य वाचन भयो । इजरायलले प्यालेस्टिनमाथि गरेको आक्रमणको विरोधमा संसारका विभिन्न देशमा भएको जुलुस र प्रदर्शनका तस्बिरहरू पनि राखिएका छन् । त्यो प्रदर्शनले नेपालभाषा साहित्य तःमुंज्या संसारका न्यायप्रेमी जनताले गरेको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएको स्पष्ट हुन्छ । यसकारण, कम्युनिस्टहरू मात्र होइन, साहित्यकार र साहित्यिक मञ्चले पनि अन्तर्राष्ट्रिय कर्तव्य पूरा गरेको स्पष्ट हुन्छ । हो, हामीले अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्नुपर्छ ।
तःमुंज्यामा वाचित हरेक साहित्य देश र जनताप्रति समर्पित छन्† विदेशी शक्ति राष्ट्रहरूको हस्तक्षेप, आक्रमण र थिचोमिचोको विरोधमा रहेको छ । नेपालभाषा साहित्य तःमुंज्या जनताको साहित्यिक मञ्च भएकोले पनि जनताको साहित्य वाचन गरिएको हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएको थियो, “जनताको साहित्य प्रचार साहित्य हो ।” जनताको साहित्य जनताको प्रचारका साधन हुन् । साहित्य प्रचारकै निम्ति लेखिएको हुन्छ । साहित्यलाई वर्ग र राजनीतिबाट अलग्ग हुन सकिँदैन । यसरी राजनीतिसँगै साहित्यलाई अगाडि बढाउँदै आएको एक मञ्च नेपालभाषा साहित्य तःमुंज्या पनि हो । किनभने, साहित्य राजनीतिको एक बलियो र प्रभावशाली हतियार हो । जनताको साहित्यले जनताको पक्ष लिने कुनै राजनीतिक पार्टीको प्रचार र पक्ष लिनुपर्छ । साहित्यले बत्तीको काम गर्नुपर्छ । जनताको साहित्यले मजदुर–किसानहरूको एक साँचो क्रान्तिकारी पार्टीको प्रचार गर्ने उद्देश्य राख्छ । साहित्यले जनताको राजनीतिको सेवा गर्नुपर्छ । त्यस्तो साहित्यले बहुमत जनताको साहित्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *