संयुक्त राष्ट्रसङ्घमा क्युवाको जित विश्वले फेरि नाकाबन्दीको विरुद्धमा आवाज उच्च पा¥यो
- कार्तिक १३, २०८३
(नोट : मेक्सिकाली सरकारको निमन्त्रणामा, प्रोग्रेसिभ इन्टरनेसनलले जेरेमी कोर्बिन (युके), एन्ड्रेस अराउज (इक्वेडर) र गेरार्डो पिसारेलो (स्पेन) सहित नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबाउमको उद्घाटनमा उपस्थित हुन उच्च–स्तरीय प्रतिनिधिमण्डल पठायो । त्यस अवसरलाई चिनाउन, हामी मेक्सिकोको वर्कर्स पार्टी–पीटीको अन्तर्राष्ट्रिय सेमिनारमा व्यक्त जेरेमी कोर्बिनको भाषण प्रकाशित गरेका छौँ, जुन गभर्निङ काउन्सिलका प्रतिष्ठित सदस्यहरू र विश्वभरका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई पठाइएको छ – प्रोग्रेसिभ इन्टरनेसनलको सचिवालय)
प्रिय मित्रहरू,
मेक्सिकोको मजदुर पार्टी (पीटी) द्वारा यो प्रभावशाली सम्मेलनमा आमन्त्रित हुनु र मेक्सिकोमा राजनीतिक परिवर्तनहरू अवलोकन गर्ने अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको ठुलो समूहको हिस्सा हुन पाउनु मेरो लागि ठुलो सम्मान हो ।
म विश्वास गर्छु कि हामी सबैले तीन मुख्य कारणका लागि यहाँ यात्रा गरेका छौँ, तीनवटा महान् सङ्कट जसले हाम्रो संसारलाई खतरामा पारेको छ र यसलाई आकार दिने आशा गर्ने प्रगतिशील शक्तिहरूलाई घेरेको छ ।
पहिलो हो युद्ध : अन्तर्राष्ट्रिय द्वन्द्वको बढ्दो खतरा । प्यालेस्टिनदेखि सुडानसम्म लाखौँ कमजोर जनताको लागि यसको अर्थ के हो ?
दोस्रो हो असमानता : संसारमा जेट सेट गर्नेहरू र तापको लागि मुस्किलले भुक्तान गर्न सक्नेहरूबिचको सम्पत्तिको असमानताको विस्फोट ।
तेस्रो हो अशक्तिकरण : कसरी हाम्रो अर्थतन्त्र र हाम्रो राजनीति निश्चित मानिसहरूलाई हाम्रो लोकतान्त्रिक प्रणालीमा अजेय बनाउने र अरूलाई मूल्यहीन महसुस गराउन संरचना गरिएको हो ।
यी प्रत्येक सङ्कटले हामीलाई सँगै काम गर्न आवश्यक छ — यस सेमिनारदेखि आगामी हप्ता र महिनासम्म — विश्वव्यापी मोर्चामा एउटा नयाँ प्रकारको अन्तर्राष्ट्रिय जसले विश्वभरका पार्टीहरू र युनियनहरू र आन्दोलनहरूलाई एकसाथ ल्याउँदै छ ।
यो प्रयास – एक प्रोग्रेसिभ इन्टरनेसनललाई बलियो बनाउन – यहाँ मेक्सिकोबाट सुरु भएको छ । यहाँ मोरेना र मजदुर पार्टी (पीटी) ले यी प्रत्येक विश्वव्यापी सङ्कटहरूमा कसरी प्रतिक्रिया देखायो यसबाट हामीले सिक्नसकिने धेरै कुराहरू छन् ।
म क्लाउडिया शेनबाउमलाई मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित भएकोमा मेरो हार्दिक बधाई ज्ञापन गर्छु, गरिबी घटाउने र सबै श्रमिक–वर्ग समुदायहरूको लागि अवसरहरू बढाउने एजेन्डाको लागि ठुलो जीत हो ।
म एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरलाई उहाँको राष्ट्रपतित्वकालको लागि बधाई ज्ञापन गर्दछु । उहाँको राष्ट्रपति कालमा गरिबीबाट ६० लाख जनता निकालेकोमा र यस देशको आर्थिक, सामाजिक र राजनीतिक असमानताको सङ्कटलाई समाधान गर्न आफ्नो हरेक जाग्ने समय समर्पण गरेकोमा मेरो कृतज्ञता व्यक्त गर्दछु । उहाँको दैनिक ‘मान्नेरा’ विश्वव्यापी कथा हो र शत्रुतापूर्ण मिडिया स्रोतहरूलाई त्यसो गर्न अनुमति दिनुको सट्टा हरेक दिन राजनीतिक एजेन्डा सेट गर्न सफल हुनुभयो ।
म यहाँ २००६ मा एन्ड्रेस म्यानुएलविरुद्धको राष्ट्रपति चुनावमा भएको ऐतिहासिक धोखाधडीको विरोधमा सामेल हुन, २०१२ मा फेरि ती विरोध प्रदर्शनहरूमा सामेल हुन र अन्तमा २०१८ मा ठुलो विजयको आनन्द साझा गर्न यहाँ आएको थिएँ । त्यो विजयले उहाँको सच्चाइको अझ बलियो परिणाम प्रदर्शित भयो । यस वर्षको चुनावमा मोरेनामा मेक्सिकोका वामपन्थीहरूले मात्र होइन, अन्तर्राष्ट्रिय वामपन्थीहरूको लागि पनि ठुलो विजयसिद्ध भएको छ ।
असाध्य आवश्यकताको संसारमा – शक्ति र सम्पत्तिको पुनर्वितरण र वातावरणीय दिगोपनाको लागि – हामी युद्धले घेरिएका छौँ ।
गाजामा कम्तिमा ४२००० जनाको मृत्यु भइसकेको छ, किनभने इजरायलले अन्तर्राष्ट्रिय कानुन र मानवता दुवैको उल्लङ्घन गरी बम वर्षा गरिरहेको छ । अब इजरायलले बेरुतको ठुलो विनाश र ठुलो ज्यान गुमाएर लेबनानमा युद्ध विस्तार गर्दैछ ।
वेस्ट बैङ्कको कब्जा र प्यालेस्टिनी किसानहरूबाट जमिन र पानी लिने निरन्तर बस्तीहरू नबिर्सौँ । वेस्ट बैङ्कका जनताको पुस्तौँपुस्ताले खेतीबाहेक अर्को पेसा जानेका थिएनन् र नयाँ पुस्ताले कब्जा गरिएको स्थितिबाहेक अरु थाहा पाएका छैनन्† जोर्डन, लेबनान र सिरियाका शरणार्थीहरू जबरजस्ती पठाइएको निर्वासनमा जन्मिएका थिए ।
व्यापक मागको अवज्ञा गर्दै, युद्धविराम अस्वीकार गरिएको छ । इजरायल, अब लेबनानलाई कब्जा गर्नको लागि आक्रमण गरेर युद्धको फैलावट बढाउन र अन्य देशहरूलाई सम्मिलित गर्नमात्र सक्छ । नेतन्याहुले आफ्नो संयुक्त राष्ट्र सङ्घको भाषणमा शान्तिको लागि ठाउँलाई प्रयोग गरेर थप युद्ध र विनाशको घोषणा मात्र गरे ।
प्यालेस्टिनको समर्थनमा विश्वभर भएका विशाल प्रदर्शनहरूले युद्धविराम र बेलायतलगायत अमेरिका र युरोपेली देशहरूद्वारा इजरायललाई हतियार आपूर्ति बन्द गर्नुपर्ने माग गर्दै आएका छन् । विमान र बमको आपूर्तिबिना इजरायलले नरसंहार जारी राख्न सक्दैन ।
संयुक्त अधिराज्य (बेलायत) मा, हामी हाम्रो पन्ध्रौँ राष्ट्रिय प्रदर्शन आयोजना गर्न लागेका छौँ र इजरायलको युद्ध उद्देश्यलाई अगाडि बढाउन साइप्रसमा हतियारको आपूर्ति र ब्रिटिस सैन्य अड्डाहरूको प्रयोग रोक्न बेलायत सरकारलाई नयाँ मागहरू गर्न लागेका छौँ ।
हामीलाई युद्ध अन्त्य गर्ने प्रयास गर्न संसारभरि अझ धेरै विरोध प्रदर्शनहरू चाहिन्छ र इजरायलमा पनि युद्धको विरोध गर्ने साहसी मानिसहरू छन् भनेर पनि देखिएको छ ।
ती प्रदर्शनहरूले गाजामा मात्र नभई अन्तर्राष्ट्रिय र नागरिक द्वन्द्वले घेरिएका सबै देशहरूमा शान्तिको लागि आह्वान गर्नुपर्छ ।
युक्रेनमा, युद्धले भर्ती भएका युक्रेनी र रुसी सैनिकहरूको हजारौँको ज्यान लिइरहेको छ । हामीले युक्रेनको युद्ध गलत र गैरकानुनी दुवै थियो भन्ने कुरा बुझ्नुपर्छ । यो पनि कि युद्ध संयुक्त राष्ट्र सङ्घ वा अफ्रिका र ल्याटिन अमेरिकाका राजनीतिक नेताहरूको समूहको नेतृत्वमा वार्ताबाट मात्रै अन्त्य हुन सक्छ ।
यसैबिच, खनिज निकासी र अमेरिकी अमेरिकी र युरोपेली निर्माताहरूद्वारा हतियारको बिक्रीको घातक संयोजनको कारण सुडान र कङ्गोमा युद्धहरूले हजारौँको ज्यान लिइरहेको छ ।
यो नयाँ प्रगतिशील अन्तर्राष्ट्रियमा हामी सबै मिलेर काम गर्नुपर्छ । वामपन्थी शान्ति र सामाजिक र आर्थिक न्यायको आन्दोलन हो र हुनैपर्छ । यसले यी सिद्धान्तहरूको पक्षमा उभिने विभिन्न शक्तिहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ ।
त्यसकारण, हामीलाई विश्वव्यापी स्तरमा वामपन्थी शक्तिहरूको एकता चाहिन्छ । प्रोग्रेसिभ इन्टरनेसनलले समर्थन गरेको नयाँ अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था हामीलाई किन चाहिन्छ । त्यो नयाँ अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाले ठुला व्यवसायहरूको विश्वव्यापी माग र विशेषगरी गरिब मानिसहरूले सामना गरेको स्पष्ट वातावरणीय समस्याहरूको सामना गर्दै ग्लोबल साउथको सशक्तिकरणमा जोड दिन्छ ।
अब जातिवाद बढ्दै गएको छ । यो युरोप र उत्तर अमेरिकामा बढ्दो छ, दक्षिणपन्थी दलहरूले उल्टो नवउदारवादको अपराधको लागि हिंसाका पीडितहरूलाई दोष दिइरहेका छन्, यसबारेमा वामपन्थी बोल्नुपर्छ ।
जातिवादी अधिकारसँग कुनै पनि सम्झौताले उनीहरूलाई बढ्न मद्दत गर्दछ । विश्व सामाजिक न्याय र शान्तिको लागि वामपन्थी दल र मजदुरवर्गका सङ्गठनहरू एकजुट र दृढ भएर लाग्नुपर्छ ।
हामी मिलेर काम गरेर र अभियान चलाएर मात्र यो हासिल गर्न सक्छौँ । सबैभन्दा माथि, ज्याला माग र अधिकारको संरक्षणमा एकअर्कालाई साथ दिएरमात्र अघि बढ्न सक्छौँ ।
यहाँ मेक्सिको सिटीमा हाम्रो सम्मेलन एकता र हामी बाँच्न सक्ने प्रकारको संसारको दर्शनको दृढ सङ्कल्प र विश्वभरका मानिसहरूबाट एकतामा उभिएको आशाको एक उदाहरण हो ।
मेरो निमन्त्रणाको सम्मानको लागि धन्यवाद; सङ्कटलाई चुनौती दिन, सबैभन्दा गरिब र सबैभन्दा कमजोर अनुहार, हामीलाई आत्मविश्वास, एकता र प्रेरणा चाहिन्छ ।
हामी जित्नेछौँ कामरेडहरू र मेक्सिको जिन्दावाद ।
– ‘प्रोग्रेशिभ इन्टरनेसनल सचिवालय’ बाट
अनुवाद : प्रकाश
Leave a Reply