नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
गाजा, १८ अक्टोबर (प्रेस टीभी) । हमासका एक वरिष्ठ अधिकारीले प्यालेस्टिनलाई इजरायली कब्जाबाट मुक्त गर्न खोज्ने प्रतिरोधी समूहलाई ‘त्यसका नेताहरूको शहादत’ बाट हराउन नसकिने बताउनुभएको छ ।
इजरायलले हमासका नेता याह्या सिनवारलाई मारेको दाबी गरेको एक दिनपछि हमासको राजनीतिक ब्युरोका सदस्य बसेम नइमले शुक्रबार उक्त अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो ।
उहाँले एक विज्ञप्तिमा भन्नुभयो, “हमास स्वतन्त्रता र मर्यादा खोज्ने मानिसहरूको नेतृत्वमा भएको मुक्ति आन्दोलन हो र यसलाई हराउन सकिँदैन । हामी विश्वास गर्छौं कि हाम्रो भाग्य दुई राम्रो चीजहरूमध्ये एक हो या त विजय या शहादत ।”
नइमले अगाडि लेख्नुभएको छ, “हो, प्रिय मानिसहरू, विशेषगरी हामीजस्ता असाधारण नेताहरू गुमाउनु धेरै नोक्सान र पीडादायी छ, तर हामी के कुरामा विश्वस्त छौँ कि यो आफ्नो स्वतन्त्रताको लागि लड्ने सबै मानिसहरूको निम्ति परिणाम हो ।”
बिहीबार जारी एक विज्ञप्तिमा, इजरायली सेनाले दक्षिणी गाजापट्टीमा लडाइँको क्रममा आफ्ना सेनाहरूले सिनवारलाई गोली हानी मारेकोे दाबी गरेको थियो ।
इजरायली मिडियाले सिनवारको अन्तिम क्षण भनीे दाबी गरेको ड्रोन फुटेजमा एक व्यक्ति (सिनवार) बहादुरीका साथ लडिरहेको र गम्भीर चोटपटक भए पनि आत्मसमर्पण गर्न अस्वीकार गरेको देखाउँछ ।
सीएनएनसँगको अन्तर्वार्तामा प्यालेस्टिनी राष्ट्रिय पहलका महासचिव मुस्तफा बरघौतीले सिनवारले ‘इजरायलीहरू फेरि एक पटक असफल’ भएको बताउनुभयो ।
प्यालेस्टिनी जनताविरूद्ध इजरायलको तीव्र अत्याचारको बदला लिन हमासले अपरेसन अल–अक्सा तुफान सञ्चालन गरेपछि इजरायलले गाजामा नरसंहार गरिरहेको छ ।
यद्यपि, आक्रमणको एक वर्ष बितिसक्दा पनि, तेलअविव शासनले हमासलाई हराउने र गाजामा बन्दीहरूलाई मुक्त गर्ने आफ्नो घोषित उद्देश्य हासिल गर्न असफल भएको छ । इजरायली आक्रमणमा परी कम्तीमा ४३ हजार प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिकाहरू छन् ।
हमासद्वारा नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि
प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उहाँको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको हो ।
“हामी महान् नेता, सहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउँछौँ”, कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडियो वक्तव्यमा भन्नुभयो ।
सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सिनवार इजरायलको सबैभन्दा खोजिएको व्यक्ति बन्नुभएको थियो । वक्तव्यमा याह्याले गाजामा युद्ध समाप्त नभएसम्म हमासले आक्रमणको क्रममा इजरायलबाट कब्जा गरेका बन्धकहरूलाई रिहा नगर्ने बताउनुभयो ।
“गाजामा हाम्रा मानिसविरूद्धको आक्रमण नरोकिएसम्म बन्धकहरू फर्कने छैनन्”, उहाँले इजरायललाई गाजाबाट फिर्ता हुन र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न आह्वान गर्दै भन्नुभयो ।
हमासले सिनवारको हत्याबाट शक्ति लिने भन्दै याह्याले ‘हमासले उहाँलाई उहाँभन्दा अघिका आन्दोलनका नेताहरू र प्रतीकहरू’ मध्ये राखेको बताउनुभयो ।
Leave a Reply